
ठमेल प्लाजा होटल एण्ड सुइटस्को चौथो वार्षिक साधारण सभा आह्वानThamel Plaza Hotel & Suites: 4th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 24, 2026
ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेड
ठमेल, काठमाडौँ।
चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०५/०८
आदरणीय शेयरधनी महानुभावहरु,
यस ठमेल प्लाजा होटल एण्ड सुइटस् लि.को मिति २०८३/०४/२७ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडको चौथो वार्षिक साधारण सभा निम्न मिति, स्थान, र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न संचालन हुने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितीका लागि यो सूचना प्रकासित गरिएको छ ।
१. सभा हुने मिति, स्थान तथा समय :
मिति : २०८३ भाद्र ३१ गते बुधवार तदनुसार (September 16, 2026)
स्थान : ठमेल प्लाजा होटल एण्ड सुइटस् लि.को सभाकक्ष, ठमेल, काठमाडौं
समय : बिहान ठीक ९:०० बजे
२. सभामा छलफल गरिने प्रस्तावहरु :
क) सामान्य प्रस्तावहरु,
१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचीहरु उपर छलफल गरि पारित गर्ने बारे,
३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे,
ख) विशेष प्रस्तावहरु :
१) सर्व साधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,
२) सार्वसाधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने बारे,
३) कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा,
ग) विविध ।
३. साधारण सभा सम्बन्धी सामान्य जानकारीहरु :
१) बार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०५/२४ गते शेयरधनी पुस्तिका बन्द रहने भएकोले मिति २०८३/०५/२३ सम्म कायम रहने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
२) शेयरधनी महानुभावहरुको उपस्थिती पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिती पुस्तिका विहान ०८:०० बजे देखी बार्षिक साधारण सभा अवधिभर खुल्ला गरिनेछ ।
३) साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधि (प्रोक्सी) फाराम भरी सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै अर्थात् मिति २०८३/०५/२९ गते बिहान ९:०० बजे भित्र कम्पनीको रजिष्टर्ड कार्यालय ठमेल काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ । एक भन्दा बढि व्यक्तिलाई प्रोक्सी दिन पाइने छैन, यसरी दिइएको पाइएमा उक्त प्रोक्सी बदर हुनेछ ।
४) प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धीत् शेयरधनीले प्रोक्सी फेरबदल गर्न चाहेमा यस अघि दिइएको प्रोक्सी बदर गरी यो प्रोक्सीलाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रतिनिधि (प्रोक्सी) फाराम भरी सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालय ठमेल काठमाण्डौमा दर्ता गराएको अवस्थामा पुरानो प्रोक्सी स्वतः बदर भएको मानि पछिल्लो प्रोक्सीलाई मान्यता दिइने छ । प्रतिनिधि नियुक्त गरे पश्चात् शेयरधनी स्वयं सभामा उपस्थित भई हाजिरी पुस्तिकामा हस्ताक्षर गरेमा निजले दिएको प्रोक्सी स्वतः बदर हुनेछ ।
५) नाबालक शेयरधनीहरुको तर्फबाट कम्पनीको शेयरधनी दर्ता किताबमा संरक्षकको नाममा दर्ता भएका महानुभावले सभामा भाग लिन वा मतदान गर्न वा प्रेक्सी नियुक्त गर्न सक्नेछन् ।
६) एक भन्दा बढि व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्व सम्मतीबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा शेयरधनी दर्ता किताबाम पहिलो नामा उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नेछन् ।
७) साधारण सभा सम्बन्धि थप जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालय, ठमेल काठमाडौँमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
धन्यवाद ।
अध्यक्षको आज्ञाले
कम्पनी सचिव
Thamel Plaza Hotel & Suites Limited
Thamel, Kathmandu.
Notice Regarding Fourth Annual General Meeting
First Published Date: 2083/05/08
Respected Shareholders,
As per the decision of the meeting of the Board of Directors of Thamel Plaza Hotel & Suites Ltd. held on 2083/04/27, the Fourth Annual General Meeting of this Thamel Plaza Hotel & Suites Limited is scheduled to be held on the following date, venue, and time to discuss and decide on the following matters; hence, this notice is published for the information and attendance of all respected shareholders pursuant to Section 67 of the Companies Act, 2063.
1. Date, Venue, and Time of the Meeting:
Date: Wednesday, 2083 Bhadra 31 corresponding to (September 16, 2026)
Venue: Meeting Hall of Thamel Plaza Hotel & Suites Ltd., Thamel, Kathmandu
Time: Exactly 9:00 AM
2. Agendas to be Discussed at the Meeting:
A) Ordinary Agendas,
1) To discuss and approve the Annual Report for the F.Y. 2082/083 presented by the Chairperson on behalf of the Board of Directors,
2) To discuss and approve the Balance Sheet as of Ashadh end, 2083 along with the Auditor's Report, and the Profit and Loss Account, Statement of Changes in Equity, Cash Flow Statement for the F.Y. 2082/083 ended on the same date, along with other related schedules,
3) Pursuant to Section 111 of the Companies Act, 2063, to appoint an Auditor for the audit of the F.Y. 2083/084 and fix their remuneration,
B) Special Agendas:
1) Regarding the issuance of Initial Public Offering (IPO) shares allocated for the general public,
2) Regarding granting complete authority to the Board of Directors or a representative designated by the Board of Directors to make necessary amendments, alterations, and additions to the Memorandum and Articles of Association as per directives received from regulatory authorities in connection with the issuance of shares allocated for the general public (IPO),
3) Regarding granting authority to the Board of Directors to purchase land for the company's business expansion,
C) Miscellaneous.
3. General Information Regarding the Annual General Meeting:
1) Since the shareholder register book will remain closed on 2083/05/24 for the purpose of the Annual General Meeting, only shareholders existing up to 2083/05/23 shall be entitled to attend the General Meeting.
2) For respected shareholders to sign the attendance register, the shareholder attendance register will remain open from 08:00 AM until the conclusion of the Annual General Meeting.
3) Shareholders wishing to appoint a proxy to participate in the General Meeting must fill out the proxy form in the format prescribed by the prevailing company law and register it at the company's registered office in Thamel, Kathmandu at least 48 hours before the meeting commences, i.e., by 9:00 AM on 2083/05/29. A proxy cannot be given to more than one person; if found given, such proxy will be invalidated.
4) After appointing a proxy, if the concerned shareholder wishes to change the proxy, they may submit a separate letter stating that the earlier proxy be canceled and the new proxy be recognized along with the proxy form, registered at the company's registered office in Thamel, Kathmandu at least 48 hours before the meeting; in such case, the old proxy shall be deemed automatically canceled and the latest proxy will be recognized. If the shareholder personally attends the meeting and signs the attendance register after appointing a proxy, the proxy given by them shall automatically become void.
5) On behalf of minor shareholders, the person registered as a guardian in the company's shareholder register book may participate, vote, or appoint a proxy in the meeting.
6) In cases where shares are registered jointly under more than one person's name, only one person chosen by unanimous consent or the person whose name appears first in the shareholder register book may participate in the meeting.
7) For further information regarding the General Meeting, we request you to contact the company's registered office, Thamel, Kathmandu.
Thank you.
By Order of the Chairman
Company Secretary