
शिवश्री हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा सूचनाShivashree Hydropower's 9th and 10th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
शिवश्री हाइड्रोपावर लिमिटेड
का.म.न.पा. वडा नं.१०, बुद्धनगर काठमाडौँ ।
नवौं र दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०८/०५)
यस शिवश्री हाइड्रोपावर लि.को मिति २०८३/०८/०३ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा छुट्टा छुट्टै रुपमा क्रमशः सञ्चालन हुने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७(२) बमोजिम सम्पूर्ण शेयरधनीहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, स्थान र समय :
मिति : २०८३ साल मंसिर महिना २८ गते सोमबार
समय : बिहान ११:०० बजे ।
स्थान : क्वालिटी ब्याङ्केट, बुद्धनगर, काठमाडौँ ।
साधारण सभामा पेश हुने छलफलका विषयहरु
क) सामान्य प्रस्ताव
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०७९/०८० र आ.व. २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८०/०८१ को लागि गरिएको लेखापरिक्षक नियुक्ति अनुमोदन गर्ने तथा आ.व. २०८१/०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालकहरुको नियुक्ति सम्बन्धमा ।
ख) विशेष प्रस्ताव
१. कम्पनीको नियमावलीको नियम २७(२) को व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।
ग) विविध ।
साधारण सभा सम्बन्धी सामान्य जानकारी
- वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३/०८/१६ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book Close) गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०८/१५ (तदनुसार २०२६/१२/०१) गते सम्म कारोबार भई शेयर खरीद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने छन् ।
- साधारण सभामा भाग लिने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण वा फोटो सहितको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।
- साधारण सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कानूनले तोकेको ढाँचामा प्रतिनिधित्व (प्रोक्सी) फारम भरी सभा हुनु भन्दा ४८ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौँमा प्रतिनिधिपत्र (प्रोक्सी) दर्ता गराई सक्नु पर्नेछ । कम्पनीको शेयरधनी बाहेक अरुलाई प्रतिनिधि (प्रोक्सी) दिन पाइने छैन ।
- शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिका साधारण सभा स्थलमा बिहान ९:३० बजे देखि खुल्ला रहनेछ ।
- वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी वा साधारण सभामा पेश हुने विवरणहरु सम्बन्धमा कुनै जानकारी आवश्यक भएमा कम्पनीको केन्द्रीय कार्यालय का.म.न.पा. वडा नं.१०, बुद्धनगर काठमाडौँ वा कम्पनीको फोन ०१-४७९६३४५ बाट प्राप्त गर्न सक्नु हुनेछ ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Shivashree Hydropower Limited
K.M.N.P. Ward No. 10, Buddhanagar, Kathmandu.
Notice regarding the 9th and 10th Annual General Meeting
(First published on: 2083/08/05)
As per the decision of the Board of Directors meeting of Shivashree Hydropower Ltd. held on 2083/08/03, the company's 9th and 10th Annual General Meetings will be held separately on the following date, time, and place. This notice is published for the information and attendance of all shareholders as per Section 67(2) of the Companies Act, 2063.
Date, Place and Time of the Annual General Meeting:
Date: Monday, 28th of Mangsir, 2083 BS
Time: 11:00 AM
Place: Quality Banquet, Buddhanagar, Kathmandu.
Topics to be presented and discussed at the Annual General Meeting
a) General Resolutions
1. Regarding the discussion and approval of the annual reports for the fiscal years 2079/080 and 2080/081 to be presented by the Chairman on behalf of the Board of Directors.
2. Regarding the discussion and approval of all financial statements including the audit reports for the fiscal years 2079/080 and 2080/081.
3. Regarding the approval of the auditor appointed for the fiscal year 2080/081 and the appointment of an auditor for the fiscal year 2081/082 as per Section 111 of the Companies Act, 2063, and the determination of their remuneration.
4. Regarding the appointment of directors.
b) Special Resolution
1. Regarding the amendment of the provision of Rule 27(2) of the company's articles of association.
c) Miscellaneous.
General Information regarding the Annual General Meeting
1. For the purpose of the Annual General Meeting, the company's share register (Book Close) will be closed for one day on 2083/08/16. Only those shareholders who have purchased shares and transferred them to their name through transactions up to 2083/08/15 (corresponding to 2026/12/01) in Nepal Stock Exchange Limited will be eligible to participate in the Annual General Meeting.
2. Shareholders wishing to participate in the Annual General Meeting must bring their identification document or a photocopy of their identification document.
3. Shareholders wishing to appoint a representative (proxy) to participate in the Annual General Meeting must fill out the proxy form as prescribed by prevailing law and register the proxy letter at the company's central office, Kathmandu, at least 48 hours before the meeting. No one other than a shareholder of the company will be allowed to act as a representative (proxy).
4. The attendance register for shareholders will be open at the Annual General Meeting venue from 9:30 AM.
5. For any other information regarding the Annual General Meeting or details to be presented at the Annual General Meeting, you may contact the company's central office at K.M.N.P. Ward No. 10, Buddhanagar, Kathmandu, or call the company at 01-4796345.
By order of the Board of Directors,
Company Secretary