Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Aug, 2026
होटेल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आह्वान

होटेल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आह्वानHotel Sarathi Limited Calls 2nd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 27, 2026

दोस्रो वार्षिक साधारण सभासम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरू,

मिति २०८० श्रावण ३१ गते (१६ अगस्ट २०२३) बुधबारका दिन बसेको यस होटेल सारथी लिमिटेडको सञ्चालक समितिको २८औं बैठकको निर्णय बमोजिम यस कम्पनीको दोस्रो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयर धनीहरू स्वयं वा रितपूर्वकको प्रतिनिधीद्वारा सहभागी हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

१. सभा हुने मिति, स्थान र समय

मिति : २०८० आश्विन ७ गते आइतबार (२४ सेप्टेम्बर २०२३)

समय : दिनको १२:०० बजे ।

स्थान : होटेल सारथी लिमिटेडको सभा हल, धुलिखेल - ८, रिसोर्ट मार्ग

२. साधारण सभामा छलफल हुने विषयहरू :

(क) सामान्य प्रस्ताव

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, आयव्यय हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) कम्पनीको चुक्ता पूँजीको ०.६८४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरणसम्बन्धी प्रस्ताव पारित गर्ने ।

(ख) विशेष प्रस्ताव

(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

(२) कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने ।

(३) कम्पनीको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) संशोधन गर्ने ।

(४) जारी पुँजीको ३० प्रतिशत साधारण शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने ।

(ग) विविध।

  1. सभासम्बन्धी अन्य जानकारीहरू
  2. शेयरधनी हाजिरी पुस्तिका मध्याह्न ११:०० बजेदेखि खुल्ला रहनेछ ।
  3. शेयरधनी लगतमा नाम उल्लेख भएका शेयरधनी आफै उपस्थित हुनुपर्नेछ । आफै उपस्थित हुन नसकेमा अन्य कुनै शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मार्फत उपस्थित हुन सक्नेछन् ।
  4. प्रतिनिधि तोकिएका पत्र सभा हुनुभन्दा २४ घण्टा अगावै रजिस्टर्ड कार्यालयमा दर्ता गराउनुपर्नेछ ।
  5. संस्थागत शेयरधनीले अख्तियारीसहित प्रतिनिधि पठाउनुपर्नेछ ।

Notice Regarding 2nd Annual General Meeting

Dear Shareholders,

As per the decision of the 28th meeting of the Board of Directors of Hotel Sarathi Limited held on Wednesday, 2080 Shrawan 31 (16 August 2023), the company's Second Annual General Meeting will be held on the following date, time, and venue to discuss and decide on the agendas below. Therefore, this notice is published to inform shareholders to participate either in person or through a duly appointed proxy.

1. Meeting Date, Venue, and Time

Date: 2080 Ashwin 7, Sunday (24 September 2023)

Time: 12:00 PM

Venue: Hotel Sarathi Limited's Assembly Hall, Dhulikhel - 8, Resort Marga

2. Agendas to be Discussed in the General Meeting:

(a) Ordinary Resolutions

(1) To discuss and approve the Annual Report of the fiscal year 2079/080 presented by the Chairperson on behalf of the Board of Directors.

(2) To discuss and approve the financial statements, including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the fiscal year 2079/080.

(3) Pursuant to Section 111 of the Companies Act, 2063, to appoint an Auditor for the fiscal year 2080/081 and determine their remuneration.

(4) To approve the proposal to distribute 0.6842 percent cash dividend (including for tax purposes on bonus shares) of the company's paid-up capital.

(b) Special Resolutions

(1) As proposed by the Board of Directors, to approve the proposal to issue 13 percent bonus shares of the paid-up capital from the distributable profits of the fiscal year 2079/080.

(2) To alter the capital structure of the company.

(3) To amend Clauses 6(b) and 6(c) of the company's Memorandum of Association.

(4) To give continuity to the proposal of issuing 30 percent ordinary shares of the issued capital.

(c) Miscellaneous.

3. Other Information Regarding the Meeting

1. The shareholder attendance book will remain open from 11:00 AM.

2. Shareholders whose names appear in the shareholder register must attend in person. If unable to attend in person, they may participate through another shareholder appointed as proxy.

3. Proxy appointment letters must be registered at the registered office at least 24 hours prior to the meeting.

4. Institutional shareholders must send representatives along with an authorization letter.

Advertisement