
एभरेष्ट कलर लिमिटेडको आईपीओ जेठ २२ गतेदेखि सर्वसाधारणका लागि खुल्नेEverest Color Limited IPO Opening for General Public from May 22
एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको कुल ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ७९ हजार कित्ता शेयर यसअघि नै बाँडफाँट गरिसकेको छ। साथै, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन पाइनेछ भने पूर्ण आवेदन नपरेमा अवधि असार ५ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको छ । लगानीकर्ताले मेरो शेयर तथा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीलाई CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
Everest Color Limited is set to issue its Initial Public Offering (IPO) to the general public from May 22. The company had received approval to issue 790,000 units of shares worth Rs. 79 million, representing 26.33 percent of its issued capital of Rs. 300 million. Out of the total issue, 79,000 units had already been allotted to Nepalis working abroad. Likewise, 39,500 units were reserved for mutual funds and 15,800 units for company employees. In the second phase, the company will now issue 655,700 units of shares at a face value of Rs. 100 each to the general public. Investors can apply for a minimum of 10 units and a maximum of 10,000 units. The application deadline is May 27, and if the issue is not fully subscribed by then, the deadline will be extended until June 5. Muktinath Capital Limited has been appointed as the issue and sales manager. Investors can apply through the C-ASBA system using Mero Share and authorized ASBA member banks and financial institutions. For the IPO issuance, CARE Ratings Nepal has assigned the company a ‘CARE-NP Double B Issuer Rating,’ indicating a moderate level of risk in the company’s ability to meet its financial obligations.




