NEPSEtrading

Live NEPSE data, charts, broker analysis and portfolio tools for investors in Nepal.

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Marketminds Investment Group Private Limited

Registration
DOIB certificate no. 4680-2081/2082
Editor-in-chief
Dipesh Ghimire, Director
9802363868, 9851119988
Office
Koteshwor 32, Kathmandu
Phone
01-5253221, +977 9709066745
Email

Contact support

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Photo credits
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

Get the app

Markets, signals and alerts on your phone.

Get it onGoogle Play

More from NEPSE Trading

  • Stock EducationFree share market courses
  • EconomyNepal and world economic data
  • BFIS CompareBank rates, loans and insurance
  • Nepal's CapitalsMutual fund NAV and dividends
  • JobsNepalJobs in Nepal

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

© 2026 nepsetrading.com. All rights reserved. Owned and operated by Marketminds Investment Group Private Limited.·Charts powered by TradingView

  • Portfolio
  • Explore
  • Calendar
  • Chart
  • Social
  • News
  • Account
  1. News
  2. Stock
  3. Profit-Booking and Technical Testing Weigh on NEPSE; Commercial Banks Attract Buyers

अल्पकालीन नाफा सुरक्षा र प्राविधिक परीक्षणले नेप्से सुस्त, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षणProfit-Booking and Technical Testing Weigh on NEPSE; Commercial Banks Attract Buyers

NEPSE TradingPublished on November 27, 20262 min read
अल्पकालीन नाफा सुरक्षा र प्राविधिक परीक्षणले नेप्से सुस्त, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौँ — साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । अघिल्ला कारोबार दिनहरूमा उच्च अंकले बढेका कम्पनीहरूको सेयरमा लगानीकर्ताले नाफा सुरक्षित (प्रोफिट बुक) गर्न थालेपछि बजार सूचक झिनो अंकले ओरालो लागेको हो । प्रि-ओपन सेसनमै १४ अंकको गिरावट व्यहोरेको नेप्से परिसूचक नियमित कारोबारको अन्त्यमा ८ दशमलव ५७ अंक (०.३२ प्रतिशत) ले घटेर २ हजार ६ सय २८ दशमलव १७ विन्दुमा अडिएको छ ।

कारोबारको सुरुवाती चरणमा २ हजार ६ सय २२ दशमलव ६७ विन्दुमा खुलेको बजार दिनभर उतारचढावका बीच उच्चतम २ हजार ६ सय ३९ दशमलव २४ र न्यूनतम २ हजार ६ सय २१ दशमलव २८ विन्दुसम्म पुगेको थियो । समग्र परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने पाँच अर्ब रुपैयाँको हाराहारीमा समेटिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन २ सय ३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ५९ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाए भने बाँकी कम्पनीको मूल्य यथावत् रह्यो ।

बजार विश्लेषकहरूका अनुसार छोटो अवधिमा राम्रो प्रतिफल दिएका स्टकहरूमा बिक्री चाप बढ्दा सूचक दबाबमा परेको हो । यद्यपि, लाभांश तथा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेका कम्पनीहरूमा भने खरिदकर्ताको उच्च आकर्षण कायमै छ । बजार हाल ‘पर्ख र हेर’ को मनोविज्ञानमा रहेकाले अल्पकालीन कारोबारीहरू नाफा सुरक्षित गर्नतर्फ केन्द्रित भएको देखिन्छ ।

उपसमूहगत सूचकतर्फ हेर्दा शुक्रबार बैंकिङ र निर्जीवन बीमा समूहबाहेक अन्य सबै उपसमूह राताम्य बनेका छन् । विशेषगरी वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ता झुम्मिँदा बैंकिङ समूह हरियो रहन सफल भयो । सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीको सूचीमा तीन वाणिज्य बैंकले वर्चस्व कायम गरेका छन् । जसमध्ये लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै २४ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी, ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख, हिमालयन ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख, एनआईसी एसिया बैंकको १३ करोड ७३ लाख र घलेम्दी हाइड्रोपावरको १२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन मूल्य वृद्धिका आधारमा एनआईसी एसिया बैंकका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ०८ प्रतिशतले कमाएका छन् । यस्तै, माण्डु हाइड्रोपावरको ४ दशमलव ७६ प्रतिशत, बेस्ट फाइनान्सको ४ दशमलव ३० प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ३ दशमलव १३ प्रतिशतले उकालो लाग्यो । उता, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव ३७ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनीको अग्रस्थानमा रह्यो ।

प्राविधिक दृष्टिकोणबाट हेर्दा शुक्रबारको दैनिक चार्टमा ‘स्पिनिङ टप’ (Spinning Top) आकृतिको रातो मैनबत्ती (क्यान्डल) निर्माण भएको छ । यसले बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवै पक्षको शक्ति सन्तुलित रहेको र तत्कालका लागि बजार अनिर्णयको अवस्थामा पुगेको संकेत गर्छ । स्मार्ट मनी कन्सेप्ट (SMC) र आइसिटी (ICT) सूचकहरूले समग्र बजारको संरचना अझै पनि सकारात्मक (बुलिस) लयमै रहेको देखाएका छन् । हाल नेप्से परिसूचक २ हजार ६ सय २४ देखि २ हजार ६ सय ३८ विन्दुको महत्त्वपूर्ण ‘फेयर भ्यालु ग्याप’ अर्थात् बलियो टेवा (सपोर्ट) क्षेत्रको परीक्षणमा छ ।

