
नेस्डो समृद्ध लघुवित्तको आठौं वार्षिक साधारण सभा आह्वानNESDO Sambridha Laghubitta Calls 8th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
आठौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशितः मिति २०८३ मंसिर ११ गते)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३/०८/१० गते, बिहीवार बसेको ०९/०८३/०८४ औं बैठकको निर्णयानुसार वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा देहायका विषयहरूमा छलफल गरी निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले कम्पनी (पहिलो संशोधन) ऐन, २०६३ को दफा ६७(२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि अनुरोध गरिन्छ ।
सभा हुने मिति, समय र स्थानः
मिति : २०८३ पुष ०३ गते शुक्रवार, तदनुसार १८ डिसेम्बर, २०२६
समय : दिनको ११:३० बजे
स्थान : रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वत
छलफलका विषयहरूः
क) सामान्य प्रस्तावहरू
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिका सदस्यको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्तावः
- वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।
- प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।
- यस वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तीसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनाहरू अनुरूप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
ग) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी थप जानकारीः
- शेयरधनी दर्ता किताब बन्द रहनेः वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०८/१८ गते, शुक्रवार शेयर दाखिल खारेज दर्ता कार्य बन्द (बुक क्लोज) रहने छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०८/१७ गते, विहीवार सम्म कारोबार भई प्रचलित कानुन अनुसार तोकिएको समयावधि भित्रमा यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरू सो सभामा भाग लिन योग्य हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
- वार्षिक साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावहरूले आफ्नो हितग्राही परिचय पत्र न. वा आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्र साथमा लिएर आईदिनुहुन अनुरोध छ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाबाट प्रतिनिधि नियुक्त गरिएको आधिकारिक पत्र लिई आउनुपर्नेछ ।
- साधारण सभाको सूचना तथा वार्षिक प्रतिवेदन २०८२/८३ सम्बन्धी विवरण संस्थाको केन्द्रीय कार्यालय कुश्मा-०७, दुलुञ्चोक, पर्वत तथा शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । कुनै कारणवस उक्त प्रतिवेदन प्राप्त नगर्नुहुने शेयरधनी महानुभावहरूले सभा हुने दिन सभास्थलबाट समेत प्राप्त गर्न सक्नुहुनेछ ।
- साधारण सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका सभा हुने दिन बिहान १०:३० बजेदेखि सभा चालु रहेसम्म खुल्ला रहनेछ ।
- साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहेमा शेयरधनीहरूले तोकिएको ढाँचामा यस वित्तीय संस्थाको शेयरधनीलाई मात्र प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नेछन् । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको निवेदन सभा सुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालय कुश्मा-७, दुलुञ्चोक, पर्वतमा दर्ता गराई सक्नु पर्नेछ । सभामा भाग लिन र मतदान गर्नको लागि प्रतिनिधि नियुक्त गरी सके पछि उक्त प्रतिनिधि बदर गरी अर्को मुकरर गर्ने भएमा सोको लिखित सूचना सोही अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालयमा दर्ता गराउनु पर्नेछ ।
- प्रोक्सी नियुक्त गरिसक्नु भएको शेयरधनी आफै साधारण सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु भएमा प्रोक्सी दिईसकेको भएपनि त्यस्तो प्रोक्सी बदर हुनेछ ।
- कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधिले निज कम्पनीको शेयरधनी नभएपनि शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछ । यसरी प्रतिनिधि पठाउँदा सभा हुनु भन्दा कम्तीमा २४ घण्टा अगावै यस संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ ।
- नाबालक शेयरधनीहरूको तर्फबाट संरक्षक (शेयरधनीको दर्ता किताबमा उल्लिखित) ले सभामा भाग लिन, प्रतिनिधि तोक्न तथा मत दिन समेत सक्नेछ ।
- साधारण सभामा कुनै छलफलको विषय अन्तर्गत छलफल गर्नुपरेमा कुल शेयर पूँजीको ६७ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनी महानुभावहरूले स्वीकृत दिएकोमा बाहेक सभाको सूचनामा उल्लेख नभएको प्रस्ताव (एजेण्डा) उपर सभामा छलफल र निर्णय गरिने छैन ।
- सञ्चालक निर्वाचन सम्बन्धी सूचना निर्वाचन अधिकृतबाट साधारण सभा हुने दिन भन्दा ७ दिन अगाडी वित्तीय संस्थाको सूचना पाटी/वेवसाईटमा प्रकाशित हुनेछ ।
- साधारण सभा सम्बन्धी काम कारवाही कम्पनी ऐन, २०६३ र नियमावली तथा अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।
Notice Regarding 8th Annual General Meeting
(First Published Date: 2083 Mangsir 11)
Respected Shareholders,
As per the decision of the 09/083/084th meeting of the Board of Directors of this financial institution held on Thursday, 2083/08/10, the Eighth Annual General Meeting of the financial institution will be held on the following date, time and place to discuss and decide on the following matters. Therefore, all shareholders are requested to attend pursuant to Section 67(2) of the Companies Act, 2063 (First Amendment).
