
नेपाल पुनर्बीमा कम्पनीको दशौँ वार्षिक साधारण सभा र बुक क्लोज सूचनाNepal Reinsurance Company Tenth AGM and Book Closure Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
ने.पु.बी.कं.लि.सं.स. २०८३/८४ च.नं. २०
मिति: २०८३/०८/११
श्री नेपाल धितोपत्र बोर्ड,
खुमलटार, ललितपुर ।
श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड,
सिंहदरबार प्लाजा, काठमाडौँ ।
श्री नेपाल बीमा प्राधिकरण,
कुपण्डोल, ललितपुर ।
श्री कम्पनी रजिष्ट्रारको कार्यालय,
त्रिपुरेश्वर, काठमाडौँ ।
विषय: वार्षिक साधारण सभा सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा सञ्चालक समितिको मिति २०८३/०८/११ गते बिहान ७:३० मा बसेको बैठक नं. ६३७ को निर्णयानुसार देहायका विषयहरूमा छलफल तथा निर्णय गर्नको लागि निम्न मिति, स्थान र समयमा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को दशौँ वार्षिक साधारण सभा बस्ने भएको हुँदा मिति २०८३/०८/२४ गते बिहीवार शेयरधनी दर्ता पुस्तिका बन्द (Book Close) गरिने व्यहोरा अनुरोध गर्दछौ ।
वार्षिक साधारण सभा हुने मिति, स्थान र समय :
मिति: २०८३।०९।०६ सोमबार गते ।
स्थान: कार्की ब्याङ्केट, बबरमहल, काठमाडौँ ।
समय: बिहान ९:०० बजे ।
संलग्न:
दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना - पाना २
बोधार्थ:
श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड,
पुतलीसडक, काठमाडौँ ।
श्री आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड,
टेकु, काठमाडौँ ।
(शुष्मा गौतम)
कम्पनी सचिव
दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३।०८।१२ गते)
सञ्चालक समितिको मिति २०८३।०८।११ गते बिहान ७:३० बजे बसेको ६३७ औं बैठकको निर्णयानुसार देहायका विषयहरूमा छलफल तथा निर्णय गर्नको लागि निम्न मिति, स्थान र समयमा कम्पनीको आर्थिक वर्ष २०८०।८१ को दशौँ वार्षिक साधारण सभा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. साधारण सभा हुने मिति, स्थान र समय:
मिति: २०८३।०९।०६ गते सोमबार ।
स्थान: कार्की ब्याङ्केट, बबरमहल, काठमाडौँ ।
समय: बिहान ९:०० बजे ।
२. छलफलका विषय:
क) सामान्य प्रस्तावहरू:
१) लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आ.व. २०८०।८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षक श्री के. जे. एन्ड एसोसिएट्स (स्थायी लेखा नं ६१३४१९५६५) लाई कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१।८२ को बाह्य लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।
३) नियमावलीको नियम २७ को उपनियम (२) को देहाय (ख) बमोजिम नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुईजना सञ्चालक र सोही उपनियमको देहाय (ङ) बमोजिम सर्वसाधारण शेयरधनीबाट एक जना गरी कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।
ख. विशेष प्रस्तावहरू:
१) नेपाल पुनर्बीमा कम्पनीको प्रबन्धपत्रमा संशोधनः नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रबन्धपत्रको दफा ६ उपदफा (१), (२) र (३) मा उल्लेखित मौजुदा पुँजी संरचनामा संशोधन गरी अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी रु.१५,६९,२८,९९,०४२।१७ (पन्ध्र अर्ब उनान्सत्तरी करोड अठाइस लाख उनान्सय हजार बयालीस रूपैयाँ र पैसा सत्र मात्र) कायम गर्ने ।
२) कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने ।
३) कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग. विविध:
सञ्चालक समितिको आज्ञाले,
(सुष्मा गौतम)
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी
१) साधारण सभा प्रयोजनको निमित्त मिति २०८३।०८।२४ गते बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द (Book close) गरिनेछ ।
- नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३।०८।२३ बुधवार गतेसम्म कारोबार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनी मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
- सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावले शेयर प्रमाणपत्र वा हितग्राही खाता (DEMAT) खोलिएको प्रमाण, नागरिकता वा अन्य परिचय खुल्ने फोटो सहितको परिचयपत्र साथमा लिई आउनु पर्नेछ।
- सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ। हाजिरी पुस्तिका बिहान ८:०० बजेदेखि खुल्ला रहनेछ।
