NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. Nepal's Mutual Funds: Safe and Profitable Investments in the Stock Market
    नेपालको म्युचुअल फन्ड: सेयर बजारमा सुरक्षित र लाभदायक लगानी
    Education
    3 min read
    Published on June 8, 2024
    NEPSE trading

    नेपालको म्युचुअल फन्ड: सेयर बजारमा सुरक्षित र लाभदायक लगानी Nepal's Mutual Funds: Safe and Profitable Investments in the Stock Market

    म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो। यो एक लगानी प्रबन्धकद्वारा व्यवस्थित र सञ्चालित हुन्छ। यसमा ठूलो संख्यामा लगानीकर्ताहरूको पैसा जम्मा गरिएको हुन्छ। यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ।

    सामूहिक लगानी कोष नियमावली २०६७, सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार धितोपत्र बोर्डले म्युचुअल फन्डको नियमन गर्छ। योजना सुरु गर्न आवश्यक सबै कानूनी प्रावधान, सरकार तथा नियामक निकायबाट जारी निर्देशनहरूको पालना गरिएको हुन्छ।

    कोषले पैसा कमाउने उद्देश्य राखेर ठूलो संख्यामा लगानीकर्ताबाट पैसा संकलन गर्छ र संकलित रकमलाई इक्विटी, बन्ड लगायत धितोपत्रहरूमा लगानी गर्छ। लगानीकर्ताले कोषमा गरेको लगानीको आधारमा शेयर इकाईहरू प्राप्त गर्छन्। शेयर इकाईको अंकित मूल्य प्रति कित्ता रु. १० राखिएको हुन्छ। कोषको सम्पत्ति र आर्जन गरेको नाफाबाट खुद सम्पत्ति मूल्य गणना गरिन्छ, जुन कोष सञ्चालनको लागत र कमिसन घटाएर लगानीकर्ताहरूलाई खरिद गरेको शेयर संख्याको अनुपातमा वितरण गरिन्छ।

    कम्पनीको शेयरमा सिधै लगानी गरेर वा म्युचुअल फन्डमा लगानी गरेर सम्पत्ति निर्माण गर्न सकिन्छ। शेयरमा प्रत्यक्ष लगानीमा तुलनात्मक रूपमा उच्च जोखिम हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत स्टकहरूको उतारचढाव अनुगमन गर्ने र सयौं मध्येबाट केही राम्रा स्टकहरू छनोट गर्ने कार्य व्यक्तिगत लगानीकर्ताका लागि ठूलो चुनौती हुनसक्छ।

    व्यक्तिगत लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न, म्युचुअल फन्डले विशेषज्ञ कोष प्रबन्धकहरूबाट धितोपत्र छनोट गर्छन्। जसमा स्टक एक्सचेन्जमा सूचीबद्ध सयौं धितोपत्रहरूको लागत लाभको अनुगमन गरिन्छ र उक्त अनुगमन तथा विश्लेषणले गर्दा म्युचुअल फन्डले उच्च प्रतिफल दिन सक्छ।

    यो मार्गनिर्देशनमा हामीले म्युचुअल फन्डबारे जानकारी लिन र लगानी गर्न मद्दत पुग्ने विषयमा चर्चा गरेका छौं।

    सामूहिक लगानी कोष स्थापना गर्न योग्यताहरू:

    वित्तीय कारोबार गर्ने संगठित संस्था वा बीमा कम्पनी वा विशेष ऐनद्वारा स्थापित गैर बैंकिङ वित्तीय संस्थाहरूले सामूहिक लगानी कोषको स्थापना गर्न सक्छन्। संस्थापकको चुक्ता पूँजी कम्तीमा दुई अर्ब रुपैयाँ हुनुपर्छ। कम्पनीले व्यवसाय सञ्चालन गरेको पाँच वर्ष पूरा भएको र पछिल्लो तीन वर्ष लगातार नाफामा गरेको हुनुपर्छ। चुक्ता पूँजीभन्दा नेटवर्थ कम नभएको, सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी, जालसाजी वा नैतिक पतन देखिने कुनै कसूरमा सजाय नपाएको, कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालोसूचीमा नरहेको हुनुपर्ने शर्त पनि नियमावलीमा तोकिएको छ।

    यी योग्यता पूरा गर्ने संस्थाले मात्र सामूहिक लगानी कोष स्थापनाको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन पाउँछन्।

    म्युचुअल फन्डका फाइदाहरू:

