आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
ओम मेगाश्री फर्मास्युटिकल्सको ११औं वार्षिक साधारण सभा सूचना

ओम मेगाश्री फर्मास्युटिकल्सको ११औं वार्षिक साधारण सभा सूचनाOm Megashree Pharmaceuticals: 11th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८३।०८।०४)

आदरणीय शेयरधनी महानुभावहरु,

यस ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको मिति २०८३।०८।०४ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको आ.व. २०८२/८३ को ११औं वार्षिक साधारणसभा तथा संस्थापक शेयरधनी समूहबाट ४ (चार) जना सञ्चालक निर्वाचन निम्न मिति, समय र स्थानमा तपसिलका विषयहरुमा छलफल तथा निर्णय गर्न हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।

(क) वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:

मिति: २०८३ साल मंसिर २६ गते शनिवार (तदनुसार १२ डिसेम्बर २०२६)।

समय: बिहान ९:१५ बजे।

स्थान: भरतपुर महानगरपालिका, वडा नं. २९, जुगेडी, चितवन (कम्पनीको उद्योग परिसर)

(ख) छलफलका विषयहरु:

(अ) साधारण प्रस्तावहरु:

  1. वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
  2. लेखा परीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण पारित गर्ने सम्बन्धमा।
  3. कम्पनीको आ.व. २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा।
  4. संस्थापक शेयरधनी समूहबाट ४ (चार) जना सञ्चालकको निर्वाचन सम्बन्धमा।

(आ) विशेष प्रस्तावहरु:

१. ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा।

(क) रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा भएको प्रारम्भिक समझदारीपत्र (Memorandum of Understanding) तथा सोको संशोधन, प्राप्ति समितिको गठन, स्वतन्त्र मूल्यांकनकर्ता S.R. Pandey & Co., Chartered Accountants तथा कानूनी सल्लाहकारको नियुक्ति, उक्त मूल्यांकनकर्ताले तयार गरेको सम्पत्ति, दायित्व तथा व्यवसायको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report), अन्तिम सहमतिपत्र (Scheme of Arrangement) लगायतका सम्पूर्ण काम कारबाही अनुमोदन गर्ने सम्बन्धमा।

(ख) मिति २०८३/०८/०४ मा बसेको सञ्चालक समितिको बैठकबाट अनुमोदित शेयर आदानप्रदान अनुपात बमोजिम रोयल फर्मास्युटिकल्स लिमिटेडको १ (एक) कित्ता शेयर बराबर सो कम्पनीका शेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको ०.५७४४ कित्ता (१ : ०.५७४४) शेयर प्रदान गरी रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति (Acquire) गर्ने सम्बन्धमा।

(ग) विशेष प्रस्ताव नं. १ (क) र (ख) बमोजिम रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने तथा कम्पनीका अन्य आवश्यक संस्थागत व्यवस्थाका लागि प्रबन्धपत्र तथा नियमावलीका सम्बन्धित प्रावधानमा आवश्यक संशोधन गर्ने सम्बन्धमा।

२. उल्लिखित प्रस्तावहरुको कार्यान्वयनका सिलसिलामा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयबाट कुनै किसिमको संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सो कार्यहरु गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