- सभामा भाग लिनको लागि आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फाराम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अर्थात मिति २०८३।०९।०३ गते बिहान ९:०० बजे भित्र कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय श्री आरबिबि मर्चेन्ट बैंकिङ्ग लि., टेकु, काठमाडौँमा दर्ता गरिसक्नु पर्नेछ। कम्पनीका शेयरधनीहरूलाई मात्र प्रोक्सी नियुक्त गर्न सकिनेछ। एकभन्दा बढी व्यक्तिलाई शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्ट्याएर दिइएको प्रोक्सी बदर हुनेछ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसके पछि प्रतिनिधि फेरबदल गर्न चाहेमा पहिले दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फाराम सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात मिति २०८३।०६।०४ गते बिहान ९:०० बजे भित्र कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय श्री आरबिबि मर्चेन्ट बैंकिङ्ग लि., टेकु काठमाडौँमा प्राप्त हुने गरी दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ।
- प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफैँ सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ।
- संयुक्त रुपमा शेयर ग्रहण गर्ने शेयरधनीको हकमा शेयर लागत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति वा सर्वसम्मत नियुक्त प्रतिनिधिले मात्र सभामा भाग लिन पाउने छन् ।
- नाबालक तथा मानसिक सन्तुलन ठीक नरहेको शेयरधनीको तर्फबाट शेयर लगत दर्ता किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन तथा प्रतिनिधि नियुक्त गर्न सक्ने छन्।
- संगठित संस्थाका शेयरधनी भएमा त्यस्तो संगठित संस्थाको तर्फबाट कम्पनीको साधारण सभामा उपस्थित हुनको लागि प्रचलित कानून बमोजिम मनोनीत व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्रका साथ प्रोक्सी फाराममा संस्थाको छाप र आधिकारिक व्यक्तिको दस्तखत भएको कागजात पेश गर्नु पर्नेछ ।
- माथिको बुंदा नं. ५ र ६ मा उल्लिखित दिन कुनै सार्वजनिक बिदा पर्न गए पनि सो दफामा उल्लेखित प्रयोजनको निमित्त कार्यालय कक्ष खुल्ला रहनेछ।
- शेयरधनी महानुभावको जानकारीका लागि कम्पनीको संक्षिप्त आर्थिक विवरण यसै सूचनासाथ प्रकाशित गरिएको छ। साथै आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन कम्पनीको वेबसाइटमा प्रकाशित गरिने छ। प्रतिवेदन आवश्यक हुने महानुभावलाई वेबसाइटबाट डाउनलोड गरी लिन हुन अनुरोध गरिन्छ।
- छलफलको विषय अन्तर्गत विविध शीर्षक सम्बन्धमा शेयरधनी महानुभावले छलफल गर्न चाहनु भएको विषयबारे मिति २०८३।०९।०३ गते कार्यालय समय भित्र कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ ।
- कम्पनीको सञ्चालक पदको निर्वाचन सम्बन्धी सम्पूर्ण सूचना एवं जानकारी थापाथली, काठमाडौं स्थित यस कम्पनीको कार्यालयमा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा र यस कम्पनीको सूचना पाटी तथा वेबसाइटमा राखिनेछ ।
- साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र कम्पनी सचिवलाई सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Ref. No. N.Re.C.L.S.S. 2083/84 Ch.No. 20
Date: 2083/08/11
To Nepal Securities Board,
Khumaltar, Lalitpur.
To Nepal Stock Exchange Limited,
Singhadurbar Plaza, Kathmandu.
To Nepal Insurance Authority,
Kupandole, Lalitpur.
To Office of the Company Registrar,
Tripureshwor, Kathmandu.
Subject: Regarding Annual General Meeting.
In this regard, as per the decision of Board of Directors meeting No. 637 held on date 2083/08/11 at 7:30 AM to discuss and decide on the following matters, the 10th Annual General Meeting for Fiscal Year 2080/81 of the company will be held on the following date, venue and time, so the Shareholder Register Book will be closed (Book Close) on date 2083/08/24 Thursday, this is kindly informed.
Annual General Meeting Date, Venue and Time:
Date: 2083।09।06 Monday.
Venue: Karki Banquet, Babarmahal, Kathmandu.
Time: Morning 9:00 AM.
Enclosure:
Tenth Annual General Meeting Notice - Page 2
Cc:
To CDS and Clearing Limited,
Putalisadak, Kathmandu.
To RBB Merchant Banking Limited,
Teku, Kathmandu.
(Shusma Gautam)
Company Secretary
Notice Regarding 10th Annual General Meeting
(First time published date: 2083।08।12)
As per the decision of the 637th meeting of the Board of Directors held on 2083।08।11 at 7:30 AM, the 10th Annual General Meeting of the company for the Financial Year 2080।81 will be held on the following date, location, and time to discuss and decide on the subjects below. Therefore, this notice is published for the attendance of all respected shareholders.
1. AGM Date, Location and Time:
Date: 2083।09।06 Monday.
