NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Rise Line Energy Limited Opens IPO Sales Today, Application Process Starts
    रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गर्यो, आवेदन प्रक्रिया शुरु
    Investor
    2 min read
    Published on December 28, 2025
    NEPSE TRADING

    रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गर्यो, आवेदन प्रक्रिया शुरुRise Line Energy Limited Opens IPO Sales Today, Application Process Starts

    काठमाडौँ, पुस १३ – रेज लाइन इनर्जी लिमिटेडले आजदेखि (पुस १३) पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। जारी पुँजीको १० प्रतिशत, अर्थात् ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

    आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दालाई सेयर निष्कासन गरेको छ। यस समूहका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि आईपीओ पुस २८ गतेदेखि माघ १२ गतेसम्म खुला रहनेछ।

    त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। यस समूहका लगानीकर्ताले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ पुस १७ गतेसम्म खुला रहनेछ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले गोरखा स्थित कम्पनीको कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीले उपलब्ध गराएको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा (गोरखा) र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयरको बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सेयर सार्वजनिक निष्कासन गरिनेछ।

    कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।

    रेज लाइन इनर्जी लिमिटेडले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ। यसका साथै, कम्पनीले ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।

    सुपर चेपे जलविद्युत आयोजना कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ भएको र प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ पर्न गएको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको साधारण लगानी ७ वर्ष ४ महिनामा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

    कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन्, जबकि संचालक समितिमा प्रदीप राज गिरी, नारायण कँडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का रहेका छन्। डा. विनोद पोखरेल स्वतन्त्र संचालकका रूपमा रहेका छन्। कम्पनीमा सोपान मल्टिपल र मुक्तिनाथ क्यापिटलको समेत उल्लेख्य लगानी रहेको छ।

    Kathmandu, Poush 13 – Rise Line Energy Limited has officially opened the sales for its Initial Public Offering (IPO) from today, Poush 13. The company has issued its IPO in the first phase for the affected local residents of the project and Nepali citizens working abroad.

    The company has received approval from the Securities Board of Nepal (SEBON) to issue 2.67 million shares worth a total of NPR 267 million. Of the total shares, 10 percent, or 1.185 million shares, have been allocated for the local residents of the affected area.

    The affected local residents include those from all wards of Ajirkot Rural Municipality in Gorkha, wards 1, 2, and 3 of Dudh Pokhari Rural Municipality in Lamjung, and wards 4, 5, and 6 of Dordi Rural Municipality. Local residents of these areas can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. The IPO for this group will be open from Poush 28 to Magh 12.

    Additionally, the company has issued 142,200 shares for Nepali citizens working abroad, with the same application limit of 10 to 50,000 shares. Nepali workers abroad can apply for the IPO until Poush 17.

    Local residents of the affected areas can apply for shares at the company’s office in Gorkha, Prabhu Capital’s Kamaladi office, the online link provided by the company, Prabhu Bank’s Chapetar branch (Gorkha), and Palungtar branch. Nepali citizens working abroad can apply through SEBON-approved banks and financial institutions, their designated branch offices, and the ‘Mero Share’ online system.

    After the allocation of shares for the local residents and Nepali citizens working abroad, the company will proceed with the second phase of the IPO for the general public. Of the shares reserved for the general public, 2 percent will be allocated for employees and 5 percent for collective investment funds, with the remaining shares available for public issuance.

    Prabhu Capital Limited is responsible for managing the IPO issuance and sales process.

    Rise Line Energy Limited has completed the construction of the 9.050 MW Super Chepe Khola Hydropower Project in Gorkha and Lamjung districts and began commercial production in Magh 2080. The company has also invested in the 11 MW Dudh Pokhari Chepe Hydropower Project.

    The total cost of the 9.050 MW Super Chepe Hydropower Project is NPR 2.09 billion, with a per MW cost of NPR 231.6 million. The electricity production license for this project is valid for another 30 years and 11 months. The project’s regular investment is expected to be recovered in 7 years and 4 months, while the discounted recovery period is projected to be 10 years and 9 months.

    The company’s chairman is Dr. Basant Giri, and the board of directors includes Pradeep Raj Giri, Narayan Kandel, Dipendra Hamal, Pratima Tiwari, and Ashok Kumar Khadka. Dr. Binod Pokhrel serves as an independent director. The company has significant investments from Sopan Multiples and Muktinath Capital.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026