(इ) विविध।

वार्षिक साधारण सभासम्बन्धी अन्य जानकारी

  1. वार्षिक साधारणसभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (Book Close) रहने मिति २०८३।०८।१९ हुने छ। उक्त प्रयोजनका लागि मिति २०८३।०८।१८ सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर नामसारी कारोबार सम्पन्न भई शेयर रजिष्ट्रार श्री प्रभु क्यापिटल लिमिटेडबाट प्राप्त नामावलीमा उल्लेखित शेयरधनीहरुले मात्र यस साधारणसभामा सहभागी हुन तथा निर्वाचनमा मतदान गर्न पाउने छन्।
  2. साधारणसभा तथा सञ्चालक निर्वाचनमा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले शेयर प्रमाणपत्र वा हितग्राही नं. तथा आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनुहुन अनुरोध छ।
  3. शेयरधनी महानुभावहरुले उपस्थिति पुस्तिकामा दस्तखत गर्नका लागि शेयरधनी उपस्थिति पुस्तिका साधारणसभा सुरु हुनु भन्दा १ घण्टा अगाडिबाट खुला गरिने छ।
  4. साधारणसभा तथा सञ्चालक निर्वाचन कार्यक्रममा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फाराम भरी सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वरमा दर्ता गराइसक्नुपर्ने छ। कम्पनीको शेयरधनीबाहेक अरुलाई प्रोक्सी दिन पाइने छैन। एकभन्दा बढी व्यक्तिलाई प्रोक्सी दिन वा अन्य कुनै किसिमबाट छुट्याई प्रोक्सी दिन पाइने छैन; यसरी दिइएको प्रोक्सी स्वतः बदर हुने छ।
  5. एक जना शेयरधनीले एकभन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुने छ तर प्रतिनिधि नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा पहिले दिएको प्रतिनिधिपत्र बदर गरी नयाँ प्रतिनिधिपत्रलाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्रसहित प्रोक्सी फाराम सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधि स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधिलाई मान्यता दिइने छ।
  6. प्रतिनिधि नियुक्त गरिसकेका शेयरधनी आफैं सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुने छ।
  7. एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लागत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छ।
  8. नाबालक वा मानसिक सन्तुलन ठीक नरहेका शेयरधनीहरुको तर्फबाट कम्पनीको शेयर दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भएका महानुभावहरुले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नुहुने छ।
  9. सङ्गठित संस्थाका शेयरधनी भएमा त्यस्ता सङ्गठित संस्थाद्वारा मनोनीत व्यक्तिले ल्याउने प्रोक्सी फाराममा संस्थाको छाप, आधिकारिक व्यक्तिको दस्तखत र सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि हुनुपर्ने छ।
  10. शेयरधनी महानुभावहरुले छलफलका विषयहरुमध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक भएमा छलफल व्यवस्थित गर्ने प्रयोजनका लागि सभा हुनुभन्दा कम्तीमा सात दिन अगावै कम्पनी सचिवमार्फत सञ्चालक समितिका अध्यक्षलाई लिखित रुपमा जानकारी दिनुहुन अनुरोध छ।
  11. शेयरधनी महानुभावहरुले राखेका मन्तव्य वा प्रश्नहरुको सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष वा निजबाट तोकिएको प्रतिनिधबाट जवाफ दिइने छ।
  12. सञ्चालक निर्वाचन गर्ने प्रयोजनका लागि कम्पनीको सञ्चालक निर्वाचन निर्देशिकाबमोजिम सञ्चालक समितिबाट नियुक्त निर्वाचन अधिकृतद्वारा उम्मेदवारी दर्ता, छानबिन, दाबी विरोध र निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका पछि प्रकाशन गरिने छ।
  13. सञ्चालक निर्वाचनमा उम्मेदवार हुन इच्छुक संस्थापक शेयरधनी महानुभावको नाम तथा शेयर सङ्ख्या कम्पनीको शेयर रजिष्ट्रारले उपलब्ध गराएको निर्वाचन प्रयोजनको मतदाता नामावलीमा समावेश भएको हुनुपर्ने छ। निर्वाचन पद्धति कम्पनीको नियमावली र निर्वाचन निर्देशिका अनुसार हुने छ।

Notice Regarding Annual General Meeting

(First publication date: 2083।08।04)

Dear Shareholders,

As per the decision of the Board of Directors meeting of Om Megashree Pharmaceuticals Limited held on 2083।08।04, the 11th Annual General Meeting for the fiscal year 2082/83 and the election of 4 (four) directors from the promoter shareholder group will be held on the following date, time, and place to discuss and decide on the topics mentioned below. This notice is published for the information and attendance of all shareholders as per Section 67 (2) of the Companies Act, 2063.

(a) Date, Time, and Place of the Annual General Meeting:

Date: Saturday, 26th Mangsir 2083 (corresponding to 12th December 2026).

Time: 9:15 AM.

Place: Bharatpur Metropolitan City, Ward No. 29, Jugedi, Chitwan (Company's industrial premises).

(b) Discussion Topics:

(A) Ordinary Resolutions:

1. Regarding the approval of the annual report for the fiscal year 2082/83 presented by the Chairman on behalf of the Board of Directors at the Annual General Meeting.

2. Regarding the approval of the balance sheet, profit and loss account, cash flow statement, and related schedules of the company for the fiscal year 2082/83, along with the auditor's report.

