आधिकारिक सूचनाOfficial AnnouncementMerger/Acquistion
26 Jun, 2026
पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर, एकीकृत कारोबार तथा बैंकिङ सेवा बन्दको सूचना

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर, एकीकृत कारोबार तथा बैंकिङ सेवा बन्दको सूचनाPokhara Finance and Samriddhi Finance Merger, Integrated Operations, and Banking Service Closure Notice

वर्ग:Category:
Merger/Acquistion
प्रकाशित मिति:Published:
Published on June 26, 2026

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात् पोखरा फाइनान्स लिमिटेडको नामबाट मिति २०८३ साल आषाढ २६ गते शुक्रवार देखि एकीकृत कारोबार आरम्भ हुने

तथा

सो को लागि मिति २०८३/०३/२५ गते बैंकिङ सेवाहरु बन्द रहने बारेको सूचना

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं. ९, न्यूरोडमा रजिष्टर्ड कार्यालय रहेको “पोखरा फाइनान्स लिमिटेड” तथा बागमती प्रदेश मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका, वडा नं. १, हेटौंडामा रजिष्टर्ड कार्यालय रहेको “समृद्धि फाइनान्स कम्पनी लिमिटेड” को मिति २०८२/१०/१४ गते सम्पन्न आ-आफ्नो वार्षिक साधारण सभाबाट “पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड” एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा विशेष प्रस्ताव पारित गरे बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०८३/०१/२९ गतेको पत्र, कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०८३/०२/०७ गतेको पत्र तथा नेपाल धितोपत्र बोर्डको मिति २०८३/०२/०३ गतेको पत्रबाट गाभ्ने/गाभिने (मर्जर) सन्दर्भमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको ऋण, धन, दायित्व तथा अन्य सम्भावित दायित्वहरु गाभ्ने संस्था पोखरा फाइनान्स लिमिटेडले सम्पूर्ण व्यहोर्ने/सकार्ने गरी गाभ्न/गाभिन (मर्जर) का लागि स्वीकृति प्राप्त भएको जानकारी गराउँदै उल्लेखित दुवै संस्थाहरु एक आपसमा गाभिएर कायम हुने संस्थाको नाम नेपालीमा “पोखरा फाइनान्स लिमिटेड” र अंग्रेजीमा “Pokhara Finance Limited” हुने गरी नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा मिति २०८३/०३/२६ गते शुक्रवार तदनुसार जुलाई १०, २०२६ को दिन देखि एकीकृत कारोबार सञ्चालन गरिने व्यहोरा समस्त ग्राहक वर्ग, शेयरधनी महानुभावहरु, नियामक निकायहरु तथा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

गाभिए (मर्जर) पश्चात् बन्ने “पोखरा फाइनान्स लिमिटेड” को केन्द्रिय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २८, पुतलीसडकमा रहने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं।

साथै, मिति २०८३/०३/२६ गते देखि दुवै संस्थाको एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेसन (Data Migration) लगायतको प्रयोजनको लागि मिति २०८३/०३/२५ गते एक दिनको लागि दुवै संस्थाहरु (पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड) ले आफ्ना केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने व्यहोरा समस्त ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं।

Pokhara Finance Limited and Samriddhi Finance Company Limited, after their merger, will commence integrated operations under the name Pokhara Finance Limited from Friday, 2083 Ashadh 26 B.S.

And

Notice regarding the closure of banking services on 2083/03/25 B.S. for the same.

This notice is published for the information of all customers, shareholders, dignitaries, regulatory bodies, and all concerned, stating that Pokhara Finance Limited, a 'C' class national-level financial institution licensed by Nepal Rastra Bank, with its registered office in New Road, Ward No. 9, Pokhara Metropolitan City, Kaski District, Gandaki Province, and Samriddhi Finance Company Limited, with its registered office in Hetauda, Ward No. 1, Hetauda Sub-Metropolitan City, Makwanpur District, Bagmati Province, have received approval for their merger. This approval was granted based on the special resolution passed by their respective Annual General Meetings held on 2082/10/14 B.S. regarding the merger of “Pokhara Finance Limited and Samriddhi Finance Company Limited”, the letter from Nepal Rastra Bank dated 2083/01/29 B.S., the letter from the Company Registrar's Office dated 2083/02/07 B.S., and the letter from Nepal Securities Board dated 2083/02/03 B.S. The acquiring institution, Pokhara Finance Limited, will assume all existing loans, assets, liabilities, and other potential liabilities of Samriddhi Finance Company Limited until its last day. The merged entity will be named “पोखरा फाइनान्स लिमिटेड” in Nepali and “Pokhara Finance Limited” in English, operating as a 'C' class licensed financial institution by Nepal Rastra Bank, with integrated operations commencing from Friday, 2083/03/26 B.S., corresponding to July 10, 2026.

Furthermore, we would like to inform you through this notice that the central office of the merged entity, “Pokhara Finance Limited”, will be located at Putalisadak, Ward No. 28, Kathmandu Metropolitan City, Kathmandu District, which was the previous location of Samriddhi Finance.

Additionally, since the integrated operations of both institutions will begin from 2083/03/26 B.S., banking services provided by the central offices and all branch offices of both institutions (Pokhara Finance Limited and Samriddhi Finance Company Limited) will remain closed for one day on 2083/03/25 B.S. for purposes including Data Migration. This notice is published for the information of all customers, shareholders, dignitaries, regulatory bodies, and all concerned. We apologize for any inconvenience this may cause to our customers.