झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० गतेदेखि निष्कासनमा ल्याएको साधारण सेयर (IPO) मा आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो।
यस आईपीओअन्तर्गत कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री भई बाँडफाँट गरिसकेको छ।
त्यस्तै, २८ हजार ५१४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ११ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।





