NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. ChatGPT said: Profit Booking Pressure: NEPSE Fails to Hold 3000 | 80-Point Drop in 2 Days ...
    प्रोफिट बुकिङको दबाव, नेप्से ३ हजार टिकेन | २ दिनमा ८० अंकको भारी गिरावट | लगातार वान क्याण्डल सेल!
    Investor
    2 min read
    Published on July 31, 2025
    NEPSE TRADING

    प्रोफिट बुकिङको दबाव, नेप्से ३ हजार टिकेन | २ दिनमा ८० अंकको भारी गिरावट | लगातार वान क्याण्डल सेल!ChatGPT said: Profit Booking Pressure: NEPSE Fails to Hold 3000 | 80-Point Drop in 2 Days | Consecutive One-Candle Sell!

    साता सुरुमा झण्डै चार वर्ष यताकै उच्च विन्दु पार गर्न सफल नेप्से परिसूचक पछिल्ला दुई कारोबार दिनमा तीव्र गिरावटसँगै फेरि ३ हजारको मनोवैज्ञानिक प्रतिरोध विन्दुबाट तल झरेको छ। मंगलबार ३००२ विन्दु पार गरेपछि बजार बुधबार ४८ अंक र बिहीबार ३१.५० अंकले घटेको हो। दुई दिनमा नेप्से करिब ८० अंकले घटेर बिहीबार २९२२.६३ विन्दुमा थामिएको छ।

    विश्लेषकहरुका अनुसार, यो गिरावटको मुख्य कारण छोटो अवधिका लगानीकर्ताहरुको मुनाफा बुकिङ हो। साथै, ३ हजार विन्दुलाई प्राविधिक विश्लेषकहरुले प्रतिरोध क्षेत्रका रूपमा व्याख्या गरेकाले लगानीकर्तामा मनोवैज्ञानिक असर परेको देखिन्छ। यसै कारणले बजारमा विक्रीको चाप बढेको हो।

    विश्लेषकको भनाइ अनुसार, बजार साउन महिनाभित्रै फेरि ३ हजार विन्दु पार गर्ने सम्भावना रहेको छ। तर, त्यसका लागि केही समय करेक्शन र समायोजनको चरण पार गर्नुपर्ने देखिन्छ। हाल बजारमा रहेको दबाब दीर्घकालीन स्थायित्वको संकेत भएको विश्लेषकहरुको धारणा छ।

    बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार यो घटेर १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँमा झरेको छ। परिसूचकसँगै बजारको तरलता र कारोबार संख्यामा पनि चाप देखिएको छ।

    उपसमूहको प्रदर्शन

    बिहीबारको दिन वित्त उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह १.१८ प्रतिशतले बढ्दा, व्यापार उपसमूह २.४४ प्रतिशतले घटेर सबैभन्दा बढी प्रभावित रह्यो। बैंकिङ, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

    कारोबारमा ट्रेड टावर र नेपाल फाइनान्सका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। त्यस्तै, करिब १० प्रतिशतको वृद्धिसहित कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहे। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.१० प्रतिशतले घटेर दिनको सबैभन्दा बढी गिरावट व्यहोरेको स्टक रह्यो।

    उच्च कारोबार भएका स्टकहरू

    कारोबार रकमको हिसाबमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको करिब ७५ करोड र हिमालयन डिष्टिलरीको करिब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    बजार पुनः स्थायित्वमा फर्किन केही समय लाग्ने भए पनि विश्लेषकले बजार फेरि ३ हजार पार गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्। लगानीकर्ताले सावधानीपूर्वक दीर्घकालीन रणनीति अपनाउनुपर्ने सल्लाह दिइएको छ।

    अब लागौं प्राविधिक विश्लेषणतर्फ

    प्राविधिक विश्लेषकहरुको अनुसार, हाल नेप्से ३००० देखि ३०५० विन्दुको क्षेत्रमा प्रतिरोधको सामना गरिरहेको छ। यदि बजारले यो क्षेत्र पार गर्न सक्यो भने अर्को प्रतिरोध ३१८० देखि ३२३० विन्दुमा देखिनेछ। तर सो विन्दुमा बजार उल्टिएर झरेमा २७५० देखि २८०० विन्दुमा बलियो टेवा पाउने प्रक्षेपण गरिएको छ।

