काठमाडौं — नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ।
युरोपेली युरोको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बेलायती पाउन्डको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा कायम छ।
यसैगरी अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४० पैसा र सिंगापुर डलरको खरिददर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ। जापानी १० येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र चिनियाँ युआनको खरिददर २२ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ४० रुपैयाँ २० पैसा, कतारी रियालको ४१ रुपैयाँ ४२ पैसा र यूएई दिरामको ४१ रुपैयाँ ११ पैसा कायम भएको छ। थाई भाटको खरिददर भने ४ रुपैयाँ ५३ पैसा रहेको बैंकले जानकारी दिएको छ।