Location: Karki Banquet, Babarmahal, Kathmandu.
Time: 9:00 AM in the morning.
2. Agendas for Discussion:
a) General Agendas:
1) To discuss and pass the Auditor's Report along with the Balance Sheet as of end of Ashad 2081, the Profit/Loss Account and Cash Flow Statement for the F.Y. 2080।81, and the schedules related to the financial statements.
2) To approve the appointment and remuneration of external auditor K. J. & Associates (PAN 613419565) for the financial year 2081।82 pursuant to Section 111 of the Companies Act, 2063.
3) To elect directors representing on the Board of Directors: two directors from institutional investors other than the Government of Nepal pursuant to Rule 27, Sub-rule (2), Clause (b) of the Articles of Association, and one director from general public shareholders pursuant to Clause (e) of the same sub-rule.
B. Special Resolutions:
1) Amendment to Memorandum of Association of Nepal Reinsurance Company: To amend the existing capital structure mentioned in Clause 6 Sub-clauses (1), (2), and (3) of the Memorandum of Association of Nepal Reinsurance Company Limited, maintaining the Authorized Capital at 20 Billion Rupees and Issued and Paid-up Capital at Rs. 15,69,28,99,042।17 (Fifteen Billion Sixty-Nine Crore Twenty-Eight Lakh Ninety-Nine Thousand Forty-Two Rupees and Seventeen Paisa Only).
2) To approve expenses incurred under Corporate Social Responsibility as per the Board of Directors' decision pursuant to Section 105 (1) (c) of the Companies Act, 2063.
3) To authorize the Board of Directors to make necessary amendments/adjustments to the proposed amendments of the Company's Memorandum of Association/Articles of Association if suggested by the Government of Nepal or regulatory bodies.
C. Miscellaneous:
By order of the Board of Directors,
(Shusma Gautam)
Company Secretary
General Information Regarding the Annual General Meeting
1) For the purpose of the Annual General Meeting, the shareholder register book will be closed (Book close) on Thursday, 2083।08।24.
2. Only shareholders whose shares have been traded on the Nepal Stock Exchange Limited and duly transferred according to the rules by Wednesday, 2083।08।23 will be eligible to participate in the general meeting.
3. Shareholders desirous of participating in the meeting must bring along their share certificate or proof of opening a beneficial owner account (DEMAT), citizenship, or another photo identity card revealing their identity.
4. Every shareholder attending the meeting must sign the attendance register located at the meeting venue. The attendance register will remain open from 8:00 AM.
5. A shareholder who wishes to appoint their proxy for participating in the meeting must fill out the proxy form in the format prescribed by prevailing company law so that there is a single proxy for all their shares, and register it at the company's share registrar's office, RBB Merchant Banking Ltd., Teku, Kathmandu, at least 72 hours before the meeting starts, i.e., by 9:00 AM on 2083।09।03. Proxies can only be appointed to shareholders of the company. A proxy given by dividing or separating shares among more than one person shall be invalid.
6. If a shareholder wishes to change their proxy after appointing one, the previous proxy will be deemed automatically cancelled and the subsequent proxy will be recognized, provided that a new proxy form along with a separate letter requesting recognition of this proxy and cancellation of the previously given proxy is registered and received at the company's share registrar's office, RBB Merchant Banking Ltd., Teku, Kathmandu, at least 48 hours before the meeting starts, i.e., by 9:00 AM on 2083।06।04.
7. If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy appointed by them will be automatically cancelled.
8. In the case of joint shareholders, only the person whose name is listed first in the share ledger book or a unanimously appointed representative will be allowed to participate in the meeting.
9. In the case of shareholders who are minors or mentally incapacitated, persons registered as guardians in the share register book can participate in the meeting and appoint a proxy.
10. If the shareholder is an institutional entity, the person nominated in accordance with prevalent law to attend the company's General Meeting on behalf of such institutional entity must submit documents bearing the institution's official letter along with the proxy form stamped with the institution's seal and signed by an authorized person.
11. Even if a public holiday falls on the days mentioned in points No. 5 and 6 above, the office room will remain open for the purpose specified in those clauses.
12. For the information of shareholders, the company's summary financial statement has been published along with this notice. Also, the annual report for F.Y. 2080/81 will be published on the company's website. Shareholders requiring the report are requested to download it from the website.
13. Shareholders wishing to discuss topics under 'Miscellaneous' agenda items must provide written information to the Chairman of the Board of Directors through the Company Secretary within office hours by the date 2083।09।03.
14. All notices and information regarding the election of the company's director positions will be posted at the Election Officer's office located at this company's office in Thapathali, Kathmandu, as well as on this company's notice board and website.
15. If further information regarding the General Meeting is required, shareholders are requested to contact the Company Secretary during office hours.