    म्युचुअल फन्डहरूले विभिन्न लगानीकर्ताहरूबाट संकलित रकम स्टक, बन्ड लगायतका सेक्युरिटीहरूमा लगानी गर्छन्। यस किसिमको विविधीकरणले सम्पत्तिहरू हुने लगानीको जोखिम कम गर्न मद्दत गर्छ। यसले व्यक्तिगत वा एकल लगानीमा हुने जोखिमको प्रभावलाई समेत कम गर्छ र निरन्तर प्रतिफलको सुनिश्चितता गर्न मद्दत गर्छ।

    म्युचुअल फन्डहरूलाई अनुभवी कोष प्रबन्धकहरूद्वारा सञ्चालनमा ल्याइएको हुन्छ जसले लगानीकर्ताहरूको तर्फबाट लगानी निर्णय गर्छन्। लगानी उद्देश्यहरू भित्र रहेर अधिकतम प्रतिफल प्राप्त गर्नका लागि पेशेवरहरूले कम्पनीको विश्लेषण, अनुसन्धान, बजार प्रवृत्तिहरू विश्लेषण गरी सक्रिय रूपमा पोर्टफोलियो व्यवस्थापन गर्छन्।

    म्युचुअल फन्डका शेयरहरू कुनै पनि कारोबार दिनमा खुद सम्पत्ति मूल्य (NAV- Net Asset Value) का आधारमा सजिलैसँग खरिद बिक्री गर्न सकिन्छ। यसले लगानीकर्ताहरूलाई तरलता प्रदान गर्छ र आवश्यक पर्दा म्युचुअल फन्डलाई नगदमा रूपान्तरण गर्न सकिन्छ।

    म्युचुअल फन्ड वा सामूहिक लगानीकोषहरू नेपाल धितोपत्र बोर्ड (सेबन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) जस्ता नियामक निकायहरूद्वारा नियमन गरिएको हुन्छ। नियमनले पारदर्शिता, लगानीकर्ता संरक्षण र सामूहिक लगानीकोषहरूको मापदण्डहरूको पालना सुनिश्चित गर्न मद्दत गर्छ।

    म्युचुअल फन्डमा लगानी गर्न सजिलो हुन्छ, किनकि कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले दैनिक लगानीका निर्णयहरू रहन्छन्। यसले लगानीकर्ताहरूलाई निरन्तर निगरानी र निर्णय लिने झन्झटबाट छुटकारा प्रदान गर्छ र लगानीकर्ताका अन्य व्यवसाय वा रोजगारीलाई दिनुपर्ने समय पनि खेर जाँदैन।

    प्रायः म्युचुअल फन्डहरूले व्यवस्थित लगानी योजनाहरू (SIPs) प्रस्ताव गर्छन्, जसले लगानीकर्ताहरूलाई नियमित रूपमा निश्चित रकम योगदान गरी समयसँगै कम्पाउन्डिङ (चक्रवृद्धि) लाभ लिन सकिने बनाउँछन्।

    इक्विटी फन्ड, बन्ड फन्ड, मनी मार्केट फन्ड, हाइब्रिड फन्ड गरी लगानी क्षेत्रका आधारमा म्युचुअल फन्डलाई विभाजन गर्न सकिन्छ। यस प्रकारको विविधताले लगानीकर्ताहरूलाई उनीहरूको जोखिम सहनशीलता, लगानी लक्ष्यहरू, समयसँग मिल्दोजुल्दो कोषहरू छनोट गर्न सहयोग पुर्‍याउँछ।

    म्युचुअल फन्डहरूले उनीहरूको होल्डिङ, कार्यसम्पादन र खर्चहरूमा नियमित अपडेट गर्छन्। लगानीकर्ताहरूले सजिलैसँग आफ्नो लगानी ट्रयाक गर्न सक्छन् र उपलब्ध जानकारीको आधारमा अन्य लगानीका निर्णयहरू गर्न सक्छन्।

    हरेक महिनाको अन्त्यमा म्युचुअल फन्डको NAV प्रकाशित गर्दा म्युचुअल फन्डले खरिद गरेका स्टकहरू वा अन्य लगानीका स्रोतहरू पनि प्रकाशित गर्छ र सोही प्रकाशित विवरणमा रहेका स्टकहरू खरिद गरी सामान्य लगानीकर्ताले पनि लगानीका निर्णयहरू लिन सक्छन्।

    म्युचुअल फन्डले लगानीकर्तालाई वित्तीय सुरक्षाको साथै लाभदायक प्रतिफल प्रदान गर्न सक्छ। नेपालमा म्युचुअल फन्डको विकासले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। यसले नेपालमा पूँजीबजारको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

    Nepal's Mutual Funds: Safe and Profitable Investments in the Stock Market

    A mutual fund is a mechanism that pools money from many small and institutional investors to invest in stocks, bonds, and other securities. It is managed and operated by an investment manager. This pooled money from numerous investors is known as a collective investment fund.

