
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावटNEPSE Gains Slightly as Trading Volume Declines
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको छ । सोमबार नेप्से ७.७३ अंकले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि सामान्य रूपमा बढेका छन् । यद्यपि कारोबार रकम भने घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । यस दिन ४ स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् भने झापा इनर्जी र ग्रीन डेभलपमेन्ट बैंकका शेयर मूल्य उल्लेख्य रूपमा बढेका छन् । रिलायन्स स्पिनिङ्ग मिल्स सर्वाधिक कारोबार गर्ने कम्पनी बनेको छ । उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूह बढ्दा व्यापार उपसमूह भने घटेको छ ।
On the first trading day of the week, the NEPSE index rose slightly by 7.73 points to close at 2,796.43. Along with NEPSE, the Sensitive Index, Float Index, and Sensitive Float Index also posted minor gains. However, trading volume declined to Rs. 4.74 billion. Four stocks hit the positive circuit level, while shares of Jhapa Energy and Green Development Bank saw notable gains. Reliance Spinning Mills led the market in turnover. Among subgroups, the Manufacturing & Processing and Development Bank indices increased, whereas the Trading subgroup declined the most.




