·
नारद लुइँटेल नेप्सेको नयाँ सीईओमा नियुक्त
Author
Nepse trading

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सर्लाहीका नारद लुइँटेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले यो निर्णय गरेको हो । खुला प्रतिस्पर्धामार्फत सीईओ चयन गर्न गठित तीन सदस्यीय समितिले १० आवेदकमध्ये लुइँटेलसहित झापाका चुडामणि चापागाईं, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याललाई संक्षिप्त सूचीमा राखेको थियो ।