Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
15 Nov, 2026
सृजनशील लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा आह्वान

सृजनशील लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा आह्वानShrijanshi Laghubitta Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 16, 2026

सृजनशील लघुवित्त वित्तीय संस्था लि.

SHRIJANSHI LAGHUBITTA BITTIYA SANSTHA Ltd.

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त "घ" वर्गको वित्तीय संस्था (राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको)

केन्द्रीय कार्यालय: गोलबजार न.पा. ७ चोहर्वा, सिराहा

सातौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०७/२१ गते

आदरणीय शेयरधनी महानुभावहरू,

सृजनशील लघुवित्त वितिय संस्था लि. को संचालक समितिको मिति २०८३ साल कार्तिक १९ गते बसेको १४६ औ बैठकको निर्णय बमोजिम यस वित्तीय संस्थाको ७औं वार्षिक साधारण सभा देहायका प्रस्तावहरु माथि छलफल तथा निर्णय गर्नका लागि निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पुर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि अनुरोध छ ।

साधारण सभा हुने मिति, समय र स्थानः

सभा हुने मितिः २०८३ साल मंसीर १२ गते शनिवार (तदनुसार नोभेम्बर २८, २०२६)

सभा हुने समयः विहान ११:०० बजे देखि ।

सभा हुने स्थानः सृजना सामुदायिक सेवा समितिको भवन, गोलबजार ७, चोहर्वा (सिराहा)

साधारण सभामा छलफलका विषयहरुः

साधारण वा सामान्य प्रस्तावहरुः

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८१/०८२ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सम्बन्धमा ।
  3. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
  4. वित्तीय संस्थामा रिक्त रहेको सञ्चालक सदस्य पदमा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचन/मनोनयन गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरुः

  1. नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने सम्बन्धमा ।
  2. कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
  3. वित्तीय संस्थाको संशोधित नीति नियमावली तथा नयाँ कार्यविधिहरु पारित गर्ने सम्बन्धमा ।
  4. विविध ।

वार्षिक साधारण सभा सम्बन्धी थप अन्य जानकारीहरुः

  1. वार्षिक साधारण सभामा भाग लिन आउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरुले आ-आफ्नो परिचय खुल्ने कुनै पनि परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ ।
  2. हाजिरी पुस्तिका विहान ७ बजे देखि साधारण सभा सम्पन्न नभएसम्म खुल्ला रहने छ ।
  3. साधारण सभामा भाग लिनको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले सो सम्बन्धि निवेदन साधारण सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै विहान १० बजे भित्र यस संस्थाको केन्द्रीय कार्यालय गोलबजार न.पा. ७, सिराहा चोहर्वामा दर्ता गराई सक्नु पर्ने छ ।

SHRIJANSHI LAGHUBITTA BITTIYA SANSTHA Ltd.

SHRIJANSHI LAGHUBITTA BITTIYA SANSTHA Ltd.

Licensed "D" Class Financial Institution by Nepal Rastra Bank (National Level Scope)

Head Office: Golbazar N.Pa. 7 Coharwa, Siraha

Notice Regarding 7th Annual General Meeting

First Publication Date: 2083/07/21

Dear Shareholders,

As per the decision of the 146th meeting of the Board of Directors of Shrijanshi Laghubitta Bittiya Sanstha Ltd. held on 2083 Kartik 19, the 7th Annual General Meeting of this financial institution will be held on the following date, time, and venue to discuss and decide on the following proposals. Therefore, pursuant to Section 67 of the Companies Act, 2063, all respected shareholders are requested for information and attendance.

Date, Time and Venue of General Meeting:

Meeting Date: 2083 Mangsir 12 Saturday (corresponding to November 28, 2026)

Meeting Time: From 11:00 AM onwards.

Meeting Venue: Building of Shrijana Community Service Committee, Golbazar 7, Coharwa (Siraha)

Agenda for Discussion at the General Meeting:

Ordinary Resolutions:

1. Regarding the discussion and approval of the Annual Report for the fiscal year 2081/082 presented by the Chairman on behalf of the Board of Directors.

2. Regarding the approval of the Auditor's Report along with the Balance Sheet as of end of Ashad 2082, Profit and Loss Account for F.Y. 2081/082, Cash Flow Statement for the same period and related schedules.

3. Regarding the appointment of auditor for the F.Y. 2082/083 of the financial institution and determination of remuneration pursuant to Section 63 of the Banks and Financial Institutions Act, 2073 and Section 11 of the Companies Act, 2063.

4. Regarding the election/nomination from promoter and public shareholders for the vacant Director position in the financial institution.

Special Resolutions:

1. Regarding giving full authority to the Board of Directors to make necessary amendments/modifications/changes as per instructions or suggestions given by Nepal Rastra Bank, Office of the Company Registrar, Securities Board of Nepal, or other regulatory bodies on any matter.

2. Regarding granting full authority to the Board of Directors to identify suitable microfinance financial institutions for the purpose of Merger and Acquisition with any microfinance financial institution, sign Memorandum of Understanding, apply to Nepal Rastra Bank for in-principle approval on that basis, appoint consultants, evaluators, auditors to conduct Due Diligence Audit of assets and liabilities and fix their remuneration, acquire/purchase branches of other financial institutions, and perform all other necessary acts related thereto.

3. Regarding the approval of amended policies, regulations, and new procedures of the financial institution.

4. Miscellaneous.

Additional Information Regarding the Annual General Meeting:

1. All respected shareholders coming to participate in the Annual General Meeting must bring a mandatory identity card disclosing their identity.

2. The attendance register will remain open from 7 AM until the completion of the general meeting.

3. Shareholders wishing to appoint a proxy to participate in the general meeting must register the proxy application at the institution's head office in Golbazar N.Pa. 7, Siraha Coharwa within 10 AM, 48 hours prior to the commencement of the general meeting.

Advertisement