
नेरुडे मिर्मिरे लघुवित्तको उन्नाइसौं वार्षिक साधारण सभा सूचनाNerude Mirmire Laghubitta's 19th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on June 25, 2026
उन्नाइसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०३/११ गते
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस वित्तीय संस्थाको मिति २०८३/०३/१० गते बसेको सञ्चालक समितिको ३१६ औं बैठकको निर्णयले यस वित्तीय संस्थाको उन्नाइसौं वार्षिक साधारण सभा देहायका प्रस्तावहरुमा छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, समय, स्थानमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गर्दछौं ।
साधारण सभा हुने मिति, समय र स्थान:
मिति: २०८३/०४/३२ गते बिहीबार (तदनुसार १६ जुलाई २०२६)
समय: बिहान ११ बजे
स्थान: ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी-३, कौशलटार
छलफल तथा निर्णयका लागि निर्धारित विषयहरु :
(क) सामान्य प्रस्तावहरु:
- आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
- स्वतन्त्र सञ्चालक नियुक्ति भएको जानकारी गराउने सम्बन्धमा ।
- सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहमा रिक्त १ जना सञ्चालक पदमा बाँकी अवधिको लागि सञ्चालक समितिले नियुक्त गरेको सञ्चालक अनुमोदन गर्ने ।
(ख) विशेष प्रस्तावहरु :
- वित्तीय संस्थाको पुँजीवृद्धि योजना अनुसार नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा मात्र जारी गर्ने गरी प्रचलित कानून तथा व्यवस्थाको अधिनमा रही सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तत्काल कायम रहेको चुक्ता पुँजी रु. १,३९,७७,६४,२०२।८८ (अक्षरेपि एक अर्ब उनान्चालिस करोड सतहत्तर लाख चौसठ्ठी हजार दुई सय बहत्तर रुपैयाँ पैसा अठासी मात्र) को १:०.२५ को अनुपातमा रु. ३४,९४,४१,०६२।२२ (अक्षरेपि चौंतीस करोड चौरानब्बे लाख एकचालीस हजार अठसठ्ठी रुपैयाँ पैसा बाईस मात्र) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपि एकसय मात्र) को ३४,९४,४१०.६८ (चौंतीस लाख चौरानब्बे हजार चार सय दश दशमलव छ आठ) कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने । साथै उक्त कार्यको लागि सम्बन्धित निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम फेरबदल वा संशोधन गर्ने ।
- संस्थाको प्रबन्धपत्र, नियमावली समसामयिक थप/संशोधन गर्ने ।
- संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
- यस वित्तीय संस्थाले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा
सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका सो सम्बन्धी आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने।
सञ्चालक समितिको आज्ञाले
(कम्पनी सचिव)
साधारणसभामा सम्बन्धी अन्य जानकारी
- उन्नाइसौँ वार्षिक साधारणसभा सम्पन्न गर्ने प्रयोजनका लागि मिति २०८३/०३/१९ गते वित्तीय संस्थाको शेयरधनी दर्ता किताब बन्द रहने छ। साथै मिति २०८३/०३/१९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम वित्तीय संस्थाको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र वार्षिक साधारणसभामा भाग लिन सक्नेछन्।
- साधारणसभामा भाग लिन इच्छुक शेयरधनी महानुभावले व्यक्तिगत रुपमा पठाईएको सूचना तथा संलग्न प्रवेशपत्र साथै आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै: राष्ट्रिय परिचयपत्र वा नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा सवारी साधन अनुमति पत्र वा आफ्नो परिचय खुल्ने अन्य कागजात) अनिवार्य साथमा लिई आउनु हुन अनुरोध छ।
- सम्पूर्ण शेयरधनी महानुभावहरुलाई यस लघुवित्त वित्तीय संस्थामा रहेको ठेगाना र ईमेलमा वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पुस्तिकै पठाईनेछ। साथै उक्त प्रतिवेदन संस्थाको वेबसाईट: www.nerudemirmire.com.np मा पनि हेर्न सकिनेछ। साथै उक्त विवरणहरु संस्थाको कर्पोरेट कार्यालय, मध्यपुर थिमी-१, भक्तपुर लोकन्थलीमा पनि शेयरधनी महानुभावहरुले प्राप्त गर्न सक्नु हुनेछ।
- साधारणसभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ। हाजिरी पुस्तिका बिहान ९:०० बजेदेखि सभा चालू रहेसम्म खुल्ला रहनेछ।
- साधारणसभामा भाग लिनको लागि प्रोक्सी (प्रतिनिधि) मुकरर गर्न चाहने शेयरधनीले तोकिएको ढाँचामा यस वित्तीय संस्थाको सम्बन्धित समूहका शेयरधनीलाई मात्र प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नेछन्। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको निवेदन सभा सुरु हुनुभन्दा ७२ घण्टा अगावै यस संस्थाको कर्पोरेट कार्यालय, मध्यपुर थिमी-१, लोकन्थलीमा दर्ता गराई सक्नुपर्नेछ।
- एक जना शेयरधनीले एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा शेयरधनी आफूले अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (प्रोक्सी) ले सभामा भाग लिन पाउनेछ। तर यसो नगरी एक शेयरधनीले एकभन्दा बढी प्रोक्सी नियुक्ति गरिएको रहेछ भने पहिले दर्ता भएको प्रोक्सीले मान्यता पाउनेछ।
- प्रोक्सी (प्रतिनिधि) नियुक्ति गरिसक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गरेमा पहिले दिईएको प्रोक्सी स्वतः बदर हुनेछ।
- संगठित संस्था शेयरधनी रहेकोमा प्रबन्धपत्र नियमावलीको अधिनमा रही उक्त संस्थाको आधिकारिक पदाधिकारीले खटाएको वा मनोनित गरेको प्रतिनिधिले सभामा भाग लिन पाउनेछ।
- छलफलको विषयसूची मध्ये विविध शिर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीहरुले आफूले प्रश्न गर्न चाहेको विषयबारे सभा शुरु हुनुभन्दा ७ दिन अगावै छलफलको विषय कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनुपर्नेछ। तर यसलाई पारित हुने प्रस्तावको रुपमा समावेश गरिने छैन।
- साधारण सभामा कुनै छलफलको विषय अन्तर्गत छलफल गर्नु परेमा कुल शेयर पूँजीको ६७ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनी महानुभावहरुले स्वीकृत दिइएकोमा बाहेक सभाको सूचनामा उल्लेख नभएको प्रस्ताव माथी सभामा छलफल र निर्णय गरिने छैन।
- साधारण सभा सम्बन्धी काम कार्बाही कम्पनी ऐन, २०६३ नियमावली, २०७५ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ।
- साधारणसभामा भाग लिन आउँदा जाँदाको कुनै पनि प्रकारको खर्चको शोधभर्ना वित्तीय संस्थाले उपलब्ध गराउने छैन।
- बुँदा ४ र ५ उल्लेखित दिन सार्वजनिक बिदा परेमा समेत सो प्रयोजनको लागि वित्तीय संस्थाको कर्पोरेट कार्यालय, कार्यालय समयमा खुल्ला रहनेछ।
Notice regarding the Nineteenth Annual General Meeting
First published date: 2083/03/11
Dear Respected Shareholders,
This financial institution's 316th Board of Directors meeting held on 2083/03/10 has decided to hold the Nineteenth Annual General Meeting to discuss and decide on the following proposals at the date, time, and place mentioned below. We request this notice to be published for the information of all shareholders as per Section 67 of the Companies Act, 2063.
Date, Time, and Place of the Annual General Meeting:
Date: Thursday, 2083/04/32 (corresponding to 16 July 2026)
Time: 11 AM
Place: White Palace Banquet, Madhyapur Thimi-3, Kaushaltar
Subjects determined for discussion and decision:
(a) General Proposals:
1. To approve the annual report of the Board of Directors for the fiscal year 2081/082.
2. To discuss and approve the balance sheet, profit/loss account, cash flow statement, and accounting policies along with related schedules for the fiscal year 2081/082, including the auditor's report.
3. To appoint an external auditor for the fiscal year 2082/083 as per the recommendation of the Audit Committee and to determine their remuneration.
4. Regarding informing about the appointment of an independent director.
5. To approve the appointment of 1 director from the promoter group to fill the vacant director position in the Board of Directors for the remaining term, as appointed by the Board of Directors.
