Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
13 Sep, 2026
टिम भेन्चर्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

टिम भेन्चर्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचनाTeam Ventures Limited: Notice of 3rd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 13, 2026

टिम भेन्चर्स लिमिटेडको

तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना !

(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२८)

यस टिम भेन्चर्स लिमिटेडको मिति २०८३/०५/१५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा देहायका विषयहरूउपर छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय तथा स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३/०६/२० (तदनुसार ६ अक्टोबर, २०२६), मंगलबार ।

समय : दिउँसो ४:०० बजे ।

स्थान : दुसित प्रिन्सेस काठमाडौँ, लाजिम्पाट, काठमाडौँ ।

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव :

१) आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफा तथा मुनाफा कोषबाट शेयरधनीलाई हाल सम्म कायम चुक्ता पुँजीको २ प्रतिशतले हुने रकम रू. २,२७,९७,१२४.४२ (दुई करोड सत्ताइस लाख सन्तान्बे हजार एक सय चौबिस रूपैयाँ बयालिस पैसा मात्र) नगद लाभांश (नगद लाभांश र बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८३/०८४ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(ख) विशेष प्रस्ताव :

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफा तथा मुनाफा कोषबाट शेयरधनीलाई हाल सम्म कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुने रकम रू ३,०२,१९,४४४/- (तीन करोड दुई लाख उन्नाइस हजार चार सय चवालिस रूपैयाँ मात्र) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२) कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरू स्वीकृत गर्ने सम्बन्धमा ।

३) प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालकलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारी अख्तियार प्रत्यायोजन गर्ने ।

५) सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।

(ग) विविध

सञ्चालक समितिको निर्णयानुसार कम्पनी सचिव

दोस्रो वार्षिक साधारण सभा सम्बन्धी थप जानकारीहरू : शेयरधनी महानुभावलाई शेयरधनीको दर्ता किताबमा कायम रहेको इमेल ठेगानामा कम्पनीको दोस्रो वार्षिक साधारण सभा बस्ने जानकारी पत्रका साथै वार्षिक प्रतिवेदन पुस्तिकाको विद्युतीयप्रति पठाउने व्यवस्था गरिएको छ । कुनै कारणवश उक्त पुस्तिका नपाउन भएमा कम्पनीको रजिष्टर्ड कार्यालय, शक्तिविनायक मार्ग, गैरीगाउँ काठमाडौंबाट प्राप्त गर्न सक्नु हुनेछ ।

अन्य जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालय, शक्तिविनायक मार्ग, गैरीगाउँ, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध छ ।

Team Ventures Limited

Notice of the 3rd Annual General Meeting!

(First Date of Publication: 2083/05/28)

As per the decision of the Board of Directors meeting of Team Ventures Limited held on 2083/05/15, the 3rd Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, in accordance with Section 67 of the Companies Act, 2063, this notice is published for the information and attendance of all shareholder members.

Date, Time, and Venue of the General Meeting:

Date: 2083/06/20 (corresponding to 6 October, 2026), Tuesday.

Time: 4:00 PM.

Venue: Dusit Princess Kathmandu, Lazimpat, Kathmandu.

Agenda for Discussion:

(A) Ordinary Resolutions:

1) To discuss and approve the Annual Report of the Board of Directors for the Fiscal Year 2082/83.

2) To discuss and approve the Financial Status Statement as of Ashadh end 2083 along with the Auditor's Report, and the Profit and Loss Statement, Cash Flow Statement, and all other financial statements for the Fiscal Year 2082/83 ended on the same date.

3) To approve the proposal to distribute a cash dividend (including tax for cash dividend and bonus shares) of 2 percent of the current paid-up capital amounting to Rs. 2,27,97,124.42 (Two Crore Twenty-Seven Lakh Ninety-Seven Thousand One Hundred Twenty-Four Rupees and Forty-Two Paisa only) from the profit and profit fund of F.Y. 2082/83 as proposed by the Board of Directors.

4) To appoint an auditor for the external audit work of F.Y. 2083/084 in accordance with Section 111 of the Companies Act, 2063 and to determine their remuneration.

(B) Special Resolutions:

1) To approve the proposal to distribute bonus shares of 3 percent of the current paid-up capital amounting to Rs. 3,02,19,444/- (Three Crore Two Lakh Nineteen Thousand Four Hundred Forty-Four Rupees only) from the profit and profit fund of F.Y. 2082/83 as proposed by the Board of Directors.

2) Regarding the approval of necessary amendments to the Memorandum of Association and Articles of Association by increasing the issued and paid-up capital of the company.

3) To delegate authority to the Director or an officer designated by the Board of Directors to make necessary changes, additions, or deletions as per the directives or suggestions of regulatory bodies during the approval process of amendments to the Memorandum of Association and Articles of Association.

5) Regarding the endorsement of decisions made by the Board of Directors on various dates.

(C) Miscellaneous

By Order of the Board of Directors, Company Secretary

Additional Information regarding the Second Annual General Meeting: Arrangements have been made to send the notice of the second Annual General Meeting along with the electronic copy of the annual report booklet to the email address maintained in the shareholder register. If for any reason the booklet is not received, it can be obtained from the company's registered office at Shaktivinayak Marg, Gairigaun, Kathmandu.

For other information, please contact the company's registered office at Shaktivinayak Marg, Gairigaun, Kathmandu.

Advertisement