
मातृभूमि लघुवित्तको सातौं वार्षिक साधारण सभा: FPO र हकप्रद शेयर प्रस्तावMatribhumi Laghubitta: 7th AGM Notice with FPO and Right Share Proposal
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on July 8, 2026
मातृभूमि लघुवित्त वित्तीय संस्था लि.
Matribhumi Laghubitta Bittiya Sanstha Ltd.
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था (राष्ट्रियस्तर कार्यक्षेत्र भएको)
केन्द्रीय कार्यालय लम्की-४, कैलाली (कर्पोरेट कार्यालय, बुढानिलकण्ठ-७, काठमाडौं)
सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/११ गते बिहीबार
दोस्रो पटक प्रकाशित मिति २०८३/०३/२४ गते बुधवार
श्री शेयरधनी महानुभावहरु,
यस संस्थाको मिति २०८३ असार १० गते बुधवार (तदनुसार २४ जुन, २०२६) मा सम्पन्न सञ्चालक समितिको १८४ औं बैठकको निर्णय बमोजिम संस्थाको सातौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ असार ३२ गते बिहीबार (तदनुसार १६ जुलाई, २०२६)
समय : बिहान ११:०० बजे
स्थान : केन्द्रीय कार्यालय, लम्की, कैलाली
छलफल तथा निर्णयका लागि प्रस्तावित विषयसूचीहरु :
(क) सामान्य प्रस्ताव :
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात तथा आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी स्वीकृत गर्ने ।
(३) वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विशेष प्रस्ताव :
(१) सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (Further Public Offering) गर्ने ।
(२) मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको पूँजी वृद्धि योजना अन्तर्गत FPO निष्काशन पश्चात् कायम हुने चुक्ता पूँजीको १:१ को अनुपातमा प्रति कित्ता रु. १००/- (एक सय रुपैयाँ) को दरले हकप्रद शेयर (Right Share) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने ।
(३) मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन (Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतपत्रमा हस्ताक्षर गर्ने तथा यस सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
(४) नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
(५) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थायी लेखा नम्बर (PAN) स्थगनको लागि वित्तीय विशेषज्ञको राय पेश गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ग) विविध :
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी :
(१) शेयरधनी दर्ता किताब बन्द रहने : वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा प्रयोजनको मिति २०८३/०३/२३ गते मंगलवार शेयर दाखिल खारेज दर्ता कार्य बन्द (बुक क्लोज) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०३/२२ गते सोमवार सम्म कारोबार भई प्रचलित कानून अनुसार तोकिएको समयावधि भित्र यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन योग्य हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
(२) सातौं वार्षिक साधारण सभामा बोनस तथा लाभांश वितरण नगर्ने ।
(३) साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावले आफ्नो हितग्राही परिचय पत्र नं. वा आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचय पत्र तथा संगठित संस्थाबाट प्रतिनिधित्व गर्न भएमा संगठित संस्थाबाट प्रतिनिधि नियुक्त गरेको आधिकारिक पत्र लिई आउनु पर्ने छ ।
(४) लेखापरीक्षकको प्रतिवेदन सहित संस्थाको वार्षिक वित्तीय विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरु संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा-४, कैलाली वा कर्पोरेट कार्यालय बुढानिलकण्ठ-७, काठमाडौं वा शेयर रजिष्ट्रार श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा कार्यालय समय भित्र निरीक्षण गर्न तथा यसको प्रतिलिपि माग गरेमा प्रतिलिपि दिने व्यवस्था मिलाईएको छ । वार्षिक प्रतिवेदनको प्रति संस्थाको वेबसाइट http://www.matribhumimf.com.np मा समेत उपलब्ध हुनेछ । कुनै कारणवस प्रतिवेदन प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरुले सभा हुने दिन सभास्थलबाट समेत प्राप्त गर्न सक्नुहुनेछ ।
(५) साधारण सभामा भाग लिने प्रत्येक महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका बिहान ११:०० बजे देखि सभा चालु रहेसम्म खुल्ला रहनेछ ।
(६) सभामा भाग लिनका लागि प्रतिनिधि (Proxy) नियुक्त गर्न चाहेमा शेयरधनीहरुले प्रचलित कम्पनी कानून बमोजिम यस संस्थाको शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नेछ । यसरी प्रतिनिधि तोकेको निवेदन सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै संस्थाको केन्द्रीय कार्यालय/कर्पोरेट कार्यालय वा श्री कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ ।
