
सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्डGold Price Breaks All-Time Record
आज मंगलबार सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्मकै सबैभन्दा महँगो हो, जुन हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको छ । यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।
Today, Tuesday, the price of gold has set an all-time high record. According to the Nepal Gold and Silver Traders' Federation, gold is being traded at 171,300 rupees per tola, marking the highest price ever, an increase of 500 rupees from yesterday. Meanwhile, the price of silver has dropped by 15 rupees per tola, settling at 1,970 rupees, down from yesterday's 1,985 rupees.




