Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
11 Sep, 2026
सिद्धार्थ क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

सिद्धार्थ क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाSiddhartha Capital Limited: 15th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 11, 2026

पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/२६ गते)

आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३।०५।१६ गते मंगलबार बसेको सञ्चालक समितिको २०८ औं बैठकको निर्णयानुसार यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषय उपर छलफल गरी निर्णय गर्न बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३।०६।२३ गते तदनुसार अक्टोम्बर ०९, २०२६, शुक्रबार ।

समय : अपरान्ह ५:०० बजे ।

स्थान : होलिडे इन एक्सप्रेस, नक्साल, काठमाण्डौ ।

छलफलका विषयहरू :

क) सामान्य प्रस्ताव:

१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) आ.व. २०८२/०८३ को लेखापरीक्षणको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात रु. ६,००,००,०००/- (अक्षरेपी छ करोड मात्र) कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने ।

ख) विशेष प्रस्ताव:

१) आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम रु. ५,०४,०४७/- पारित गर्ने ।

ग) विविध ।

सञ्चालक समितिको आज्ञाले,

मुक्तिनाथ सुवेदी

कम्पनी सचिव

Notice Regarding the 15th Annual General Meeting

(First published date: 2083/05/26)

Dear Shareholders,

As per the decision of the 208th meeting of the Board of Directors of this company held on Tuesday, 2083।05।16, the 15th Annual General Meeting of this company will be held at the following date, time, and venue to discuss and decide on the following matters. Therefore, all shareholders are cordially requested to attend.

Date, Time, and Venue of the General Meeting:

Date: 2083।06।23 corresponding to October 09, 2026, Friday.

Time: 5:00 PM.

Venue: Holiday Inn Express, Naxal, Kathmandu.

Agenda for Discussion:

a) Ordinary Resolutions:

1) To discuss and approve the Annual Report of the Fiscal Year 2082/083 presented on behalf of the Board of Directors.

2) To discuss and approve the Balance Sheet, Annual Profit and Loss Account, Cash Flow Statement, and other financial statements as of end of Ashad 2083 along with the Auditor's Report of the Fiscal Year 2082/083.

3) To appoint the Auditor for the Fiscal Year 2083/084 as recommended by the Audit Committee in accordance with Section 111 of the Companies Act, 2063 and to determine their remuneration.

4) To approve the proposal made by the Board of Directors to distribute a cash dividend (including tax) of 30 percent of the current paid-up capital, amounting to Rs. 6,00,00,000/- (in words, Six Crore only), to the shareholders from the accumulated profit of the company up to the Fiscal Year 2082/083.

b) Special Resolutions:

1) To approve the amount of Rs. 5,04,047/- spent under the Corporate Social Responsibility (CSR) of the company in the Fiscal Year 2082/083.

c) Miscellaneous.

By Order of the Board of Directors,

Muktinath Subedi

Company Secretary

Advertisement