(b) Special Proposals:
1. To approve the issuance of right shares at a ratio of 1:0.25 of the immediate existing paid-up capital of Rs. 1,39,77,64,202।88 (in words: one billion thirty-nine crore seventy-seven lakh sixty-four thousand two hundred two rupees and eighty-eight paisa) amounting to Rs. 34,94,41,062।22 (in words: thirty-four crore ninety-four lakh forty-one thousand sixty-two rupees and twenty-two paisa) at a face value of Rs. 100/- (in words: one hundred rupees) per share, totaling 34,94,410.68 (thirty-four lakh ninety-four thousand four hundred ten decimal six eight) units, only after obtaining approval from the regulatory body as per the financial institution's capital increment plan and in accordance with prevailing laws and regulations. Furthermore, if any changes or amendments are directed by the relevant body for this purpose, to make such changes or amendments accordingly.
2. To make contemporary additions/amendments to the institution's memorandum and articles of association.
3. To delegate authority to the Board of Directors or to an officer designated by the Board of Directors to make any changes, additions, or amendments to the institution's memorandum and articles of association as directed or suggested by regulatory bodies during the approval process of such amendments.
4. For the purpose of merging/being merged with or acquiring 'D' class licensed microfinance financial institutions, to identify suitable microfinance institutions, sign a memorandum of understanding, based on which
To authorize the Board of Directors or officials designated by the committee to proceed with necessary tasks related to submitting an application to Nepal Rastra Bank for conceptual approval.
By order of the Board of Directors
(Company Secretary)
Other Information Related to the General Meeting
1. For the purpose of holding the Nineteenth Annual General Meeting, the share register book of the financial institution will be closed on 2083/03/19. Furthermore, only shareholders whose details are available with the financial institution's share registrar, Nepal SBI Merchant Banking Limited, based on transactions up to 2083/03/19 on Nepal Stock Exchange Limited, as per prevailing laws, will be eligible to participate in the Annual General Meeting.
2. Shareholders interested in participating in the General Meeting are requested to bring their personal notice and attached admission card, along with proof of identity (such as a national ID card or citizenship certificate photocopy, or driving license, or any other document proving identity).
3. The annual report booklet, including financial statements, will be dispatched to all shareholders at their registered address and email. The said report can also be viewed on the institution's website: www.nerudemirmire.com.np. Additionally, shareholders can obtain these details from the institution's corporate office, Madhyapur Thimi-1, Lokanthali, Bhaktapur.
4. Every shareholder participating in the General Meeting must sign the attendance book at the meeting venue. The attendance book will be open from 9:00 AM until the meeting concludes.
5. Shareholders wishing to appoint a proxy for participation in the General Meeting can only appoint a representative (proxy) from the related group of this financial institution using the prescribed format. The application for proxy appointment must be registered at the institution's corporate office, Madhyapur Thimi-1, Lokanthali, at least 72 hours before the commencement of the meeting.
6. If a shareholder appoints more than one representative (proxy), and wishes to revoke a previously given proxy, they must clearly state the revocation in a separate application and appoint another shareholder as a representative (proxy). In such a case, the newly appointed representative (proxy) will be allowed to participate in the meeting. However, if a shareholder appoints more than one proxy without such a clear revocation, the first registered proxy will be recognized.
7. If a shareholder who has already appointed a proxy (representative) attends the meeting in person and signs the attendance book, the previously given proxy will automatically be revoked.
8. In the case of an institutional shareholder, an official deputed or nominated by the institution, in accordance with its memorandum and articles of association, will be allowed to participate in the meeting.
9. Shareholders wishing to discuss topics under the 'Miscellaneous' heading in the agenda must submit their questions in writing to the Chairman through the Company Secretary 7 days prior to the commencement of the meeting. However, these will not be included as proposals to be passed.
10. No proposals not mentioned in the meeting notice will be discussed or decided upon at the meeting, except for topics approved by shareholders representing 67 percent of the total share capital.
11. All proceedings related to the General Meeting will be conducted in accordance with the Company Act, 2063, Regulations, 2075, and other prevailing laws.
12. The financial institution will not reimburse any expenses incurred for attending the General Meeting.
13. If the dates mentioned in points 4 and 5 fall on a public holiday, the financial institution's corporate office will remain open during office hours for that purpose.