फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि.को
सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
शेयरधनी महानुभावहरु,
यस फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको मिति २०८३ साल मंसिर ३ गते
विहिबार बसेको २६० औं बैठकको निर्णयानुसार कम्पनीको सत्रौं वार्षिक साधारण सभा निम्न विषयहरु उपर
छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको
उपस्थितिका लागि अनुरोध गर्दछौं ।
मितिः २०८३ मंसिर २८ गते सोमबार (तदनुसार डिसेम्बर १४, २०२६)
समयः बिहान १०.०० बजे
स्थानः आम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौं ।
छलफलका विषयहरु
क) सामान्य प्रस्ताव
१) आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात) तथा
सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह
विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
३) सञ्चालक समितिबाट प्रस्ताव गरिएको यस संस्थाको चुक्ता पूँजीको ११.०५२६ प्रतिशतले हुने नगद
लाभांश (लाभांशमा लाग्ने कर सहित) रु. १४,८६,४३,६७२ (अक्षरेपि चौध करोड छ्यासी लाख
त्रियालीस हजार छ सय विहत्तर मात्र) पारित गर्ने ।
४) कम्पनीको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस
बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
५) संस्थापक शेयरधनी (समूह 'क') को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको
निर्वाचन गर्ने ।
ख) विविध
६) फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था
गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने (मर्जर) तथा
प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान
गर्ने ।
सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव
निर्वाचन सम्बन्धी जानकारी
- निर्वाचनमा सञ्चालक हुन चाहनेले कम्पनीको नियमावली बमोजिम कम्तीमा १,००० कित्ता शेयर लिएको हुनु पर्नेछ । उक्त शेयर शेयरधनीहरुको दाखिल खारेज दर्ता बन्द हुनु पूर्व कारोबार गर्ने शेयरवालाको नाममा नामसारी भएको हुनु पर्नेछ । साथै सो शेयर कुनै पनि प्रकारको धितो बन्धकमा नरहेको हुनु पर्नेछ ।
- प्रतिनिधिनिधित्वबाट मतदान गर्ने शेयरवालाले मतदान गर्न पाउने अधिकारहरु हद वा सीमा त्यस्तो शेयरधनीले लिन पाउने लघुवित्त वित्तीय संस्थाको अधिकतम शेयर हिस्साको मतदान सीमा भन्दा बढी हुने छैन ।
- योजना पशचात शेयरवालाले सञ्चालक पदमा उम्मेदवार हुने मनोनयन पत्र स्वयं हस्ताक्षर गरि तोकिएको मिति र समयमा निर्वाचन अधिकृत समक्ष पेश गरिसक्नु पर्नेछ ।
- यसरी मनोनयन पत्र दाखिला गर्दा आफु जुन समूहवाट उम्मेदवार हुने हो सोही समूहको एक जना शेयरवाला प्रस्तावक र एक जना शेयरवालाले समर्थकको रुपमा दस्तखत गरेको हुनु पर्दछ ।
- प्रस्तावक र समर्थकको रुपमा दस्तखत गर्ने शेयरधनीले यस लघुवित्त वित्तीय संस्थाको कम्तीमा १० कित्ता शेयर लिएको हुनु पर्दछ ।
- एक जना शेयरवालाले एक जना भन्दा बढि उम्मेदवारको लागि प्रस्तावक र समर्थकको रुपमा दस्तखत गर्न पाउने छैन ।
- उम्मेदवार मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालय, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ज्ञानेश्वर, काठमाण्डौमा उपलब्ध हुनेछ ।
- निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु निर्वाचन अधिकृतले तोके अनुसार हुनेछ । निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु
- प्रचलित नेपाल कानून तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरुमा उल्लिखित योग्यता नपुग्ने व्यक्ति
सञ्चालकको उम्मेदवार हुन योग्य हुने छैन ।




