
आजको लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँNepal Rastra Bank Publishes Foreign Exchange Rates for Today, USD Selling at Rs. 136.94
आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँ नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्रासँग सम्बन्धित विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम भएको छ। त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८९.३४ रुपैयाँ र बिक्रीदर ८९.७४ रुपैयाँ, क्यानाडियन डलरको खरिददर १००.२२ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ तथा सिङ्गापुर डलरको खरिददर १०६.९८ रुपैयाँ र बिक्रीदर १०७.४५ रुपैयाँ रहेको छ।Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Today, USD Selling at Rs. 136.94 Nepal Rastra Bank (NRB) has published the official foreign exchange rates for today. According to NRB, the buying rate for 1 US Dollar is NPR 136.34, while the selling rate is NPR 136.94. The buying rate for 1 Euro is NPR 160.59 and the selling rate is NPR 161.30. The buying rate for 1 British Pound Sterling is NPR 186.15, and the selling rate is NPR 186.97.


















