·

चालु आर्थिक वर्षको छ महिनामा सरकारको खर्च ६ खर्ब नाघ्यो

Author

Nepse trading

चालु आर्थिक वर्षको छ महिनामा सरकारको खर्च ६ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको कुल खर्च रू ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख पुगेको छ। यो कुल विनियोजन रू १८ खर्ब ६० अर्ब ३० करोडको ३५.८९ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा खर्च १७.६६ प्रतिशतले वृद्धि भएको छ। स्रोततर्फ रू ६ खर्ब १८ अर्ब ५१ करोड खर्च हुँदा वैदेशिक अनुदान रू ७ अर्ब ७१ करोड पुगेको छ।

छ महिनामा सरकारको राजस्व संकलन रू ५ खर्ब ६७ अर्ब ३९ करोड पुगेको छ, जुन अर्धवार्षिक लक्ष्यको ८४.३३ प्रतिशत हो। आन्तरिक ऋण परिचालन रू ५३ अर्ब ८१ करोड भएको छ भने ऋण भुक्तानीमा रू १ खर्ब ८२ अर्ब ४० करोड खर्च भइसकेको छ। सार्वजनिक ऋण भुक्तानीका लागि रू ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन गरिएको थियो। विकास सहायता प्रतिबद्धता रू २ खर्ब ५ अर्ब पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

Related News