(७) प्रोक्सी नियुक्त गरिसकेको शेयरधनी स्वयं साधारण सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा प्रोक्सी स्वतः बदर हुनेछ ।
(८) कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधि निज संस्थाको शेयरधनी नभए पनि शेयरधनीको हैसियतले साधारण सभामा भाग लिन सक्नेछ । यसरी प्रतिनिधि पठाउँदा सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै यस संस्थाको केन्द्रीय/कर्पोरेट कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ ।
(९) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (Proxy) मुकरर गरेमा प्रतिनिधि (Proxy) बदर हुनेछ । तर प्रतिनिधि (Proxy) दिन शेयरधनीले आफूले अघि दिएको प्रतिनिधि (Proxy) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (Proxy) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (Proxy) ले सभामा भाग लिन पाउने छ, यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (Proxy) स्वतः बदर भएको मानिनेछ ।
(१०) प्रतिनिधि मुकरर गर्दा केही शेयर आफैंसँग बाँकी राखी आफू समेत साधारण सभामा उपस्थित हुन पाउने किसिमले आंशिक शेयरको प्रतिनिधि मुकरर गर्न पाइने छैन । सबै शेयरका लागि एकै व्यक्तिलाई प्रतिनिधि मुकरर गर्नु पर्दछ ।
(११) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन भएको एक जना प्रतिनिधिले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन पाउनेछ ।
(१२) नाबालक शेयरधनीहरुको तर्फबाट शेयरधनीको दर्ता किताबमा उल्लिखित संरक्षकले सभामा भाग लिन, प्रतिनिधि तोक्न तथा मत दिन समेत सक्नेछ ।
(१३) साधारण सभामा कुनै छलफलको विषय अन्तर्गत छलफल गर्नु परेमा कुल शेयर पूँजीको ६७ प्रतिशत शेयरधनी महानुभावहरुले स्वीकृत दिएमा बाहेक सभाको सूचनामा उल्लेख नभएको प्रस्ताव उपर सभामा छलफल र निर्णय गरिने छैन ।
(१४) साधारण सभा सम्बन्धी काम कार्यवाही कम्पनी ऐन, २०६३, नियमावली २०७५ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
Matribhumi Laghubitta Bittiya Sanstha Ltd.
Matribhumi Laghubitta Bittiya Sanstha Ltd.
A "D" class financial institution licensed by Nepal Rastra Bank (with national-level operational area)
Central Office Lamki-4, Kailali (Corporate Office, Budhanilkantha-7, Kathmandu)
Notice regarding the Seventh Annual General Meeting
First published date: 2083/03/11 Thursday
Second published date: 2083/03/24 Wednesday
Dear Shareholders,
This notice has been published for the information of all esteemed shareholders, as per Section 67 of the Companies Act, 2063, regarding the Seventh Annual General Meeting of the institution, which will be held on the following date, time, and location to discuss and decide on the following proposals, as per the decision of the 184th Board of Directors meeting held on 2083 Ashar 10, Wednesday (corresponding to 24 June, 2026).
Date, Time, and Place of the Meeting:
Date: 2083 Ashar 32, Thursday (corresponding to 16 July, 2026)
Time: 11:00 AM
Place: Central Office, Lamki, Kailali
Proposed Agendas for Discussion and Decision:
(a) General Resolutions:
(1) To discuss and approve the annual report for the fiscal year 2081/82 to be presented by the Chairman on behalf of the Board of Directors.
(2) To discuss and approve the balance sheet as of 2082 Ashar end, profit and loss account for the fiscal year 2081/82, cash flow statement for the same period, and related schedules, along with the auditor's report.
(3) To appoint an auditor for the fiscal year 2082/83 and determine their remuneration, as recommended by the Financial Institution's Audit Committee.
(b) Special Resolutions:
(1) To issue additional public shares (Further Public Offering).
(2) To pass a resolution to issue Right Shares at the rate of Rs. 100/- (One Hundred Rupees) per share, in the ratio of 1:1 of the paid-up capital that will remain after the FPO issuance, under Matribhumi Laghubitta Bittiya Sanstha Limited's capital increment plan.