Meeting Date, Time and Place:
Date: 2083 Paush 03 Friday, corresponding to 18 December 2026
Time: 11:30 AM
Venue: Royal Kushma Resort, Kushma, Parbat
Agenda for Discussion:
a) General Proposals
1. To discuss and pass the Annual Report for the fiscal year 2082/83 presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and pass the Balance Sheet as of end of Ashad 2083, Profit and Loss Account for the fiscal year 2082/83, Cash Flow Statement for the same period, and schedules related thereto, along with the Auditor's Report.
3. To approve the appointment of the Auditor for the fiscal year 2082/083.
4. To appoint an auditor to conduct the audit for the fiscal year 2083/84 pursuant to Section 63 of the Banks and Financial Institutions Act, 2073 and Section 111 of the Companies Act, 2063, and to fix their remuneration.
5. To approve the appointment of members of the Board of Directors.
6. Regarding the election of 2 directors representing the public shareholder group to the Board of Directors.
b) Special Proposals
1. Regarding amendment of the Memorandum of Association and Articles of Association of the financial institution.
2. To approve a proposal granting authority to the Board of Directors to make necessary amendments or modifications to the Memorandum of Association and Articles of Association if directed by regulatory bodies.
3. To grant full authority to the Board of Directors to enter into a Memorandum of Understanding (MOU) for merger or acquisition with one or more suitable licensed microfinance financial institutions, sign the MOU, appoint an evaluator to prepare a Due Diligence Audit Report and fix their remuneration, and perform all necessary tasks required to be adopted and performed in accordance with prevailing laws and directives related to merger/acquisition.
c) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary
Additional Information Regarding the Annual General Meeting:
1. Book Closure Period: For the purpose of the 8th Annual General Meeting of the financial institution, the share transfer register will remain closed (Book Closure) on Friday, 2083/08/18. Shareholders whose share transfer instruments are received at the Share Registrar, Global IME Capital Limited, Naxal, Kathmandu, based on transactions done on the Nepal Stock Exchange Limited until Thursday, 2083/08/17 within the time period specified by prevailing law, and registered in the shareholder register, shall be eligible to participate in the meeting.
2. Shareholders coming to attend the Annual General Meeting are requested to bring their Demat account identification card or any official identity card proving identity. If representing an organized institution, an official letter of appointment of proxy from the organized institution must be brought.
3. The notice of the Annual General Meeting and details regarding the Annual Report 2082/83 can be obtained from the head office of the institution at Kushma-07, Dulunchowk, Parbat and Share Registrar Global IME Capital Limited, Naxal, Kathmandu. Shareholders who do not receive the report for any reason may also obtain it at the venue on the day of the meeting.
4. Every shareholder participating in the Annual General Meeting must present themselves at the meeting venue and sign the attendance register located there. The attendance register will remain open from 10:30 AM on the day of the meeting until the meeting concludes.
5. Shareholders wishing to appoint a proxy to participate in the Annual General Meeting may appoint only a shareholder of this financial institution as a proxy in the prescribed format. Such application appointing a proxy must be registered at the head office of the financial institution in Kushma-07, Dulunchowk, Parbat at least 48 hours prior to the commencement of the meeting. If a proxy has been appointed to attend and vote and subsequently that proxy is canceled to appoint another, written notice thereof must be registered at the central office of the company within the same period.
6. If a shareholder who has appointed a proxy attends the Annual General Meeting in person and signs the attendance register, such proxy shall be canceled even if already given.
7. A representative of an organized institution or company may participate in the meeting in the capacity of a shareholder even if they are not a shareholder of the company. Written information regarding sending such a representative must be provided to the central office of this institution at least 24 hours prior to the meeting.
8. A guardian (as mentioned in the shareholder register) on behalf of minor shareholders may participate in the meeting, appoint a proxy, and also vote.
9. If any topic under discussion at the Annual General Meeting needs to be discussed, proposals (agendas) not mentioned in the notice of the meeting will not be discussed or decided upon, except with the approval of shareholders representing 67 percent of the total share capital.
10. Notice regarding director election will be published on the notice board/website of the financial institution by the Election Officer 7 days prior to the day of the Annual General Meeting.
11. Proceedings regarding the Annual General Meeting shall be in accordance with the Companies Act, 2063, Articles of Association, and other prevailing laws.