महालक्ष्मी नगरपालिका–९, लामाटारमा चौथो वडा अध्यक्ष कप फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३ हुने भएको छ । आगामी मंसिर २५ र २६ गते चल्ने उक्त प्रतियोगितामा देशभरका अधिकतम् २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
स्विस लिग प्रणालीका आधारमा कुल ९ चरणमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू १५ मिनेट र प्रतिचाल १० सेकेन्ड थप समय (१५+१०) को ढाँचामा खेलाइनेछन् । प्रमुख निर्णायकको जिम्मेवारी फिडे आर्बिटर (एफए) हरिकृष्ण श्रेष्ठले सम्हाल्नेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । खुलातर्फको विजेताले १८ हजार ७ सय ५०, उपविजेताले ११ हजार २ सय ५० र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । चौथोलाई ६ हजार र पाँचौंलाई ४ हजार ८ सय ७५ रुपैयाँसहित शीर्ष १० स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार दिइनेछ ।
यसबाहेक महिला, स्थानीय, महालक्ष्मी नगरपालिका, आयोजक वडा नं. ९ र ५५ वर्षमाथिका भेट्रान खेलाडीलाई पनि छुट्टै पुरस्कृत गरिनेछ । यस्तै, विभिन्न रेटिङ समूह, अनरेटेड तथा ८, १०, १२ र १४ वर्षमुनिका उमेर समूहका उत्कृष्ट खेलाडीले समेत पुरस्कार हात पार्नेछन् । नेपाल बुद्धिचाल महासंघको नियमानुसार पुरस्कार राशिमा ५ प्रतिशत कट्टा गरिने आयोजकले स्पष्ट पारेको छ ।
सहभागिताका लागि ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । तालिकाअनुसार मंसिर २५ गते बिहान ९ बजे खेलाडी दर्ता सकेर १० बजेदेखि पहिलो दिनका पाँच चरणका खेल सुरु हुनेछन् भने बाँकी चार चरणका खेल र समापन समारोह मंसिर २६ गते सम्पन्न हुनेछ ।
The Fourth Ward Chairperson Cup FIDE Rapid Rating Chess Tournament–2083 is set to take place on Mangsir 25 and 26 in Mahalaxmi Municipality-9, Lamatar. According to the organizers, the two-day event will feature a maximum of 200 players from across the country.
The tournament will be played over 9 rounds under the Swiss League system, with each game following a time control of 15 minutes plus a 10-second increment per move (15+10). FIDE Arbiter (FA) Harikrishna Shrestha will serve as the chief arbiter.
The total cash prize pool for the event is set at Rs 132,000. In the open category, the winner will receive Rs 18,750, the runner-up Rs 11,250, and the third-place finisher Rs 7,500. The fourth and fifth-place winners will take home Rs 6,000 and Rs 4,875, respectively, with cash prizes extending down to the top 10 finishers.
Additional prizes have also been allocated for top performers in the women's, local, Mahalaxmi Municipality, host Ward No. 9, and veteran (over 55) categories. Furthermore, best-performing players across various rating brackets, unrated players, and under-8, under-10, under-12, and under-14 age groups will be rewarded. Organizers noted that a 5 percent deduction will be applied to the prize money in accordance with Nepal Chess Federation regulations.
The registration fee for participants is Rs 500. As per the schedule, player registration will wrap up at 9:00 AM on Mangsir 25, followed by the first five rounds starting at 10:00 AM. The remaining four rounds and the closing ceremony will be held on Mangsir 26.