
वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दैExcess Liquidity Pressure Persists in Financial System; NRB to Absorb Additional Rs. 25 Billion
वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै मुलुकको वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहँदा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता मात्र २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ। राष्ट्र बैंकले आज फेरि थप २५ अर्ब रुपैयाँ प्रणालीबाट निकाल्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन गरिरहेको छ। यसपटक २५ दिनको अवधिका लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो। यो साउन महिनामा मात्र सातौं पटक तरलता प्रशोचनको प्रक्रिया हो। राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजे बोलकबोल हुनेछ र आजै निक्षेप खरिद गरिनेछ। इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणांकमा आवेदन दिन सक्नेछन्। निक्षेपको सावाँ र ब्याज भुक्तानी भदौ २२ गते हुनेछ।Excess Liquidity Pressure Persists in Financial System; NRB to Absorb Additional Rs. 25 Billion Excess liquidity pressure remains in Nepal’s financial system, with Nepal Rastra Bank (NRB) having already absorbed Rs. 242.50 billion since the start of the current fiscal year to manage surplus liquidity. The central bank has announced it will absorb an additional Rs. 25 billion today. With surplus liquidity piling up in banks and financial institutions, NRB has been continuously mopping up funds through deposit collection instruments. This latest operation will involve collecting deposits for 25 days amounting to Rs. 25 billion. It will be the seventh liquidity absorption operation since the beginning of Shrawan.


















