आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
जरिमन हाइजिन प्रोडक्ट्सको प्रथम वार्षिक साधारण सभा सूचना

जरिमन हाइजिन प्रोडक्ट्सको प्रथम वार्षिक साधारण सभा सूचनाJariman Hygiene Products First Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

जरिमन हाइजिन प्रोडक्ट्स लिमिटेड

टंकिसिनुवरी, विराटनगर मोरङ

प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०८/०८

यस जरिमन हाइजिन प्रोडक्ट्स लिमिटेडको मिति २०८३/०८/०४ गतेको सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम यस कम्पनीको प्रथम वार्षिक साधारणसभा तपसिलको मिति, समय र स्थानमा देहायका प्रस्तावहरुमा छलफल गरी निर्णय पारित गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभाव तथा सरोकारवालाहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । अतः सम्पूर्ण शेयरधनी तथा सरोकारवाला व्यक्तिहरु साधारणसभामा उपस्थित भइदिनुहुन सादर अनुरोध गर्दछौं ।

साधारणसभा हुने मिति, समय र स्थानः

मिति : २०८३ पुस १ गते बुधवार ।

स्थान : कम्पनीको सभाहल, विराटनगर मोरङ

समय : दिनको ४:०० बजे ।

छलफलका लागि प्रस्तावित विषयहरुः

  1. सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।
  2. कम्पनीको आ.व. २०८२/८३ को वासलात तथा आर्थिक प्रतिवेदन पेश गर्ने ।
  3. सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने ।
  4. आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
  5. साधारणसभाबाट पारित/अनुमोदित निर्णयहरु प्रमाणित गर्न प्रतिनिधि तोक्ने ।
  6. सञ्चालक समितिको गठन गर्ने सम्बन्धमा ।
  7. सार्वजनिक शेयर निष्काशन गर्ने र सो का लागि अख्तियारी प्रदान गर्ने ।
  8. उपरोक्त प्रस्तावहरु स्वीकृति एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बारे ।
  9. विविध ।

साधारण सभासम्बन्धी थप जानकारी

  1. सभामा भाग लिन आउनुहुने महानुभावहरुले प्रवेश पत्र देखाएरमात्र सभाकक्षमा प्रवेश गर्न पाइनेछ । प्रवेश-पत्र कम्पनीको रजिष्टर्ड कार्यालय, बागबजार, काठमाडौँमा सम्पर्क गरी प्राप्त गर्नसक्नु हुनेछ ।
  2. साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको, सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति हुने गरी, प्रतिनिधिपत्र (प्रोक्सी) नियुक्त गरी सभा शुरु हुनुभन्दा ४८ घण्टा पहिले अर्थात् मिति २०८३/०८/२९ गते बिहान ११:०० बजे भित्र इमेल मार्फत वा लिखित रुपमा यस कम्पनीमा दर्ता गराई सक्नु पर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएका व्यक्ति कम्पनीको बुक क्लोज हुनु अगाडिको शेयरधनी हुनु अनिवार्य छ ।
  3. कुनै शेयरधनी महानुभावले छलफलका विषयहरु मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न गराउन चाहेमा सभा हुनु भन्दा ७ दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ । तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा पारितको रुपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।
  4. साधारणसभा सम्बन्धी अन्य विस्तृत जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, विराटनगरमा कार्यालय समयभित्र सम्पर्क राख्नहुन अनुरोध गरिन्छ ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

Jariman Hygiene Products Limited

Tankisinwari, Biratnagar, Morang

Notice Regarding the First Annual General Meeting

First Published Date: 2083/08/08

As per the decision of the Board of Directors of Jariman Hygiene Products Limited on 2083/08/04, the First Annual General Meeting of this company will be held on the date, time, and place specified below to discuss and pass resolutions on the following proposals. This notice has been published for the information of all shareholders and stakeholders. Therefore, all shareholders and stakeholders are kindly requested to attend the Annual General Meeting.

Date, Time, and Place of the Annual General Meeting:

Date: Wednesday, Poush 1, 2083

Place: Company's Assembly Hall, Biratnagar, Morang

Time: 4:00 PM.

Proposed Agendas for Discussion:

1. The Chairman, on behalf of the Board of Directors, to present the company's annual progress report.

2. To present the balance sheet and financial report of the company for the fiscal year 2082/83.

3. To approve the decisions of the Board of Directors.

4. To appoint an auditor for the fiscal year 2082/83 and determine their remuneration.

5. To appoint a representative to certify the resolutions passed/approved by the Annual General Meeting.

6. Regarding the formation of the Board of Directors.

7. To issue public shares and grant authority for the same.

8. Regarding granting full authority to the Board of Directors to make necessary amendments or changes, including resolving any instructions or clarifications received from regulatory bodies or offices, when submitting the above proposals for approval and record-keeping.

9. Miscellaneous.

Additional Information Regarding the Annual General Meeting:

1. Attendees will be allowed to enter the assembly hall only upon showing an entry pass. The entry pass can be obtained by contacting the company's registered office in Bagbazar, Kathmandu.

2. Shareholders wishing to appoint a representative to participate in the Annual General Meeting must register the proxy form (representative letter) in the company, either via email or in writing, within the format prescribed by prevailing company law or the annual report booklet, ensuring that the representative is a single individual, at least 48 hours before the start of the meeting, i.e., by 11:00 AM on 2083/08/29. The appointed representative (proxy) must be a shareholder of the company before the book closure.

3. If any shareholder wishes to discuss any matter related to the company under the 'Miscellaneous' heading among the discussion topics, a written proposal must be submitted to the Chairman of the Board of Directors through the Company Secretary at least 7 days before the meeting. However, the right to include or not include such a proposal for discussion or passing in the Annual General Meeting shall be vested in the Chairman of the Board of Directors.

4. For any other detailed information regarding the Annual General Meeting, please contact the company's central office in Biratnagar during office hours.

By order of the Board of Directors

Company Secretary