NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Imran Khan, Bushra Bibi Sentenced to 17 Years in Prison
    इमरान खान र बुशरा बीबीलाई १७ वर्ष जेल सजाय
    Investor
    1 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    इमरान खान र बुशरा बीबीलाई १७ वर्ष जेल सजायImran Khan, Bushra Bibi Sentenced to 17 Years in Prison

    इस्लामाबाद । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) अन्तर्गतको विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको जेल सजाय सुनाएको छ। अदालतले दुवैलाई जरिवाना पनि तोकेको छ।

    अदालतको आदेशको प्रतिलिपि उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डन ले जनाएअनुसार इमरान खान र बुशरा बीबीलाई जनही एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ। कानुनअनुसार तोकिएको जरिवाना तिर्न असफल भएमा थप जेल सजाय भोग्नुपर्ने व्यवस्था गरिएको छ।

    रावलपिन्डीस्थित अडियाला जेलमा सम्पन्न सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएका हुन्। अदालत परिसरमै रहेको जेलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

    फैसलाअनुसार इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार निवारण ऐनको धारा ५(२) अन्तर्गत थप सात वर्षको सश्रम कारावास सुनाइएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही कानुनी प्रावधानअनुसार कुल १७ वर्षको जेल सजाय तोकिएको छ।

    यसअघि अक्टोबरमा इमरान खान र बुशरा बीबीले अदालतमा सबै आरोप अस्वीकार गरेका थिए। उनीहरूले आफूविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधका रूपमा अघि बढाइएको दाबी गर्दै यसलाई आफूलाई राजनीतिबाट अलग्याउने षड्यन्त्र भनेका थिए।

    डन का अनुसार इमरान खानले प्रधानमन्त्रीका रूपमा लिएका निर्णयहरू नीति र कानुनी प्रक्रियाअनुसार गरिएको, प्रधानमन्त्री कार्यालयको प्रोटोकल खण्डमा सम्पूर्ण विवरण दर्ता गरिएको तथा मूल्याङ्कनपछि राष्ट्रिय कोषमा भुक्तानी जम्मा गरिएकाले कुनै गैरकानुनी काम नभएको दाबी गरेका छन्।

    Islamabad. A special court of Pakistan’s Federal Investigation Agency (FIA) on Saturday sentenced former Prime Minister Imran Khan and his wife Bushra Bibi to 17 years in prison each.

    Quoting a copy of the court order, Dawn reported that both have also been fined PKR 16.4 million each. Under the law, failure to pay the fine will result in additional imprisonment.

    The verdict was delivered during proceedings held inside Rawalpindi’s Adiala Jail, where Special Judge Central Shahrukh Arjumand announced the decision amid tight security arrangements.

    According to the ruling, Imran Khan was sentenced to 10 years of rigorous imprisonment under sections 34 (common intention) and 409 (criminal breach of trust) of the Pakistan Penal Code, along with an additional seven years under section 5(2) of the Prevention of Corruption Act, which deals with criminal misconduct by public officials. Bushra Bibi received the same cumulative sentence under the same legal provisions.

    Earlier in October, both Imran Khan and Bushra Bibi had rejected all charges, describing the case as politically motivated and aimed at disqualifying the former prime minister from politics.

    As reported by Dawn, Imran Khan maintained that all actions were carried out in accordance with established policy and due process, arguing that the matter was properly recorded, assessed, and any payments involved were deposited into the national treasury in line with legal requirements.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026