
नबिल इन्भेष्टमेन्टको डिम्याट खाता र KYC अद्यावधिक गर्ने जरुरी सूचनाNabil Investment: Urgent Notice for Demat Account Renewal & KYC Update
- वर्ग:Category:
- Others
- प्रकाशित मिति:Published:
- Published on June 3, 2026
डिम्याट खाता नविकरण सम्बन्धी जरुरी सूचना
यस नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल बैंक लिमिटेड मार्फत डिम्याट खाता खोली हालसम्म पनि आफ्नो खाता नविकरण नगराउनु भएका हितग्राही खातावालाहरुलाई पटक पटक ईमेल तथा एसएमएस मार्फत खाता नविकरण गराउन अनुरोध गरिएकोमा हालसम्म पनि अधिकांश हितग्राही खातावालाहरुले लामो समयदेखि आफ्नो खाता नविकरण नगराउनु भएकोले मिति २०८३ आषाढ मसान्तसम्म आफ्नो खाता नविकरण गराउनु हुन सम्पूर्ण डिम्याट खातावालाहरुमा हार्दिक अनुरोध गरिन्छ। अन्यथा प्रचलित कानून बमोजिम खाता रोक्का गरिने व्यहोरा जानकारी गराइन्छ। यसरी खाता रोक्का हुँदा लगानीकर्ताहरुले आफ्नो खातामा रहेको शेयरहरु बिक्री गर्दा राफसाफ तथा फछ्र्यौट नहुने तथा सार्वजनिक निष्काशनमा समेत आवेदन गर्न समस्या हुने भएकोले सो को जिम्मेवार आफै हुनु पर्ने व्यहोरा समेत जानकारी गराइन्छ।
साथै आफ्नो खाता नविकरण गर्नको लागि https://meroshare.cdsc.com.np/ मा गई Khalti, e-Sewa & Connect IPS जस्ता डिजिटल माध्यमहरुबाट पनि आफ्नो खाता नविकरण गर्न सकिने व्यहोरा समेत सम्पूर्ण हितग्राही महानुभावहरुमा जानकारी गराइन्छ।
KYC अद्यावधिक गर्ने बारेको सूचना
KYC अद्यावधिक गर्न बाँकी सम्पूर्ण हितग्राहीहरुलाई यस नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सम्पर्क राखी यथाशीघ्र KYC अद्यावधिक गर्नु हुन अनुरोध गर्दछौं।
NABIL INVESTMENT BANKING LTD.
(A Subsidiary of Nabil Bank Ltd.)
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड
तेस्रो तल्ला, सेन्ट्रल प्लाजा, नारायण चौर, नक्साल, काठमाडौँ, फोन: ४५११५०४, ४५११७३३, फ्याक्स: ४५१०५५४
Email: [email protected], Url: www.nabilinvest.com.np
Urgent Notice regarding Demat Account Renewal
This is to inform all beneficiary account holders who have opened Demat accounts through Nabil Investment Banking Ltd. and Nabil Bank Ltd. but have not yet renewed their accounts, that despite repeated requests via email and SMS, most beneficiary account holders have not renewed their accounts for a long time. Therefore, all Demat account holders are kindly requested to renew their accounts by the end of 2083 Ashadh. Otherwise, it is informed that the accounts will be frozen as per prevailing law. It is also informed that if accounts are frozen, investors will face problems in settling and clearing shares held in their accounts when selling them, and also in applying for public issues, and they will be solely responsible for such issues.
Furthermore, it is informed to all esteemed beneficiaries that their accounts can also be renewed digitally through platforms like Khalti, e-Sewa & Connect IPS by visiting https://meroshare.cdsc.com.np/.
Notice regarding KYC Update
All beneficiaries who are yet to update their KYC are requested to contact the branch offices of Nabil Investment Banking Ltd. and Nabil Bank Ltd. and update their KYC as soon as possible.
NABIL INVESTMENT BANKING LTD.
(A Subsidiary of Nabil Bank Ltd.)
Nabil Investment Banking Limited
Third Floor, Central Plaza, Narayan Chaur, Naxal, Kathmandu, Phone: 4511504, 4511733, Fax: 4510554
Email: [email protected], Url: www.nabilinvest.com.np