जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्ष 2081/82 को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा नाफामा ३०.६२% ले गिरावट व्यहोर्नुपरेको छ।
कम्पनीको खुद नाफा
यस वर्ष: ५२ करोड २३ लाख रुपैयाँ
गत वर्ष: ७५ करोड २७ लाख रुपैयाँ
गिरावट: ३०.६२%
वित्तीय आम्दानी
यस वर्ष: ७५ करोड ८६ लाख रुपैयाँ
गत वर्षको तुलनामा २९.५९% गिरावट
ग्राहकसँगको सम्झौताबाट (Contract) आम्दानी
यस वर्ष: ४७ लाख ३ हजार रुपैयाँ
गत वर्ष: १ करोड २३ लाख रुपैयाँ
कम्पनीको चुक्ता पुँजी: २४ अर्ब ५५ करोड रुपैयाँ
जगेडा कोष: ३ अर्ब ४७ करोड रुपैयाँ
प्रति सेयर आम्दानी (EPS) मा गिरावट
गत वर्षको प्रतिसेयर आम्दानी (EPS) ६.६१ रुपैयाँ थियो भने यस त्रैमासमा ४.२५ रुपैयाँ मा झरेको छ।
प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ।
बजार मूल्य र लगानीकर्तालाई प्रभाव
प्रतिसेयर बजार मूल्य २३५ रुपैयाँ रहेको छ।
पी/ई अनुपात (Price Earning Ratio) ५५.२६ रहेको छ।
सम्पत्ति प्रतिशेयर १८०.५१ रुपैयाँ मा झरेको छ।
एचआइडीसीएलको वित्तीय स्थिति यस त्रैमासमा कमजोर देखिएको छ। नाफामा आएको गिरावटले कम्पनीको लगानीकर्तालाई दबाब सिर्जना गर्न सक्छ। वित्तीय आम्दानीको गिरावटसँगै कम्पनीको आगामी त्रैमासिक प्रतिवेदन पनि महत्त्वपूर्ण हुनेछ।





