NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Four Companies See Profit Growth, Five Decline Among Listed Production & Processing Firms
    उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको त्रैमासिक विवरण : चार कम्पनीको नाफा बढ्यो, पाँचको घट्यो
    Top
    1 min read
    Published on May 15, 2025
    NepseTrading

    उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको त्रैमासिक विवरण : चार कम्पनीको नाफा बढ्यो, पाँचको घट्योFour Companies See Profit Growth, Five Decline Among Listed Production & Processing Firms

    काठमाडौं । दोस्रो बजारमा सूचीकृत रहेका उत्पादन तथा प्रशोधन समूहअन्तर्गतका ९ वटै कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्मको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । तीमध्ये चार कम्पनीको नाफा वृद्धि भएको छ भने पाँच कम्पनीको नाफा घटेको देखिएको छ ।

    नाफा बढाउने कम्पनीहरूमा सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि रहेको छ । कम्पनीले नाफा ३९९.३३ प्रतिशतले वृद्धि गरी ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको नाफा पनि २५१.३२ प्रतिशतले वृद्धि भई ७३ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

    सूचीकृत भए पनि कम कारोबार हुने नेपाल ल्यूव आयल लिमिटेडको नाफा १०० प्रतिशतले बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टको नाफा ९६.०८ प्रतिशतले वृद्धि भई ४० करोड ५ लाख रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, समीक्षा अवधिमा बोट्लर्स नेपाल अन्तर्गतका दुवै कम्पनीले कमजोर प्रदर्शन गरेका छन् । बोट्लर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ भने बोट्लर्स नेपाल (तराई) को नाफा ६९.११ प्रतिशतले घटेको हो । सोनापुर मिनरल्स एण्ड आयलको नाफा ७२.६९ प्रतिशतले घटेको छ ।

    युनिलिभर नेपाल लिमिटेडको नाफा सामान्य मात्र घटेर ४८ करोड २२ लाख रुपैयाँमा झरेको छ । यता, घोराही सिमेन्टले भने ठूलो घाटा व्यहोरेको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको नाफा शून्यमा झरेको मात्र होइन, ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानी देखिएको छ, जुन यस समूहको सबैभन्दा कमजोर प्रदर्शन मानिएको छ ।

    उक्त नतिजाले उत्पादन तथा प्रशोधन समूहमा मिश्रित अवस्था देखिएको छ । कतिपय कम्पनीहरूले बजारको चुनौतीपूर्ण अवस्थाबीच पनि उल्लेखनीय प्रगति गरेका छन् भने अन्यले भने घट्दो नाफा र घाटाको सामना गर्नुपरेको छ ।

    Kathmandu – All nine companies listed under the Production and Processing group in Nepal's secondary market have published their financial statements for the third quarter of the current fiscal year, up to the end of Chaitra (mid-April). The reports, four companies have recorded profit growth, while five companies have reported a decline in earnings.

    Among the gainers, Sarbottam Cement stands out with the highest surge in profitability. The company’s net profit soared by 399.33%, reaching NPR 603 million. Similarly, Himalayan Distillery posted a 251.32% increase in net profit, totaling NPR 739.2 million during the review period.

    Even a rarely traded company like Nepal Lube Oil Limited showed remarkable performance, with net profit rising by 100% to NPR 32.4 million. Likewise, Shivam Cement saw a 96.08% increase in its net earnings, reaching NPR 400.5 million.

    However, the remaining five companies experienced a downturn. Both subsidiaries of Bottlers Nepal saw sharp declines—Bottlers Nepal (Balaju) reported a 73.32% drop in net profit, and Bottlers Nepal (Terai) faced a 69.11% decline.

    Sonapur Minerals & Oil also reported a profit fall of 72.69%. Meanwhile, Unilever Nepal’s earnings dipped slightly, settling at NPR 482.2 million. On the other hand, Ghorahi Cement posted the weakest performance in the group, suffering a net loss of NPR 554.3 million.

    This quarterly performance reveals a mixed trend in the production and processing sector. While a few companies have demonstrated strong earnings growth despite market challenges, several have struggled to maintain profitability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026