प्राविधिक विश्लेषकहरूका अनुसार आगामी कारोबार दिनमा नेप्सेले २ हजार ६ सय २४ विन्दुको टेवालाई जोगाइराख्न सकेमा बजार २ हजार ७ सय ५ देखि २ हजार ७ सय ५४ विन्दुको अवरोध (रेजिस्टेन्स) क्षेत्रतर्फ उक्लने सम्भावना बलियो रहन्छ । आरएसआई (RSI) सूचक ४८ दशमलव ०८ को तटस्थ विन्दुमा रहेकाले बजार न त अत्यधिक खरिद (ओभरबट) न त अत्यधिक बिक्री (ओभरसोल्ड) कै अवस्थामा रहेको पुष्टि हुन्छ । तथापि, दैनिक बन्द (क्लोजिङ) आधारमा नेप्से २ हजार ६ सय १ विन्दुभन्दा तल झरेमा भने बजारको सकारात्मक संरचना कमजोर बन्न सक्ने प्राविधिक विश्लेषणले औँल्याएको छ ।

अल्पकालीन नाफा सुरक्षा र प्राविधिक परीक्षणले नेप्से सुस्त, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

KATHMANDU — The Nepal Stock Exchange (NEPSE) index experienced a minor correction on Friday, the final trading day of the week, as investors moved to lock in profits from stocks that had posted strong gains over the preceding sessions. After shedding 14 points during the pre-open session, the benchmark index closed down 8.57 points, or 0.32 percent, at 2,628.17.

Opening at 2,622.67, the index fluctuated within an intraday range, touching a high of 2,639.24 and a low of 2,621.28. Despite the dip in the broader market, total daily turnover remained steady at approximately Rs 4.82 billion (Rs 4,824.7 million). Market breadth leaned negative, with share prices declining for 203 companies while only 59 advanced, and the remainder held steady.

Market analysts noted that heavy selling pressure in short-term high-gaining stocks dragged the overall index lower. However, companies that have recently declared dividends or rights shares continued to attract strong investor demand. With the broader market currently in a "wait-and-see" mood, short-term traders appear focused on securing gains.

Among the sectoral sub-indices, all groups ended in the red except for Banking and Non-Life Insurance. Strong buying interest in commercial banks kept the Banking sub-index in positive territory, with three commercial banks dominating the list of top five most-traded companies. Laxmi Sunrise Bank led the market in turnover with Rs 249.9 million worth of shares traded, followed by Global IME Bank at Rs 216.7 million, Himalayan Urja Bikas Company at Rs 151.3 million, NIC Asia Bank at Rs 137.3 million, and Ghalemdi Hydropower at Rs 125.1 million.

In terms of price appreciation, NIC Asia Bank topped the gainers' chart with a 6.08 percent surge. Mandu Hydropower climbed 4.76 percent, Best Finance gained 4.30 percent, and Upakar Laghubitta rose 3.13 percent. Conversely, Sopan Pharmaceuticals suffered the steepest drop, falling 5.37 percent to lead the day's losers.

From a technical standpoint, Friday’s daily chart formed a red "Spinning Top" candlestick, signaling equilibrium between buyers and sellers and indicating short-term market indecision. However, Smart Money Concept (SMC) and ICT indicators show that the broader market structure remains bullish. The index is currently testing a key "fair value gap" support zone between 2,624 and 2,638.

Technical analysts suggest that if NEPSE successfully holds above the 2,624 support level in upcoming sessions, the path remains open for a move toward the 2,705–2,754 resistance zone. Meanwhile, the Relative Strength Index (RSI) sits at a neutral 48.08, confirming that the market is neither overbought nor oversold. A daily close below 2,601, however, could weaken the prevailing bullish structure.

Profit-Booking and Technical Testing Weigh on NEPSE; Commercial Banks Attract Buyers

Trending News

  • अल्पकालीन नाफा सुरक्षा र प्राविधिक परीक्षणले नेप्से सुस्त, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षणProfit-Booking and Technical Testing Weigh on NEPSE; Commercial Banks Attract Buyers

    NEPSE Trading27 Nov, 2026

  • सामाजिक सुरक्षा कोषको डेढ खर्ब पूर्वाधारमा लगाइने, विशेष ऋणपत्र जारी गर्न सरकारको गृहकार्यGovernment Prepares Special Bonds to Channel Rs 150 Billion Social Security Fund into Infrastructure

    NEPSE TRADING27 Nov, 2026

  • लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day to Secure Laxmi Sunrise Bank Dividend

    NEPSE TRADING27 Nov, 2026

Related News

  • सामाजिक सुरक्षा कोषको डेढ खर्ब पूर्वाधारमा लगाइने, विशेष ऋणपत्र जारी गर्न सरकारको गृहकार्यGovernment Prepares Special Bonds to Channel Rs 150 Billion Social Security Fund into Infrastructure
  • लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day to Secure Laxmi Sunrise Bank Dividend
  • मुक्तिनाथ विकास बैंकद्वारा ७.२५ प्रतिशत नगद लाभांश प्रस्तावMuktinath Bikas Bank Proposes 7.25 Percent Cash Dividend
  • मिथिला लघुवित्तद्वारा १० प्रतिशत लाभांश प्रस्तावMithila Laghubitta Proposes 10 Percent Dividend