NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Current Account and BOP in Surplus, But FDI Remains Weak
    साउनमा चालु खाता र शोधनान्तर दुवै बचतमा, प्रत्यक्ष लगानी भने घट्यो
    Investor
    1 min read
    Published on September 16, 2025
    NEPSE TRADING

    साउनमा चालु खाता र शोधनान्तर दुवै बचतमा, प्रत्यक्ष लगानी भने घट्योCurrent Account and BOP in Surplus, But FDI Remains Weak

    काठमाडौं, भदौ — आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले चालु खाता र शोधनान्तर दुवै क्षेत्रमा बचत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह, सेवा आय र अन्य वैदेशिक भुक्तानी सुधारसँगै देशको बाह्य क्षेत्र मजबुत बनेको हो।

    समीक्षा अवधिमा चालु खाता रु. ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष सोही महिनामा यो बचत रु. ३३ अर्ब ८ करोड मात्र थियो। अमेरिकी डलरमा हेर्दा गत वर्ष चालु खाता २५ करोड डलर बचतमा रहेकामा यस वर्ष साउनमा यो ५६ करोड डलर पुगेको छ। यसले नेपालमा वैदेशिक विनिमय भुक्तानी क्षमतामा उल्लेखनीय सुधार भएको देखाउँछ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. १ अर्ब ४ करोड पुगेको छ। गत वर्ष सोही महिनामा यो रकम रु. २२ करोड मात्र थियो। तर, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने घटेर रु. ६९ करोडमा सीमित भएको छ। गत वर्ष साउनमा प्रत्यक्ष लगानी रु. ८० करोड आएको थियो। यसले लगानीकर्ताको सतर्कता अझै कायम रहेको देखाउँछ।

    साउन महिनामा शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। गत वर्ष सोही अवधिमा शोधनान्तर रु. ४० अर्ब ९० करोड मात्र बचतमा थियो। अमेरिकी डलरमा यो बचत गत वर्ष ३१ करोड डलर रहेकोमा यस वर्ष ६४ करोड डलर पुगेको छ। यसले नेपालको भुक्तानी सन्तुलन मजबुत भएको संकेत गरेको छ।

    अर्थतन्त्रका विज्ञहरूका अनुसार चालु खाता र शोधनान्तरमा देखिएको बचत सकारात्मक संकेत हो। विप्रेषण आप्रवाह र सेवा आयमा आएको वृद्धि तथा आयात भुक्तानीको नियन्त्रणले यसमा योगदान पुर्‍याएको छ।
    तर, प्रत्यक्ष वैदेशिक लगानीमा निरन्तर गिरावट हुनु भने दीर्घकालीन दृष्टिले चिन्ताजनक मानिएको छ। विशेषज्ञहरूले अल्पकालीन स्थिरता भन्दा पनि दीर्घकालीन दिगोपनाका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका छन्।

    Nepal recorded a surplus in both the current account and overall balance of payments (BOP) during the first month of FY 2082/83, signaling improved external stability. According to Nepal Rastra Bank, stronger remittance inflows, higher service income, and controlled payments contributed to this improvement, though foreign direct investment (FDI) inflows continued to decline.

    The current account surplus reached NPR 78.14 billion in Shrawan, a sharp rise compared to NPR 33.08 billion in the same month last year. In US dollar terms, the surplus increased from USD 250 million last year to USD 560 million this year. This reflects a stronger ability to meet external payment obligations and maintain liquidity in the foreign exchange market.

    During the review month, net capital transfers amounted to NPR 1.04 billion, up significantly from NPR 220 million in the same month last year.
    However, FDI (equity only) fell to NPR 690 million, down from NPR 800 million last year. The decline points to continued investor caution despite improvements in remittance and external balances.

    The overall balance of payments (BOP) showed a surplus of NPR 89.30 billion, more than double the NPR 40.90 billion surplus recorded last year. In US dollar terms, the BOP surplus grew from USD 310 million last year to USD 640 million this year. This indicates a stronger external financial position for Nepal at the start of the fiscal year.

    Economists view the current account and BOP surpluses as a positive sign of short-term macroeconomic stability, supported mainly by remittances and controlled imports. However, the continuous decline in FDI remains a structural concern.
    Experts stress that while remittances provide immediate stability, Nepal needs to create a more investment-friendly environment to attract sustainable foreign investment and reduce its long-term dependence on migrant labor income.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026