
टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाTaksar Pikhuwakhola Hydropower Limited: 6th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 27, 2026
छैठौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०६/०९)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
मिति २०८३/०६/०८ गते बिहीबार अपरान्ह ४:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड को छैठौं (आ.व. ०८२/०८३) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न लिखित विषय उपर छलफल गरी निर्णय गर्नको लागि बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारी गराउँदै उल्लेखित सभामा सहभागिता जनाईदिनु हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति,समय र स्थान :
मिति : २०८३/०६/३० गते शुक्रबार (तदनुसार अक्टोबर १६, २०२६)
समय : बिहान ११:०० बजे
स्थान : रामालय इभेन्ट भेन्यू, धापासी मार्ग, बाँसबारी, काठमाडौँ ।
छलफलका लागि प्रस्तावित विषयहरू :
क. सामान्य प्रस्तावहरू :
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३) आ.व.२०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४) आ.व.२०८२/०८३ मा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।
५) अन्य नयाँ परियोजनाहरूको पहिचान गरी लगानी गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
६) कम्पनी ऐन, २०६३ को दफा १६४ बमोजिम लेखापरीक्षण समिति गठन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
७) संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी ३ (तीन) जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी २ (दुई) जना सञ्चालकहरूको निर्वाचन एवं अनुमोदन गर्ने सम्बन्धमा ।
ख. विशेष प्रस्तावहरू :
१) कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहजताको लागि होल्डिङ कम्पनीमा परिणत गर्नको लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
२) प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकायबाट कुनै सुझाव/निर्देशन प्राप्त भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
ग. विविध ।
साधारण सभा सम्बन्धी अन्य जानकारी ।
१) यस टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको मिति २०८३/०६/३० गते हुने छैठौं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३/०६/१६ गते (एक दिन) शेयर दर्ता पुस्तिका बन्द रहने व्यहोरा सम्बन्धित सबै शेयरधनीहरूमा जानकारीको लागि अनुरोध छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१५ गते सम्म कारोबार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार श्री एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौँमा प्राप्त शेयर दाखिल खारेजको आधारमा शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले सो सभामा भाग लिन, छलफल गर्न, उम्मेदवार बन्न,मतदान गर्न पाउने व्यहोरा पनि जानकारीको लागि अनुरोध छ ।
२) वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा लिई आउनु हुन अनुरोध छ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाबाट प्रतिनिधी नियुक्त गरिएको आधिकारिक पत्र लिई आउनुपर्नेछ ।
३) कम्पनीको शेयरधनी दर्ता किताबमा नाम दर्ता भएका शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन,छलफल गर्न र मतदान गर्न सक्नेछन् । नाबालक शेयरधनीको तर्फबाट नाबालकको संरक्षक वा निजले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । सभा हुने दिन सभामा उपस्थितिको लागि हाजिर पुस्तिका बिहान १०:०० बजेदेखि खुल्ला रहनेछ ।
Notice Regarding the 6th Annual General Meeting
(First Date of Publication 2083/06/09)
Dear Shareholders,
As per the decision of the Board of Directors' meeting held on Thursday, 2083/06/08 at 4:30 PM, the 6th (F.Y. 082/083) Annual General Meeting of this Taksar Pikhuwakhola Hydropower Limited is scheduled to be held on the following date, time, and venue to discuss and decide on the matters listed below. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, this notice is published to inform all shareholders and request their participation in the said meeting.
Date, Time, and Venue of the Meeting:
Date: 2083/06/30, Friday (corresponding to October 16, 2026)
Time: 11:00 AM
Venue: Ramalaya Event Venue, Dhapasi Marg, Bansbari, Kathmandu.
Proposed Agendas for Discussion:
A. Ordinary Agendas:
1) Regarding the discussion and approval of the Annual Report of F.Y. 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2) Regarding the discussion and approval of the Auditor's Report along with the Audit Report, Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the F.Y. 2082/083 and other financial statements of the same period.
3) Regarding the appointment of the Auditor for the F.Y. 2083/084 and fixing their remuneration.
4) Regarding the ratification of decisions made by the Board of Directors during the F.Y. 2082/083.
5) Regarding authorizing the Board of Directors to identify and invest in other new projects if necessary.
6) Regarding authorizing the Board of Directors to constitute an Audit Committee in accordance with Section 164 of the Companies Act, 2063.
7) Regarding the election and endorsement of 3 (three) Directors representing the Promoter Shareholder group and 2 (two) Directors representing the Public Shareholder group.
B. Special Agendas:
1) Regarding the approval of a special proposal to change the name of the company to convert it into a holding company for ease of investing in other companies, and to make necessary amendments to the Memorandum and Articles of Association accordingly.
2) Regarding authorizing the Board of Directors to make necessary amendments and revisions to the Memorandum and Articles of Association if any suggestions/directives are received from regulatory bodies regarding the amendments/additions made.
C. Miscellaneous.
Other Information Regarding the Annual General Meeting:
1) For the purpose of the 6th Annual General Meeting of this Taksar Pikhuwa Khola Hydropower Limited to be held on 2083/06/30, the Share Register Book will remain closed on 2083/06/16 (one day). All shareholders are hereby informed. Shareholders whose names are maintained in the Shareholder Register Book on the basis of share registration and transfer received at the company's Share Registrar, NMB Capital Limited, Baluwatar, Kathmandu, after trading in Nepal Stock Exchange Limited until 2083/06/15 in accordance with prevailing laws, are also informed that they are eligible to participate, discuss, stand as candidates, and vote in the meeting.
2) Shareholders wishing to participate in the Annual General Meeting are requested to bring their share certificate or Demat account details and proof of identity or a copy thereof. In case of representation from a corporate body, an official letter appointing the representative from the corporate body must be brought.
3) Shareholders registered in the company's Shareholder Register Book can participate, discuss, and vote in the meeting in person or through a proxy. In the case of a minor shareholder, the guardian of the minor or a proxy appointed by them can participate, discuss, and vote in the meeting. The attendance register will remain open from 10:00 AM on the day of the meeting for attendance.