नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंक लिमिटेडलाई ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति दिएको छ। बैंकले कुल ३० लाख कित्ता डिभेन्चर निष्कासन गर्नेछ, जसको प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ। यस अनुसार कुल ३ अर्ब रुपैयाँ बराबरको डिभेन्चर बजारमा ल्याइनेछ।
सेबोनले उक्त डिभेन्चरमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरमा (private placement) र १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (public issue) गर्ने अनुमति दिएको हो।
यस डिभेन्चर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
ब्याजदर ७ प्रतिशत रहेको यस डिभेन्चरबाट लगानीकर्ताले निश्चित आम्दानी प्राप्त गर्ने अपेक्षा गरिएको छ, भने बैंकले दीर्घकालीन पुँजी जुटाउने लक्ष्य राखेको छ।





