NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Signs of Economic Improvement, Second Quarter Growth Estimated at 5.1%
    अर्थतन्त्रमा सुधारको संकेत, दोस्रो त्रैमासिकमा ५.१% वृद्धिदरको अनुमान
    Investor
    2 min read
    Published on March 27, 2025
    NEPSE trading

    अर्थतन्त्रमा सुधारको संकेत, दोस्रो त्रैमासिकमा ५.१% वृद्धिदरको अनुमानSigns of Economic Improvement, Second Quarter Growth Estimated at 5.1%

    राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको जनाएको छ। बुधबार सार्वजनिक भएको तथ्यांकअनुसार यो अवधिमा समग्र आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, मौसमी प्रभाव समायोजन गर्दा यो वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने देखिएको छ।

    तथ्यांकअनुसार कुल १८ औद्योगिक क्षेत्रमध्ये सबैको मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ। यातायात तथा भण्डारण क्षेत्रले १४.२ प्रतिशतको उच्च वृद्धिदरसहित अग्रता लिएको छ भने खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो स्थानमा छ। त्यसैगरी, विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर ९.२ प्रतिशत र निर्माण क्षेत्रको ९.१ प्रतिशत रहने अनुमान छ। उत्पादनमूलक उद्योगले ७.४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रले ६.६ प्रतिशत र व्यापार क्षेत्रले ६.१ प्रतिशत वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ।

    अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर भने ३.२ प्रतिशतमा सीमित रहने अनुमान छ। धान, तरकारी, फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यो क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। थोक तथा खुद्रा व्यापार क्षेत्रले पनि स्वदेशी उत्पादन र आयातमा भएको वृद्धिका कारण ६.१ प्रतिशतको वृद्धिदर कायम गरेको छ।

    मौसमी प्रभाव समायोजन गर्दा १६ क्षेत्रमा उत्पादन बढेको देखिए पनि विद्युत तथा ग्यास क्षेत्रमा ४.८ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा २.७ प्रतिशतको ऋणात्मक वृद्धि हुने अनुमान छ। यातायात तथा भण्डारण क्षेत्रमा ६.४ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्रमा ३.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यातायात, निर्माण, कृषि, विद्युत उत्पादन र वित्तीय क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्‍याएको छ। तर, शिक्षा, आवास र अन्य सेवा क्षेत्रमा उल्लेख्य प्रगति नहुँदा समग्र वृद्धिदर सामान्य रहने अनुमान गरिएको छ।

    अर्थविद्हरूले यो तथ्यांकलाई अर्थतन्त्र सुधारको संकेतका रूपमा लिए पनि दिगो वृद्धिका लागि थप नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

    The National Statistics Office has released the National Accounts Estimate for the second quarter (July–December) of the current fiscal year 2081/82 (2024/25), indicating signs of improvement in the economy. According to the data released on Wednesday, the overall economic growth rate for this period is preliminarily estimated at 5.1 percent. However, when adjusted for seasonal effects, this growth rate is limited to 2.2 percent.

    The data reveals that all 18 industrial sectors recorded positive value-added growth rates. The transportation and storage sector led with the highest growth rate of 14.2 percent, followed by the mining and quarrying sector at 9.5 percent. Similarly, the electricity and gas sector is estimated to achieve a 9.2 percent growth rate, while the construction sector is projected at 9.1 percent. Manufacturing industries are expected to see a 7.4 percent growth, the financial and insurance sector 6.6 percent, and the trade sector 6.1 percent.

    The agriculture sector, which contributes the largest share to the economy, is projected to grow by a modest 3.2 percent. Increases in paddy, vegetables, citrus fruits, winter fruits, and livestock production have positively impacted this sector, according to the office. The wholesale and retail trade sector also recorded a 6.1 percent growth rate, driven by rises in domestic production and imports of key trade-related goods.

    When adjusted for seasonal effects, production increased in 16 out of the 18 industrial sectors. However, the electricity and gas sector is expected to see a negative growth of 4.8 percent, and the accommodation and food services sector a negative growth of 2.7 percent. The transportation and storage sector is projected to grow by 6.4 percent, while the financial and insurance sector is expected at 3.9 percent.

    According to the National Statistics Office, growth in transportation, construction, agriculture, electricity production, and the financial sector has steered the economy in a positive direction. However, the lack of significant progress in education, accommodation, and other service sectors has kept the overall growth rate moderate.

    Economists view this data as a sign of economic recovery but emphasize the need for further policy reforms to ensure sustainable growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026