·

सर्वोत्तम सिमेन्टको खुद नाफा ६८९.२४ प्रतिशतले वृद्धि

Author

Nepse trading

सर्वोत्तम सिमेन्टको खुद नाफा ६८९.२४ प्रतिशतले वृद्धि

सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानी (EPS) उल्लेख्य रूपमा वृद्धि भएको छ।

खुद नाफा:

  • चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड १४ लाख रुपैयाँ पुगेको छ।

  • गत वर्ष सोही अवधिमा ३ करोड ५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

  • नाफा ६८९.२४ प्रतिशत ले वृद्धि भएको छ।

सञ्चालन आम्दानी:

  • कम्पनीको राजस्व ३५.९४ प्रतिशत वृद्धि भई ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ।

  • कुल नाफा ४८.७४ प्रतिशत ले वृद्धि।

वित्तीय खर्च घट्दा नाफा उकालो:

  • कम्पनीको वित्तीय खर्च ३१.९६ प्रतिशत घटेर १५ करोड ६२ लाख रुपैयाँ मा सीमित।

  • कुल खर्च ०.७७ प्रतिशत ले घट्दा नाफामा सुधार।

प्रतिशेयर आम्दानी (EPS):

  • EPS गत वर्षको १.४३ रुपैयाँ बाट बढेर ९.७० रुपैयाँ पुगेको छ।

नेटवर्थ र PE Ratio:

  • प्रति शेयर नेटवर्थ १८६.६६ रुपैयाँ

  • मूल्य आम्दानी अनुपात (P/E Ratio) ७५.२५ गुणा

चुक्ता पूँजी र जगेडा कोष:

  • चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ

  • जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित।

सर्वोत्तम सिमेन्टको वित्तीय विवरण सकारात्मक देखिएको छ। राजस्व वृद्धि, वित्तीय खर्चमा गिरावट र उच्च नाफाले कम्पनीको समग्र वित्तीय अवस्था सुधारिएको संकेत गर्छ।

Related News