NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. From Fuel to Steel: Nepal’s Top 10 Imports in Shrawan
    श्रावणमै तेलदेखि फलामसम्म: शीर्ष १० आयात वस्तु
    Investor
    2 min read
    Published on August 23, 2025
    NEPSE TRADING

    श्रावणमै तेलदेखि फलामसम्म: शीर्ष १० आयात वस्तुFrom Fuel to Steel: Nepal’s Top 10 Imports in Shrawan

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा (श्रावण) नेपालले सर्वाधिक आयात गरेका १० वस्तु सार्वजनिक भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार, पेट्रोलियम पदार्थदेखि फलाम–स्टिल र मेसिनरीसम्मकै आयातले मुलुकको व्यापार घाटा थप गहिराएको छ।

    १. खनिज तेल तथा पेट्रोलियम पदार्थ

    सबैभन्दा ठूलो आयात खनिज तेल तथा पेट्रोलियम पदार्थ रह्यो। श्रावण महिनामा मात्रै यस खण्डमा २१ अर्ब ९९ करोड रुपैयाँ बराबरको आयात भएको छ। तर निर्यात नगन्य ११ लाख रुपैयाँ मात्र रहेकाले, २१ अर्ब ९९ करोड घाटा भएको छ।

    २. वनस्पति तेल तथा बोसो

    दोस्रो ठूलो आयात वनस्पति तेल तथा बोसो हो। आयात मूल्य १३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने निर्यात १२ अर्ब ३१ करोड रुपैयाँ छ। यस खण्डमा १ अर्ब १३ करोड घाटा देखिएको छ।

    ३. फलाम तथा स्टिल

    फलाम र स्टिल (अध्याय ७२) को आयात ११ अर्ब रुपैयाँ पुगेको छ। निर्यात २९ करोड रुपैयाँ मात्रै रहेकाले, यस खण्डमा १० अर्ब ७९ करोड घाटा कायम भएको छ।

    ४. मेसिनरी तथा मेशिनका पार्ट्स

    मेसिनरी तथा मेसिन पार्ट्स (अध्याय ८४) आयात ९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। निर्यात २२ करोड रुपैयाँ मात्रै रहेकाले, ९ अर्ब १९ करोड घाटा भएको छ।

    ५. विद्युत उपकरण तथा पार्ट्स

    विद्युत उपकरण तथा पार्ट्सको आयात ९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। निर्यात नगन्य ६४ लाख रुपैयाँ मात्र भएकाले, कुल घाटा ९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

    ६. सवारी साधन र पार्ट्स

    सवारी साधन तथा पार्ट्स आयात ८ अर्ब रुपैयाँ पुगेको छ। निर्यात नगन्य ४४ लाख रुपैयाँ मात्र भएकाले, ८ अर्ब घाटा भएको छ।

    ७. मल

    रासायनिक मल आयात ६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। निर्यात शून्य रहेकाले, यो खण्ड पूर्ण रूपमा घाटामै छ।

    ८. कपास

    कपास आयात १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। निर्यात ४ करोड रुपैयाँ मात्रै हुँदा, घाटा १० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

    ९. प्लास्टिक र प्लास्टिकका सामान

    प्लास्टिक तथा प्लास्टिकका सामान आयात ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। निर्यात १२ करोड रुपैयाँ मात्रै हुँदा, घाटा ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

    १०. वस्त्र तथा रेडिमेड पोशाक

    तैयार लुगा तथा पोशाक आयात २३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। निर्यात ७ अर्ब ३ करोड रुपैयाँ रहेकाले, घाटा अझै ठूलो १६ अर्ब १४ करोड रुपैयाँ छ।

    श्रावण महिनामा नेपालका शीर्ष १० आयात वस्तुले मात्रै कुल आयात खर्चको आधाभन्दा बढी हिस्सा ओगटेका छन्। पेट्रोलियम, फलाम–स्टिल, मेसिनरी, विद्युत उपकरण र सवारी साधन जस्ता वस्तु आयात–निर्भरता झन् बढ्दै गएको छ।

    यसले नेपालको अर्थतन्त्र अझै आयात–केन्द्रित रहेको स्पष्ट देखाउँछ। विज्ञहरू भन्छन् – “यदि ऊर्जा, कृषि र उद्योगमा आत्मनिर्भरता बढाइएन भने, व्यापार घाटा र वैदेशिक मुद्रा संकट वर्षैपिच्छे थप गहिरिने छ।”

    Kathmandu – In the first month of fiscal year 2082/83 (Shrawan), Nepal’s import bill was dominated by petroleum products, industrial raw materials, and vehicles. According to the Department of Customs, the top 10 import categories alone accounted for more than half of the country’s total import expenditure, deepening the trade deficit further.

    1. Mineral Fuels and Petroleum Products

    The largest import item was mineral fuels and petroleum products (Chapter 27). Nepal imported Rs. 21.99 billion worth of fuel in Shrawan, while exports were negligible at just Rs. 1.1 million, leaving a trade deficit of Rs. 21.99 billion.

    2. Vegetable Oils and Fats

    The second-largest import was vegetable oils and fats (Chapter 15). Imports stood at Rs. 13.45 billion, while exports were slightly lower at Rs. 12.31 billion, creating a net deficit of Rs. 1.13 billion.

    3. Iron and Steel

    Iron and steel (Chapter 72) ranked third, with imports worth Rs. 11.09 billion. Exports were only Rs. 299 million, resulting in a deficit of Rs. 10.79 billion.

    4. Machinery and Mechanical Appliances

    Imports of machinery and mechanical appliances (Chapter 84) reached Rs. 9.41 billion. Exports, however, stood at just Rs. 222 million, creating a deficit of Rs. 9.19 billion.

    5. Electrical Machinery and Equipment

    Electrical machinery and parts (Chapter 85) imports were valued at Rs. 9.08 billion, while exports were negligible at Rs. 6.4 million, leaving a trade deficit of Rs. 9.07 billion.

    6. Vehicles and Parts

    Vehicles and automobile parts (Chapter 87) made up Rs. 8.01 billion in imports. Exports were barely Rs. 4.3 million, producing a deficit of Rs. 8 billion.

    7. Fertilizers

    Fertilizers (Chapter 31) were another major item, with imports valued at Rs. 6.97 billion. With no exports, the category was entirely deficit-driven.

    8. Cotton

    Cotton (Chapter 52) imports stood at Rs. 10.76 billion, while exports were just Rs. 423 million, leaving a massive deficit of Rs. 10.71 billion.

    9. Plastics and Plastic Products

    Plastics and articles thereof (Chapter 39) recorded imports of Rs. 6.05 billion. Exports reached only Rs. 127 million, leaving a deficit of Rs. 5.92 billion.

    10. Apparel and Clothing (Non-knitted)

    Apparel and clothing accessories (Chapter 62) were imported worth Rs. 23.18 billion. Exports in the same category were Rs. 7.03 billion, resulting in a significant deficit of Rs. 16.14 billion.

    These top 10 categories alone consumed more than half of Nepal’s total import bill in Shrawan. Petroleum, iron and steel, machinery, vehicles, and fertilizers continue to underscore the country’s structural import dependency.

    Economists warn that unless Nepal strengthens domestic production, industrial capacity, and energy independence, the ballooning trade deficit will remain a recurring problem. The numbers reveal that Nepal’s economy is still import-centric, leaving the country vulnerable to external shocks in global prices and supply chains.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026