
टाइम फर्मास्युटिकल्सको तेस्रो वार्षिक साधारण सभा सूचनाTime Pharmaceuticals Third Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०६ गते)
यस टाइम फर्मास्युटिकल्स लिमिटेड (द.नं. ३४४९८७) को मिति २०८३।०७।१८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा देहायको मिति, स्थान र समयमा निम्न प्रस्ताव उपर छलफल गर्न बस्ने भएको हुदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) को प्रयोजनार्थ सम्पूर्ण शेयरधनी महानुभावहरुको सहभागिताको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति : २०८३।०८।२८ गते।
सभा हुने स्थान : लर्डस सि.वि.सि. प्लाजा, भरतपुर, चितवन (भरतपुर एअरपोर्ट अगाडि)।
सभा हुने समय : बिहान ११:०० बजे।
कम्पनीको तेस्रो वार्षिक साधारण सभाको छलफलको विषयसूची:
(क) सामान्य प्रस्तावहरु:
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
(२) लेखापरिक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८२।८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
(३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३।८४ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
(४) कम्पनी ऐन, २०६३ को दफा १३३ बमोजिम यस कम्पनीका आधारभुत शेयरधनी वा सञ्चालक संलग्नता रहेको कम्पनीसँगको कारोबारको अनुमोदन तथा स्वीकृत सम्बन्धीमा।
(५) सञ्चालकहरुको मासिक भत्ता निर्धारण सम्बन्धमा।
(ख) विविध ।
वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी:
(१) वार्षिक साधारण सभा सम्बन्धी कागजातहरु निरिक्षण गर्न तथा प्रतिनिधि आवश्यक भएमा कार्यालय समयभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, गैंडाकोट न.पा.-०४, नवलपरासी (ब.सु. पूर्व) मा सम्पर्क राख्न सकिनेछ।
(२) सभामा सहभागी हुनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधि पत्र (प्रोक्सी फाराम) भरी सभा हुनुभन्दा कम्तीमा ७२ घण्टा अगावै यस कम्पनीको केन्द्रीय कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ। प्रोक्सी नियुक्त गर्दा कम्पनीका शेयरधनीहरुलाई मात्र प्रोक्सी नियुक्त गर्न सकिनेछ। एकभन्दा बढी व्यक्तिलाई शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्टयाएर दिइएको प्रोक्सी बदर हुनेछ।
(३) सभामा सहभागी हुनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिईयोस् भन्ने पत्र सहित प्रोक्सी फाराम सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै यस कम्पनीको केन्द्रीय कार्यालयमा दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ। प्रतिनिधि नियुक्त गरिसकेको शेयरधनी स्वयम् सभामा सहभागी भएमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ।
(४) संयुक्त रुपमा शेयर ग्रहण गर्ने शेयरधनीहरुको हकमा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति वा सर्वसम्मत संयुक्त प्रतिनिधिले मात्र सभामा सहभागी हुन पाउनेछन्।
(५) संगठित संस्था शेयरधनी भएमा त्यस्तो संगठित संस्थाको तर्फबाट सभामा उपस्थित हुनको लागि मनोनित व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्रका साथ प्रोक्सी फाराममा संस्थाको छाप र अधिकारीक व्यक्तिको दस्तखत भएको कागजात पेश गर्नु पर्नेछ।
(६) वार्षिक साधारण सभाका सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र यस कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध छ।
(७) सभा तोकिएको समयमा नै प्रारम्भ हुने भएको हुनाले शेयरधनीहरुलाई पहिचानको लागि आफ्नो कुनै आधारिकारिक परिचयपत्र साथमा ल्याउन र दर्ता गर्नको लागि तोकिएको समय भन्दा अगाडि नै तोकिएको स्थानमा उपस्थित हुनको लागि अनुरोध गर्दछौं।
Notice Regarding the Third Annual General Meeting
(First published date: 2083/08/06 Gati)
As per the decision of the Board of Directors meeting of Time Pharmaceuticals Limited (Reg. No. 344987) held on 2083।07।18 Gati, the company's third annual general meeting will be held on the following date, time, and place to discuss the following proposals. This notice is published to request the participation of all shareholders for the purpose of Section 67 (2) of the Companies Act, 2063.
Meeting Date: 2083।08।28 Gati.
Meeting Venue: Lords C.V.C. Plaza, Bharatpur, Chitwan (in front of Bharatpur Airport).
Meeting Time: 11:00 AM.
Agenda for the Company's Third Annual General Meeting:
(a) General Resolutions:
(1) To discuss and pass the annual report of the Board of Directors for the fiscal year 2082।83 presented by the Chairman on behalf of the Board of Directors.
(2) To discuss and pass the financial statements including the balance sheet, profit and loss account, cash flow statement, and related schedules of the company for the fiscal year 2082।83, along with the auditor's report.
(3) To appoint an auditor for the fiscal year 2083।84 and determine their remuneration, as per Section 111 of the Companies Act, 2063.
(4) To approve and sanction transactions with companies where the company's basic shareholders or directors have an involvement, as per Section 133 of the Companies Act, 2063.
(5) Regarding the determination of monthly allowances for directors.
(b) Miscellaneous.
Other Information Regarding the Annual General Meeting:
(1) Documents related to the annual general meeting can be inspected and, if necessary, representatives can contact the company's central office, Gaindakot N.P.-04, Nawalparasi (B.S. Purba) during office hours.
(2) Shareholders wishing to appoint a representative (proxy) to attend the meeting must fill out a proxy form in the format prescribed by the prevailing company law, ensuring one representative for all their shares, and submit it to the company's central office at least 72 hours before the meeting. Only shareholders of the company can be appointed as proxies. A proxy given by dividing shares among more than one person or in any other way will be invalid.
(3) If a shareholder wishes to change their representative (proxy) after appointing one to attend the meeting, the previous proxy will be automatically cancelled if a new proxy form, along with a letter stating that the previous proxy is cancelled and this proxy is to be recognized, is submitted to the company's central office at least 48 hours before the start of the meeting. If a shareholder who has appointed a proxy attends the meeting themselves, the proxy given by them will automatically be cancelled.
(4) In the case of shareholders holding shares jointly, only the person whose name is first mentioned in the share register or a unanimously appointed joint representative will be allowed to attend the meeting.
(5) If an organized institution is a shareholder, the person nominated by that organized institution to attend the meeting must present the official letter of the shareholder institution along with the proxy form, bearing the institution's seal and the signature of the authorized person.
(6) For any further information regarding the annual general meeting, please contact the company's central office during office hours.
(7) Since the meeting will commence at the scheduled time, we request shareholders to bring their official identification card for recognition and to arrive at the designated venue before the scheduled time for registration.