    त्यस्तै, केही विश्लेषकका अनुसार बुधबारको बजारले “वान क्याण्डल सेल” दिएको हो, किनकि बिहीबार बजारले पुनः बुधबारको क्लोजभन्दा तल क्लोज भएको छ। धेरै लगानीकर्ताले अब बजार होल्ड गरेर वान क्याण्डल बाई सिग्नल कुर्न थालेका छन्।

    अब लागौं ब्रोकर विश्लेषणतर्फ

    आजको ब्रोकर गतिविधिमा हेर्दा शीर्ष १० ब्रोकरमध्ये ६ वटाले बढी बिक्री गरेका छन् भने ४ वटाले तुलनात्मक रुपमा बढी खरिद गरेका छन्।

    ब्रोकर नम्बर ५५ बाट एनआरआईसीको राइट शेयर घोषणा भएको दिन २ लाख कित्ता शेयर बाई भएको छ। ब्रोकर ३३ बाट एमबीएलका १ लाख ६६ हजार कित्ता र ब्रोकर ४४ बाट एडीबीएलका ५५ हजार कित्ता शेयर खरिद भएको छ, जुन कुल खरिदको ४१ प्रतिशत हो।

    At the start of the week, NEPSE crossed its highest point in almost four years. However, in the last two trading days, the index has sharply declined, dropping below the psychological resistance level of 3000. After reaching 3002 on Tuesday, the market fell by 48 points on Wednesday and 31.50 points on Thursday, totaling a nearly 80-point decline. By Thursday, the index settled at 2922.63.

    According to analysts, this drop is mainly due to short-term investors engaging in profit booking. Additionally, technical analysts have identified the 3000 level as a key resistance zone, which has created psychological pressure among investors, increasing selling pressure in the market.

    Experts believe that NEPSE may still cross the 3000 mark within the month of Shrawan, but it might require some time for correction and consolidation. The current pressure is expected to support long-term sustainable growth if the market stabilizes.

    On Wednesday, the total market turnover stood at NPR 16.44 billion, which declined to NPR 15.98 billion on Thursday. This indicates both a drop in the index and reduced liquidity and volume.

    Sub-Index & Sector Performance

    On Thursday, all sectoral indices except the finance sub-index declined. The finance sub-index rose by 1.18%, while the trade sub-index recorded the sharpest fall of 2.44%. Similarly, banking, hydropower, investment, life insurance, and manufacturing & processing sub-indices all dropped by more than 1%.

    In Thursday’s trading session, shares of Trade Tower and Nepal Finance hit the positive circuit level. Likewise, shares of Corporate Development Bank, Green Development Bank, and Saptakoshi Development Bank surged by around 10%.

    On the downside, the biggest loser of the day was Bhugol Energy Development Company, which plunged by 7.10%.

    Top Turnover Stocks

    In terms of turnover, Himalayan Re-Insurance topped the list, with shares worth NPR 1.33 billion traded. Nepal Reinsurance followed with NPR 750 million worth of transactions, and Himalayan Distillery crossed NPR 690 million.

    Though it may take some time for the market to regain stability, analysts expect NEPSE to eventually breach the 3000 mark again. Investors are advised to remain cautious and focus on long-term strategies.

    Technical Analysis

    According to technical analysts, NEPSE is currently facing resistance between 3000 and 3050. If the market successfully breaks this zone, the next resistance is expected between 3180 and 3230. However, if the index reverses from there, strong support is expected between 2750 and 2800.

    Some analysts claim that Wednesday's market showed a classic one-candle sell, and Thursday confirmed this by closing below Wednesday’s close — validating the “one-candle sell” pattern. Many investors now plan to hold and only re-enter the market after a clear “one-candle buy” signal.

    Broker Analysis

    Out of the top 10 brokers, six engaged in higher sell volumes while four showed comparatively more buying activity.

    On Thursday, NRIC shares were actively bought from Broker No. 55 by NRI investors, with 200,000 units purchased — the same day rights shares were announced. Similarly, from Broker No. 33, 166,000 units of MBL were bought, and Broker No. 44 saw 55,000 units of ADBL bought — representing 41% of the day’s total buy volume.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026