NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Election Commission Proposes Strict Limits on Campaign Flags to Curb Excessive
    चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
    Investor
    2 min read
    Published on December 17, 2025
    NEPSE TRADING

    चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्तावElection Commission Proposes Strict Limits on Campaign Flags to Curb Excessive

    निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा झण्डाको अत्यधिक प्रयोग रोक्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रस्तावित आचारसंहितामा प्रचार सामग्रीको प्रयोगलाई कडाइका साथ सीमित गर्ने प्रावधान समेटिएको हो।

    आयोगले प्रस्तावित आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग हुने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण गर्न यस्तो प्रबन्ध प्रस्ताव गरिएको आयोगको भनाइ छ।

    प्रस्ताव अनुसार दल वा उम्मेदवारको कार्यालयमा साइनबोर्ड वा कपडामा बनाइएको तीनदेखि चार फिटसम्मको झण्डा र सोही आकारको चुनाव चिन्ह राख्न पाइनेछ। तर प्रचारप्रसारको नाममा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।

    आचारसंहितामा दल वा उम्मेदवारको नाम र चुनाव चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न अनुमति दिने प्रस्ताव गरिएको छ। यसका साथै घरदैलो अभियानका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको समूह बनाएर जुलुस निकाल्न नपाइने उल्लेख गरिएको छ। प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित हिँडडुल गर्न पनि निषेध गर्ने प्रस्ताव गरिएको छ।

    अनलाइन र डिजिटल माध्यममार्फत हुने प्रचारमा पनि कडाइ गर्ने आयोगको तयारी छ। प्रस्तावित आचारसंहिताअनुसार वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम वा काउन्टर, सडक नाटकजस्ता माध्यम प्रयोग गरी दल वा उम्मेदवारको प्रचार गर्न पाइने छैन। तर राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेवपेजमा मात्र प्रचार सामग्री राख्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

    यसैगरी दलको झण्डा वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने उल्लेख छ। भित्तेलेखन गर्न वा गराउन, साथै चारपाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा, ठेलागाडालगायत कुनै पनि सवारी साधन प्रयोग गरी र्‍याली निकाल्न वा प्रचारप्रसार गर्न नपाइने प्रावधान पनि आचारसंहितामा समावेश गरिएको छ।

    निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, शान्त, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन यस्ता व्यवस्था प्रस्ताव गरिएको जनाएको छ। प्रस्तावित आचारसंहिता कार्यान्वयनमा आएमा चुनावी प्रचारप्रसारको स्वरूप थप अनुशासित र व्यवस्थित हुने आयोगको विश्वास छ।

    The Election Commission has proposed new restrictions on the use of flags and campaign materials during election campaigns, aiming to prevent excessive and disorderly प्रचार activities. The proposal is part of the draft code of conduct prepared for the House of Representatives election scheduled for February 21.

    Under the proposed rules, political parties and candidates will be allowed to use a maximum of 10 flags during campaign activities such as mass meetings, rallies, corner meetings, and door-to-door outreach programs. The commission stated that the provision is intended to discourage the misuse and overdisplay of party flags, which has become increasingly common during elections.

    The draft code of conduct further restricts the use of promotional materials beyond basic identification. Parties and candidates will be permitted to display party flags and election symbols measuring three to four feet only at party or candidate offices. Apart from this, the use of digital boards, flex banners, glow signboards, audio systems, and audiovisual displays for campaign purposes will not be allowed.

    According to the proposal, political parties and candidates may place only one banner or flex displaying the party or candidate name and election symbol. During door-to-door campaigns, the number of participants—including the candidate, proposer, and supporters—must not exceed 25 people. The draft also prohibits the use of musical bands, processions, or decorative floats during campaign activities.

    The commission has also proposed sweeping restrictions on campaign activities through electronic and public platforms. Campaigning through websites, television scrolling, shopping mall displays, call centers, bank ATMs, counters, or street dramas will not be permitted. However, political parties and candidates will be allowed to publish campaign-related information on one official and private website.

    Additionally, the draft code bars the public display of arches or decorative structures made from party flags or election symbols. Wall writing, as well as rallies conducted using vehicles such as cars, motorcycles, bicycles, rickshaws, carts, or animal-drawn transport, has also been prohibited under the proposal.

    The Election Commission said the proposed code of conduct is aimed at ensuring that the election process remains clean, peaceful, dignified, and fair. By limiting visual clutter, noise pollution, and aggressive campaigning, the commission hopes to promote issue-based competition and maintain public order during the election period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026