NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Green Signal in Nepse: Market Closes Higher Despite Lower Turnover
    हरियो बत्ती : कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधार
    Investor
    2 min read
    Published on August 18, 2025
    NEPSE TRADING

    हरियो बत्ती : कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधारGreen Signal in Nepse: Market Closes Higher Despite Lower Turnover

    साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हरियो बत्तीमा बन्द भएको छ। अघिल्लो दिन आइतबार घाटामा गएको बजार सोमबार भने सुधार भएको हो। नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.६६ अंक, फ्लोट इन्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६४ अंकले उकालो लागेका छन्, जसले ठूला, मध्यम तथा साना कम्पनीमा लगानी भएको सेयरमा सामान्य वृद्धि देखाएको संकेत गर्छ।

    कारोबार रकममा गिरावट

    सूचकमा सुधार भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भए पनि सोमबार घटेर ६ अर्ब १७ करोड रुपैयाँमा सीमित भयो। यस अवधिमा ३२० वटा कम्पनीका ६७ हजार ९५९ पटकका कारोबारमार्फत १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको थियो। यसले लगानीकर्ताले मूल्य वृद्धिप्रति ध्यान दिए पनि ठूलो परिमाणमा कारोबार नगरेको प्रष्ट संकेत गरेको छ।

    सबैभन्दा बढी बढ्ने र घट्ने कम्पनी

    सोमबार युनियन हाइड्रोपावर ६.१० प्रतिशतले बढ्दै सर्वाधिक लाभमा रह्यो। त्यसपछि अप्पर साङ्गे हाइड्रोपावर करिब ६ प्रतिशत र अप्पर लोहोरे खोला हाइड्रोपावर करिब साढे ५ प्रतिशतले बढे। तर, सबै कम्पनीले उकालो यात्रा गर्न सकेनन्। सम्पदा लघुवित्त ४.८१ प्रतिशतले घट्दै दिनको सबैभन्दा बढी घाटामा रह्यो।

    कारोबार रकममा शीर्ष कम्पनी

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो, जसको २१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि बुटवल पावर कम्पनी करिब २१ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर १८ करोडभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा परे।

    उपसमूहको प्रदर्शन

    १३ उपसमूहमध्ये ११ उपसमूह हरियो रहे भने २ उपसमूह राताम्मै बने। व्यापार उपसमूह १.२९ प्रतिशतले बढ्दै अगाडि रह्यो। अन्य उपसमूहहरू १ प्रतिशतभन्दा कम दरमा मात्र बढे भने म्युचुअल फन्ड र ‘अन्य’ उपसमूह घटे।

    प्रविधिक विश्लेषण

    बजारले अघिल्लो दिन परीक्षण गरेको बलियो सपोर्ट स्तर (२७५०–२७६०) बाट रिबाउन्ड गर्दै सोमबार हरियोमा बन्द भएको छ। तत्काल सपोर्ट २७५०–२७६० विन्दुमा छ भने छोटो अवधिको प्रतिरोध (रेसिस्टेन्स) २७८५–२८०० विन्दुमा रहेको देखिन्छ। सोमबार बनेको क्यान्डल “स्मल बुलिश क्यान्डल” हो, जसले बजारले तलको स्तर परीक्षण गरेर पुनः माथि फर्किएको देखाउँछ। तर, यसलाई अर्को दिनको कारोबारले पुष्टि गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ।

    कारोबार रकम घट्नु भनेको खरिदकर्ताले अझै बलियो उत्साह नदेखाएको संकेत हो। बलियो बुलिश ट्रेन्ड कायम हुन कारोबार रकम पनि उच्च हुनुपर्ने प्रष्ट छ। यसैबीच, आइतबार ४० भन्दा तल झरेको RSI सोमबार थोरै सुधार भई ४१.४७ मा पुगेको छ। यद्यपि यो अझै पनि कमजोर क्षेत्रमा रहेकोले बजारलाई पूर्ण सुरक्षित भन्न सकिन्न।

    ब्रोकर विश्लेषण

    आजका प्रमुख ब्रोकरको गतिविधि हेर्दा १० मध्ये ५ ब्रोकरले तुलनात्मक रूपमा बढी खरिद (बाइ) गरे भने बाँकी ५ ब्रोकरले बढी बिक्री (सेल) गरेका छन्।

