NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Trade Surges in First Month of FY 2082/83, But Trade Deficit Still High
    वैदेशिक व्यापार बढ्दा पनि घाटा अझै उच्च
    Investor
    1 min read
    Published on August 23, 2025
    NEPSE TRADING

    वैदेशिक व्यापार बढ्दा पनि घाटा अझै उच्चForeign Trade Surges in First Month of FY 2082/83, But Trade Deficit Still High

    आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नै नेपालले एक खर्ब ६६ अर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको साउन महिनामा वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.७५ प्रतिशतले वृद्धि भएको हो।

    तथ्यांक अनुसार यस अवधिमा एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको मात्र भएको छ। अघिल्लो वर्षको यही महिनामा आयात १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ र निर्यात १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको थियो। यसरी हेर्दा निर्यातमा ९५.७५ प्रतिशतले उल्लेखनीय वृद्धि भए पनि आयातमा पनि ११.४२ प्रतिशतले वृद्धि भएको छ।

    समीक्षा अवधिमा नेपालको कुल व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। तर, व्यापार घाटा भने अझै उच्च रहेको छ। साउन महिनामै नेपालले एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको छ। अघिल्लो वर्षको यही महिनामा एक खर्ब १६ अर्ब रुपैयाँ घाटा भएकोमा यस वर्ष २.५५ प्रतिशतले बढेको हो।

    भन्सार विभागका अनुसार चालु वर्षको पहिलो महिनामा आयात–निर्यात अनुपात ५.९८ प्रतिशत मात्र रहेको छ। कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १४.३३ प्रतिशतमा सीमित छ।

    विशेषज्ञहरुका अनुसार निर्यात बढेको सकारात्मक पक्ष भए पनि आयातको भारी परिमाणका कारण नेपालले व्यापार घाटामा सुधार गर्न अझै चुनौती सामना गर्नुपर्ने देखिन्छ।

    Nepal recorded foreign trade worth over NPR 166 billion in just the first month of the current fiscal year 2082/83. According to the data published by the Department of Customs on Friday, foreign trade in the month of Shrawan alone increased by 18.75 percent compared to the same period last year.

    During the review period, Nepal imported goods worth NPR 143.04 billion, while exports stood at only NPR 23.93 billion. In the same month last year, imports were NPR 128.37 billion, and exports were NPR 12.22 billion. This shows imports rose by 11.42 percent, while exports saw a remarkable rise of 95.75 percent year-on-year.

    Despite the surge in exports, Nepal’s trade deficit remains high. In the first month alone, the country suffered a trade deficit of NPR 119.10 billion, compared to NPR 116 billion in the same month last year — an increase of 2.55 percent.

    According to the Department of Customs, the import–export ratio during the review month stood at 5.98 percent. Imports accounted for 85.67 percent of total trade, while exports made up only 14.33 percent.

    Experts note that while the sharp rise in exports is a positive development, Nepal still faces a serious challenge in reducing its massive trade deficit due to the overwhelming share of imports.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026