
कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाKalanga Hydro Opens IPO Sale for General Public From Today
कालंगा हाइड्रो लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ १३ गतेसम्म रहनेछ भने पूर्ण आवेदन नपरे ढिलोमा जेठ २२ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
१५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Kalanga Hydro Limited has opened the sale of its Initial Public Offering (IPO) for the general public starting today. The company moved into the second phase of the offering after completing share allocation for project-affected locals and Nepalis working abroad.
Under the public issue, the company is offering 2.87 million ordinary shares at a face value of Rs. 100 per share. Investors can apply for a minimum of 10 shares and a maximum of 20,000 shares.
According to the company, the IPO application period will close on May 27 if fully subscribed early, while the deadline may extend until June 5 if the issue remains undersubscribed.
The company is currently operating the 15.33 MW Kalangagad Hydropower Project. Shares reserved for local residents, foreign-employed Nepalis, mutual funds, and company employees have already been allocated in the earlier phases of the issuance process.
Sanima Capital Limited has been appointed as the issue and sales manager for the IPO. Investors can apply through ASBA-approved banks and financial institutions as well as via the “Mero Share” online application system.