    According to the Collective Investment Fund Regulations 2067 and the Collective Investment Fund Directives 2069, the Securities Board of Nepal (SEBON) regulates mutual funds. All legal provisions, government and regulatory body directives issued for starting a scheme, are followed.

    The fund aims to make money by collecting funds from a large number of investors and investing these collected funds in equities, bonds, and other securities. Investors receive share units based on their investment in the fund. The face value of each share unit is Rs. 10. The net asset value (NAV) of the fund is calculated based on its assets and the profit earned, which is then distributed to investors in proportion to the number of shares purchased, after deducting the fund's operating costs and commissions.

    Investing directly in company shares or mutual funds can build wealth. However, direct investment in shares involves comparatively higher risks, and monitoring the fluctuations of stocks listed on the Nepal Stock Exchange (NEPSE) and selecting a few good stocks from hundreds can be a significant challenge for individual investors.

    To mitigate the risks associated with individual investments, mutual funds use expert fund managers to select securities. These managers monitor and analyze the cost-benefit of hundreds of securities listed on the stock exchange, and this monitoring and analysis can result in higher returns for mutual funds.

    In this guide, we will discuss mutual funds and help you understand and invest in them effectively.

    Qualifications for Establishing a Collective Investment Fund:

    Organized financial institutions, insurance companies, or non-banking financial institutions established under a special act can establish a collective investment fund. The promoter's paid-up capital must be at least two billion rupees. The company must have completed five years of business operations and made a profit for the last three consecutive years. The regulations also stipulate that net worth should not be less than paid-up capital, directors or executive heads should not have been convicted of fraud, embezzlement, or any crime involving moral turpitude, and should not be on the blacklist of the Credit Information Center or any regulatory body.

    Only institutions that meet these qualifications can apply to the Securities Board of Nepal to establish a collective investment fund.

    Benefits of Mutual Funds:

    Mutual funds invest the collected money from various investors in stocks, bonds, and other securities. This type of diversification helps to minimize the risks associated with asset investments. It reduces the impact of risks associated with individual or single investments and helps ensure continuous returns.

    Mutual funds are operated by experienced fund managers who make investment decisions on behalf of the investors. Professionals actively manage the portfolio by analyzing companies, researching, and evaluating market trends to maximize returns within the investment objectives.

    Mutual fund shares can be easily bought and sold on any trading day based on the net asset value (NAV). This provides liquidity to investors, and mutual funds can be converted into cash when needed.

    Mutual funds or collective investment funds are regulated by regulatory bodies such as the Securities Board of Nepal (SEBON) and the Nepal Stock Exchange (NEPSE). Regulation helps ensure transparency, investor protection, and compliance with the standards of collective investment funds.

    Investing in mutual funds is easy because financial experts, auditors, and fundamental and technical experts within the fund make daily investment decisions. This frees investors from the hassle of continuous monitoring and decision-making, saving their time for other businesses or employment.

    Most mutual funds offer Systematic Investment Plans (SIPs), allowing investors to contribute a fixed amount regularly and benefit from compounding over time.

    Mutual funds can be categorized based on investment sectors such as equity funds, bond funds, money market funds, and hybrid funds. This variety helps investors select funds that align with their risk tolerance, investment goals, and timelines.

    Mutual funds regularly update their holdings, performance, and expenses. Investors can easily track their investments and make informed decisions based on the available information.

    At the end of each month, mutual funds publish their NAV, and they also disclose the stocks or other investment sources they have purchased. Based on these published details, general investors can make investment decisions by purchasing the same stocks.

    Mutual funds can provide investors with financial security as well as profitable returns. The development of mutual funds in Nepal will offer new opportunities for investors and play a significant role in the growth of the capital market in Nepal.

    Trending News

    • Trending16 Jun, 2026

      अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

      Read news
    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news

    Related News

  • अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन
    Investor

    2 min read

    अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

    NEPSE trading

    ·

    16 Jun, 2026

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor

    2 min read

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026