
नेपाल राष्ट्र बैंकको रु. २५ अर्बको ऋणपत्र बोलकबोल सूचनाNepal Rastra Bank: Auction Notice for NPR 25 Billion Bond
- वर्ग:Category:
- Bonds & Debentures
- प्रकाशित मिति:Published:
- Published on July 9, 2026
नेपाल राष्ट्र बैंक
मौद्रिक व्यवस्थापन विभाग
काठमाडौं
मिति २०८३ असार २३ गते बोलकबोल मार्फत रु. २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी हुने सम्बन्धी सूचना
यस बैंकले देहाय बमोजिमका विशेषता एवं शर्तहरू कायम गरी १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
१. (क) उपकरणको नाम : नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ 'ङ' (NRB Bond 2084 Nga)
(ख) आह्वान रकम : रु. २५ अर्ब (पच्चीस अर्ब रुपैयाँ मात्र)
(ग) बोलकबोल मिति : २०८३ असार २३ गते मध्यान्न १:०० बजेसम्म Online Bidding System Software मार्फत मात्र बोलकबोल हुने।
(घ) निष्कासन मिति : २०८३ असार २३ गते।
(ङ) ब्याजदर : बोलकबोलको माध्यमबाट निर्धारण हुने।
(च) साँवा भुक्तानी मिति : २०८४ असार २३ गते।
(छ) ब्याज भुक्तानी : अर्धवार्षिक ।
(ज) बोल गर्न सकिने रकम : न्यूनतम रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म।
(झ) धितो सम्बन्धी व्यवस्था : यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने।
- ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ।
- ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।
- काउन्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नु पर्नेछ।
- आह्वान गरिएको ऋणपत्रको बोलकबोल गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ।
- समान ब्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी हुने भएमा सो ब्याजदरको रकमलाई समानुपातिक रूप (Pro-rata Basis) मा बाँडफाँट गरिनेछ।
- आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।
- ऋणपत्रको स्वीकृत बोल रकम निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च जम्मा गरिने छ।
- ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ।
- ऋणपत्र निष्कासनको शर्त बमोजिमको अवधिमा निर्धारित ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित काउन्टरपार्टीको यस बैंकमा रहेको खातामा जम्मा गरि दिनेछ।
Nepal Rastra Bank
Monetary Management Department
Kathmandu
Notice regarding the issuance of Nepal Rastra Bank Bond of रु. 25 अर्ब through auction on 2083 Ashar 23.
This bank has decided to auction and issue Nepal Rastra Bank Bonds for a period of 1 year, maintaining the following features and conditions. This notice has been published for the information of all concerned.
1. (a) Instrument Name: Nepal Rastra Bank Bond 2084 'ङ' (NRB Bond 2084 Nga)
(b) Called Amount: रु. 25 अर्ब (Twenty-five billion rupees only)
(c) Auction Date: 2083 Ashar 23 until 1:00 PM through Online Bidding System Software only.
(d) Issuance Date: 2083 Ashar 23.
(e) Interest Rate: To be determined through auction.
(f) Principal Payment Date: 2084 Ashar 23.
(g) Interest Payment: Semi-annually.
(h) Amount that can be bid: Minimum रु. 5 करोड and in multiples of रु. 5 करोड, up to the total called amount.
(i) Arrangement regarding collateral: Can be used as collateral in this bank and other banks and financial institutions.
2. The bond auction must be done on interest rate. Bids can also be placed at multiple interest rates.
3. Only 'क', 'ख' and 'ग' class banks and financial institutions (counterparties) licensed by Nepal Rastra Bank are eligible to participate in the bond auction.
4. Counterparties must state the amount and interest rate (up to 4 decimal places) they wish to bid for the bond.
5. When bidding for the called bond amount, the bond will be sold by Nepal Rastra Bank to bidders who bid at the single interest rate determined by arranging the bid interest rates from smallest to largest up to the called amount or the amount allocated by the committee, and to those who bid below that rate.
6. If the total amount including the bids from bidders who bid at the same interest rate exceeds the total issued amount, the amount at that interest rate will be allocated on a pro-rata basis.
7. The authority to accept or reject all or part of the bid amount called rests with the Open Market Operations Committee.
8. The approved bid amount for the bond will be debited from the respective counterparty's account at this bank on the issuance date.
9. If there is insufficient balance in the counterparty's account on the bond issuance date, the approved bid amount of such counterparty will be cancelled, and they will be prohibited from participating in any auction under open market operations and interest rate corridor for 6 months, along with a penalty of 2.50 percent.
10. The bank will deposit the determined interest amount during the bond issuance period and the principal amount at maturity into the respective counterparty's account at this bank.