(3) To pass a resolution regarding granting authority to the Board of Directors to identify suitable microfinance institutions for the purpose of merging with or acquiring (Merger/Acquisition) other "D" class licensed microfinance financial institutions by Matribhumi Laghubitta Bittiya Sanstha Limited, appoint a recognized valuer for the valuation (Due Diligence Audit) of the institution's movable and immovable assets, liabilities, and transactions, determine their remuneration, sign the agreement, and complete all necessary procedures related to this.
(4) To grant full authority to the Board of Directors to obtain approvals, register, amend and change the Memorandum and Articles of Association on any matter, including any directives from Nepal Rastra Bank, Nepal Securities Board, Company Registrar's Office, and other regulatory bodies, and to carry out all other related tasks.
(5) To present the opinion of a financial expert for the suspension of the Permanent Account Number (PAN) of Jalpa Samudayik Laghubitta Bittiya Sanstha Limited and determine their remuneration.
(c) Miscellaneous:
By order of the Board of Directors,
Company Secretary
General Information regarding the Annual General Meeting:
(1) Book Closure: For the purpose of the Seventh Annual General Meeting of the financial institution, the share transfer registration (book close) will be closed on 2083/03/23, Tuesday. All concerned are informed that shareholders whose names are registered in the share register book based on share transfer documents received by Shri Kumari Capital Limited, Nagpokhari, Kathmandu, the share registrar of this financial institution, for transactions conducted until 2083/03/22, Monday, as per prevailing law within the specified timeframe by Nepal Stock Exchange Limited, will be eligible to participate in the meeting.
(2) No bonus or dividend will be distributed at the Seventh Annual General Meeting.
(3) Shareholders attending the Annual General Meeting must bring their beneficiary identity card number or any official identity card that reveals their identity, and if representing an organized institution, an official letter appointing them as a representative from that institution.
(4) The auditor's report, annual financial statements of the institution, board of directors' report, and other documents including the report as per Section 78 of the Companies Act, 2063, are arranged for inspection during office hours at the institution's Central Office Lamkichuha-4, Kailali, or Corporate Office Budhanilkantha-7, Kathmandu, or at the share registrar Shri Kumari Capital Limited, Nagpokhari, Kathmandu. Copies will be provided upon request. The annual report will also be available on the institution's website http://www.matribhumimf.com.np. Shareholders who do not receive the report for any reason can obtain it from the meeting venue on the day of the meeting.
(5) Every shareholder attending the Annual General Meeting must sign the attendance register at the meeting venue. The attendance register will be open from 11:00 AM until the meeting concludes.
(6) Shareholders wishing to appoint a representative (Proxy) to attend the meeting may only appoint a shareholder of this institution as a representative, as per prevailing company law. The application for appointing such a representative must be registered at the institution's Central Office/Corporate Office or Shri Kumari Capital Limited, Nagpokhari, Kathmandu, at least 48 hours before the start of the meeting.
(7) If a shareholder who has appointed a proxy attends the Annual General Meeting and signs the attendance register, the proxy will automatically be cancelled.
(8) A representative of an organized institution or company may participate in the Annual General Meeting as a shareholder, even if they are not a shareholder of that institution. In such cases, written information must be provided to the institution's Central/Corporate Office at least 48 hours before the meeting.
(9) If a shareholder appoints more than one representative (Proxy), all proxies will be cancelled. However, if a shareholder explicitly states in a separate application that they are cancelling a previously given proxy and appoints another shareholder as a representative (Proxy), then the newly appointed representative (Proxy) will be allowed to participate in the meeting, and in such a situation, the previous proxy will be considered automatically cancelled.
(10) When appointing a representative, it is not permitted to appoint a partial representative by keeping some shares with oneself and attending the general meeting. A single person must be appointed as a representative for all shares.
(11) In case shares are registered in the joint names of more than one person, only one representative selected by consensus or the person whose name is listed first in the register book will be allowed to participate in the meeting.
(12) In the case of minor shareholders, the guardian mentioned in the share registration book can participate in the meeting, appoint a representative, and even vote.
(13) If any matter needs to be discussed under the agenda of the Annual General Meeting, no proposal not mentioned in the meeting notice will be discussed or decided upon, unless approved by 67 percent of the total share capital shareholders.
(14) The proceedings of the Annual General Meeting will be conducted in accordance with the Companies Act, 2063, Regulations 2075, and other prevailing laws.