NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Significant Growth in Private Sector Lending by Banks and Financial Institutions
    निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण
    Investor
    1 min read
    Published on July 9, 2025
    NEPSE TRADING

    निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरणSignificant Growth in Private Sector Lending by Banks and Financial Institutions

    चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक गतिविधिमा सुधार आएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा निजी क्षेत्रतर्फ कूल ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। यसरी हेर्दा चालु वर्षको कर्जा प्रवाह उल्लेखनीयरूपमा वृद्धि भएको छ।

    वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ। कर्जाको गन्तव्य अनुसार ६३ प्रतिशत कर्जा गैरवित्तीय संस्थागत क्षेत्र (जस्तै व्यवसाय, उद्योग) मा प्रवाहित भएको छ भने बाँकी ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवारतर्फ गएको छ। अघिल्लो वर्ष क्रमशः ६३.५ र ३६.५ प्रतिशतको हिस्सा थियो।

    वित्तीय संस्थाहरू अनुसार कर्जा प्रवाहमा वाणिज्य बैंकको हिस्सा ८.४ प्रतिशतले बढेको छ। विकास बैंकबाट ४.७ प्रतिशत र वित्त कम्पनीहरूले ६.९ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।

    उद्योग तथा सेवा क्षेत्रतर्फ प्रवाहित कर्जा पनि उच्च रहेको छ। औद्योगिक उत्पादन क्षेत्रमा ८.२ प्रतिशत, निर्माण क्षेत्रमा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १३.५ प्रतिशत, सेवा उद्योगमा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रमा १०.९ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको देखिन्छ।

    कर्जाको सुरक्षाको हिसाबले हेर्दा, चालु सम्पत्तिमा आधारित कर्जा १४.५ प्रतिशत छ भने घरजग्गा धितोमा आधारित कर्जा ६५ प्रतिशत पुगेको छ।

    त्यस्तै, कर्जाको प्रकृतिका आधारमा आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन कर्जा ४२.८ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशत, हायर पर्चेज कर्जा ५.५ प्रतिशत, नगद प्रवाह कर्जा ०.६ प्रतिशत तथा रियल स्टेट कर्जा (व्यक्तिगत आवास कर्जासहित) ५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

    यसले अर्थतन्त्रमा सुधारको संकेत दिँदै आर्थिक चक्रलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

    Toward the end of the current fiscal year 2081/82, bank and financial institutions (BFIs) in Nepal have shown notable improvement in credit investment. According to Nepal Rastra Bank (NRB), enhanced economic activity in recent months has led to a significant rise in credit flow to the private sector.

    As per NRB data, BFIs disbursed a total of NPR 407.62 billion in loans to the private sector during the first 11 months of the current fiscal year. In the same period last year, the disbursed amount was limited to NPR 246.80 billion, indicating a sharp increase in credit flow this year.

    By the end of Jestha 2082, the year-on-year growth of credit to the private sector reached 8.7 percent. Out of the total disbursed credit, 63 percent went to the non-financial institutional sector, while 37 percent was directed toward individuals and households. During the same period last year, the ratio was 63.5 percent and 36.5 percent respectively.

    Looking at institutional contributions, commercial banks recorded an 8.4 percent growth in lending, development banks posted a 4.7 percent increase, and finance companies observed a 6.9 percent rise.

    Lending to industrial and service sectors has also shown notable expansion. Credit to industrial production increased by 8.2 percent, the construction sector by 12.9 percent, wholesale and retail trade by 5.2 percent, transportation, communication, and public services by 13.5 percent, the service industry by 8.8 percent, and the consumption sector by 10.9 percent.

    In terms of collateral, 14.5 percent of total credit was secured by current assets, while 65 percent was backed by real estate and land.

    Based on loan types, term loans increased by 5.1 percent, margin loans by 42.8 percent, trust receipt (import) loans by 62.2 percent, hire purchase loans by 5.5 percent, cash credit by 0.6 percent, and real estate loans (including personal housing loans) by 5 percent.

    This sharp increase in private sector credit is seen as a sign of recovery and growing confidence in Nepal’s economic momentum.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026