NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over 200,000 Nepalese Migrated Abroad in Six Months, UAE, Saudi Arabia, and Qatar Remain T...
    ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्य
    Investor
    2 min read
    Published on February 3, 2025
    Dipesh Ghimire

    ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्यOver 200,000 Nepalese Migrated Abroad in Six Months, UAE, Saudi Arabia, and Qatar Remain Top Destinations

    पछिल्लो छ महिनामा २ लाखभन्दा बढी नेपाली कामदार विदेश गएका छन्। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार, २०२४/२५ को पहिलो छ महिनामा मात्रै २,०४,०५३ नेपाली नागरिक रोजगारीका लागि विदेशिएका छन्। खाडी राष्ट्रहरू युएई, साउदी अरेबिया, कतार, र कुवेत नेपाली कामदारको मुख्य रोजाइ बनेका छन्।

    युएईमा ८६ हजारभन्दा धेरै नेपाली

    यस अवधिमा सबैभन्दा धेरै नेपाली कामदार युएई गएका छन्। ८६,२७० नेपाली युएई पुगेका छन्, जुन कुल संख्याको लगभग ४२% हो। युएईले निर्माण, सेवा, र आतिथ्य क्षेत्रमा ठूलो मात्रामा नेपाली श्रमिक भित्र्याउने गरेको छ।

    साउदी अरेबिया र कतार दोस्रो र तेस्रो स्थानमा

    साउदी अरेबिया नेपाली कामदारको दोस्रो प्रमुख गन्तव्य बनेको छ, जहाँ ३९,२२२ नेपाली पुगेका छन्। कतारमा भने २४,६८३ नेपालीले रोजगारी पाएका छन्। यी मुलुकहरूमा मुख्यतः निर्माण, सुरक्षागार्ड, होटल, र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन्।

    कुवेत, रोमानिया, र जापानमा पनि नेपालीको आकर्षण बढ्दो

    कुवेतमा १९,४४८ नेपाली रोजगारीका लागि गएका छन्, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो। यस्तै, रोमानियामा ११,६१३ नेपाली पुगेका छन्। रोमानिया पछिल्लो समय नेपाली श्रमिकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ।

    जापानमा समेत नेपाली कामदारको संख्या बढ्दै गएको देखिन्छ। छ महिनामा ८,४५६ नेपाली जापान पुगेका छन्। जापानी भाषा सिकेका नेपालीहरू कृषि, होटेल व्यवस्थापन, र अन्य सीपमूलक क्षेत्रमा प्रवेश गरिरहेका छन्।

    दक्षिण कोरिया, माल्दिभ्स, साइप्रस र अन्य मुलुकमा पनि उल्लेखनीय संख्या

    दक्षिण कोरियामा ५,७४८, माल्दिभ्समा ४,२४०, साइप्रसमा २,९७०, बहराइनमा ३,१४१, ओमानमा २,०३५, जोर्डनमा १,१३९, माल्टामा १,१४६नेपाली पुगेका छन्।

    अन्य मुलुकमा पनि उल्लेख्य संख्यामा नेपाली

    टर्की (६८४), मलेसिया (५०५), पोल्याण्ड (१४९), इजरायल (२१), अफगानिस्तान (७), लेबनान (९) जस्ता देशहरूमा पनि नेपालीहरू गएका छन्।

    अन्य देशहरूमा १८,९५३ नेपाली

    बाँकी विभिन्न मुलुकहरूमा १८,९५३ नेपाली रोजगारीका लागि गएका छन्।

    सरकारको योजना र चुनौतिहरू

    सरकारले सुरक्षित आप्रवासन, श्रमिक सुरक्षाको प्रत्याभूति, र न्यूनतम तलब सुनिश्चित गर्न विभिन्न नीति तथा सम्झौताहरू गर्दै आएको छ। तथापि, गैरकानुनी आप्रवासन, एजेन्टहरूद्वारा ठगी, र वैदेशिक रोजगारीबाट फर्किने नेपालीको पुनःस्थापना जस्ता समस्याहरू यथावत छन्।

    छ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिएसँगै, खाडी मुलुकहरू मात्र नभई युरोप, जापान, र दक्षिण कोरियाजस्ता गन्तव्यहरू पनि नेपालीका लागि नयाँ अवसरको रूपमा देखिएका छन्।

    In the first six months of the fiscal year 2024/25, more than 204,053 Nepalese workers have migrated abroad for employment. According to data from the Ministry of Labour and Employment, the majority of these workers have gone to Gulf countries such as UAE, Saudi Arabia, Qatar, and Kuwait, which continue to be the top choices for Nepalese job seekers.

    UAE Remains the Top Destination with Over 86,000 Nepalese Workers

    The United Arab Emirates (UAE) has emerged as the most popular destination for Nepalese workers, with 86,270individuals migrating there in the past six months. The UAE remains a major hub for employment in sectors such as construction, hospitality, security, and domestic work.

    Saudi Arabia and Qatar Follow as the Second and Third Most Popular Destinations

    Saudi Arabia ranked second, with 39,222 Nepalese workers traveling there, while Qatar came in third, receiving 24,683 Nepalese job seekers. Both countries offer opportunities primarily in construction, security services, hospitality, and domestic work.

    Kuwait, Romania, and Japan Emerging as New Employment Hubs

    Nepalese migration to Kuwait remains significant, with 19,448 workers moving there. Meanwhile, Romania has gained popularity as a European employment destination, welcoming 11,613 Nepalese workers.

    Similarly, Japan continues to attract Nepalese workers, with 8,456 individuals securing employment in the country. Many Nepalese are entering Japan through its Technical Intern Training Program (TITP) and Specified Skilled Worker (SSW) program, which provide job opportunities in agriculture, hospitality, and technical sectors.

    South Korea, Maldives, Cyprus, and Other Key Destinations

    South Korea received 5,748 Nepalese workers under its Employment Permit System (EPS), which allows Nepalese to work in factories, agriculture, and fisheries.

    Other destinations that saw a considerable number of Nepalese workers include:

    • Maldives – 4,240

    • Cyprus – 2,970

    • Bahrain – 3,141

    • Oman – 2,035

    • Jordan – 1,139

    • Malta – 1,146

    Smaller Yet Notable Nepalese Migration to Various Countries

    While the majority of Nepalese migrated to the Gulf and Asian countries, smaller numbers also sought opportunities in:

    • Turkey – 684

    • Malaysia – 505

    • Poland – 149

    • Israel – 21

    • Afghanistan – 7

    • Lebanon – 9

    Additionally, 18,953 Nepalese migrated to other various destinations worldwide.

    Government Policies and Challenges

    The Nepalese government has been actively working on labor agreements, minimum wage guarantees, and worker safety policies to ensure secure migration. However, illegal migration, fraud by recruitment agencies, exploitation, and reintegration of returning workers remain key challenges.

    With over 200,000 Nepalese migrating in just six months, Gulf countries continue to dominate employment opportunities, while Japan, South Korea, and European destinations are emerging as attractive alternatives.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026