·

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदका लागि चारजना छनोट

Author

NEPSE trading

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदका लागि चारजना छनोट

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये चारजना छनोट भएका छन्।

कम्पनीको सिफारिस तथा छनोट समितिका अनुसार शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनपछि महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव, र सुन्दर पन्थीलाई अन्तिम चरणका लागि छनोट गरिएको हो।

समितिले ती चारैजनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण कार्यक्रम माघ ४ गते दिउँसो ३:३० बजे सुरु हुने छ भने अन्तर्वार्ता माघ ५ गते बिहान ८:०० बजे हुनेछ।

समितिका अनुसार अन्तर्वार्तापछि सबैभन्दा योग्य उम्मेदवारको सिफारिस गरिने छ। राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पद लामो समयदेखि रिक्त रहेको थियो।

Related News