3. Regarding the appointment of an auditor for the fiscal year 2083/84 and determination of their remuneration.

4. Regarding the election of 4 (four) directors from the promoter shareholder group.

(B) Special Resolutions:

1. Regarding the acquisition of Royal Pharmaceuticals Limited by Om Megashree Pharmaceuticals Limited.

(a) Regarding the approval of all actions including the initial Memorandum of Understanding (MoU) and its amendment, formation of the acquisition committee, appointment of independent valuers S.R. Pandey & Co., Chartered Accountants and legal advisors, the valuation report of assets, liabilities and business prepared by the valuers (Due Diligence Audit Report), and the final Scheme of Arrangement for the acquisition of Royal Pharmaceuticals Limited.

(b) Regarding the acquisition (Acquire) of Royal Pharmaceuticals Limited by providing 0.5744 shares (1 : 0.5744) of Om Megashree Pharmaceuticals Limited to the shareholders of Royal Pharmaceuticals Limited for every 1 (one) share of Royal Pharmaceuticals Limited, as per the share swap ratio approved by the Board of Directors meeting held on 2083/08/04.

(c) Regarding necessary amendments to the Memorandum of Association and Articles of Association for the acquisition of Royal Pharmaceuticals Limited as per Special Resolution No. 1 (a) and (b) and other necessary institutional arrangements of the company.

2. Regarding granting authority to the Board of Directors to carry out necessary actions if any instructions for amendment, modification, addition, or alteration are received from regulatory bodies or any other office in the course of implementing the aforementioned proposals.

(C) Miscellaneous.

Other Information Regarding the Annual General Meeting

1. The book close date for the purpose of the Annual General Meeting and director election will be 2083।08।19. For this purpose, only shareholders whose names are listed in the register received from Prabhu Capital Limited, the share registrar, after completion of share transfer transactions at Nepal Stock Exchange Limited until 2083।08।18 will be eligible to participate in this Annual General Meeting and vote in the election.

2. Shareholders wishing to participate in the Annual General Meeting and director election are requested to bring their share certificate or beneficiary account number and proof of identity or a copy thereof.

3. The shareholder attendance register will be opened 1 hour before the start of the Annual General Meeting for shareholders to sign.

4. Shareholders wishing to appoint a representative (proxy) to participate in the Annual General Meeting and director election program must submit the proxy form, filled in the format prescribed by the prevailing company law, to the company's registered office in Kathmandu Metropolitan City-10, Naya Baneshwor, at least 48 hours before the start of the meeting. Proxies cannot be given to anyone other than a shareholder of the company. Proxies cannot be given to more than one person or split in any way; such proxies will automatically be invalid.

5. If a shareholder appoints more than one representative (proxy), the proxy will automatically be invalid. However, if the concerned shareholder wishes to change the representative after appointing one, and submits a new proxy form along with a separate letter requesting recognition of the new proxy, registered at the company's registered office at least 48 hours before the start of the meeting, the previous proxy will be considered automatically invalid and the latter proxy will be recognized.

6. If a shareholder who has appointed a representative attends the meeting themselves and signs the attendance register, the proxy given by them will automatically be invalid.

7. In case shares are registered in the joint names of more than one person, only one person selected by consensus or the person whose name is listed first in the ledger can participate in the meeting.

8. Shareholders whose names are registered as guardians in the company's share register on behalf of minors or shareholders with unsound minds can participate in the meeting, vote, or appoint a representative.

9. If the shareholder is an organized institution, the proxy form brought by the person nominated by such organized institution must bear the institution's seal, the signature of the authorized person, and a certified copy of the Board of Directors' decision.

10. Shareholders wishing to discuss various topics under the 'Miscellaneous' section are requested to inform the Chairman of the Board of Directors in writing through the company secretary at least seven days before the meeting for the purpose of organizing the discussion.

11. The Chairman of the Board of Directors or a representative designated by him will answer the opinions or questions raised by the shareholders.

12. For the purpose of director election, the detailed schedule for registration of candidacies, scrutiny, claims, objections, and election-related matters will be published later by the election officer appointed by the Board of Directors as per the company's director election guidelines.

13. The name and shareholding of promoter shareholders wishing to be candidates in the director election must be included in the voter list provided by the company's share registrar for election purposes. The election procedure will be as per the company's Articles of Association and election guidelines.