
प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयनKishor Jung Karki Appointed as Chairman of Prabhu Bank’s Board of Directors
प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
बैठकले कागेश्वरी मनोहरा नगरपालिका–७, दक्षिण ढोकाका निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।
बैंकले उक्त निर्णयहरूबारे जानकारी गराउँदै बैंकको व्यवस्थापन र सुशासन सुदृढ गर्न नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेको छ।
Kishor Jung Karki has been unanimously appointed as the Chairman of the Board of Directors of Prabhu Bank Limited. The decision was made during the board meeting held on Thursday, Ashad 19.
The meeting also decided to appoint Ramesh Raj Aryal, a resident of Kageshwori Manohara Municipality-7, Dakshin Dhoka, as an independent director.
The bank expressed its expectation that the new leadership will play a significant role in strengthening the institution’s governance and management.