    • ब्रोकर नं. ५८ सबैभन्दा सक्रिय रह्यो, जसले करिब ५८ करोड २८ लाख बराबरको खरिद गराउँदा ४० करोड ४७ लाख बराबरको मात्र बिक्री गरायो।

    • ब्रोकर नं. ३४ मा भने बिक्री बढी भएको देखियो।

    • ब्रोकर नं. ४२ ले उच्च बाइ गराएको छ।

    • अर्कोतर्फ, ब्रोकर नं. ४५ र ४९ मा भने सेलीङ प्रेसर अर्थात बिक्री दबाब देखियो।

    विशेषज्ञहरूको भनाइमा सोमबारको सुधारलाई दीर्घकालीन आशावादको संकेत मान्न सकिँदैन। परिसूचक बढे पनि कारोबार रकम घट्नुले लगानीकर्तामा अझै अनिश्चितता छ भन्ने प्रष्ट हुन्छ। तर, लगातार ओरालो लागेको बजारमा सोमबारको हरियो बत्तीले लगानीकर्तामा छोटो अवधिको राहत भने दिएको छ।

    On the second trading day of the week, the Nepal Stock Exchange (Nepse) ended on a positive note. After closing lower on Sunday, the market rebounded on Monday with the benchmark index rising by 9.16 points to settle at 2770.39. The Sensitive Index gained 1.66 points, the Float Index climbed 0.66 points, and the Sensitive Float Index edged up by 0.64 points, reflecting modest gains across large-, mid-, and small-cap companies.

    Decline in Turnover Raises Caution

    Although the benchmark showed signs of recovery, overall market turnover declined compared to the previous day. On Sunday, trading volume had reached NPR 7.73 billion, but Monday’s figure fell to NPR 6.18 billion, with 152.29 million shares changing hands through 67,959 transactions involving 320 listed companies. Analysts note that this indicates cautious optimism—investors are focusing more on price movements rather than high-volume participation.

    Top Gainers and Losers

    Union Hydropower emerged as the top gainer of the day with its share price surging by 6.10%. Upper Sanghu Hydropower followed with nearly a 6% rise, while Upper Lohore Khola Hydropower advanced by about 5.5%. On the flip side, Sambridha Laghubitta faced the steepest fall, dropping by 4.81%, marking the day’s biggest loser.

    Leading Companies by Turnover

    In terms of transaction value, Nepal Reinsurance Company topped the list with NPR 2.17 billion worth of trades. Butwal Power Company followed with transactions worth nearly NPR 2.1 billion, and NRN Infrastructure crossed NPR 1.8 billion, signaling strong investor interest in these counters.

    Sectoral Performance

    Out of 13 sub-indices, 11 closed in the green while only 2 ended in red. The Trading sub-index led the market with a gain of 1.29%, whereas other sub-indices rose by less than 1%. The Mutual Fund and “Others” groups were the only decliners.

    Technical Analysis

    From a technical perspective, the index bounced back near its strong support zone of 2750–2760 and managed to close higher. The immediate support remains around 2750–2760, while the short-term resistance lies between 2785–2800 levels. Monday’s candlestick formed a “small bullish candle”, signaling a potential reversal after testing the support zone. However, analysts warn that a confirmation in the next trading session is necessary.

    Trading volume was lower than the previous day, suggesting that buyers have not yet shown strong momentum. For a sustained bullish rally, higher turnover is essential. The RSI (Relative Strength Index), which had slipped below 40 on Sunday, showed mild recovery, closing at 41.47—still within the weaker zone, implying that the market remains fragile despite the bounce.

    Broker Analysis

    Looking at broker activity, out of the top 10 brokers, five were net buyers while the other five were net sellers. Broker No. 58 led the buying side with transactions worth NPR 5.83 billion, while selling only NPR 4.05 billion. Broker No. 34 showed heavier selling pressure, whereas Broker No. 42 leaned more towards buying. On the other hand, Brokers 45 and 49 experienced stronger selling pressure, indicating mixed sentiment among leading brokerage houses.

    Experts caution that the market’s rebound should not be interpreted as a long-term bullish reversal. The modest gain in the index, coupled with shrinking turnover, suggests that uncertainty still looms among investors. However, after several consecutive declines, Monday’s session provided a short-term relief and revived some optimism in the domestic share market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026