
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक : नेपाल १४५औं स्थानमा, एआईको भूमिकामा जोड
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक : नेपाल १४५औं स्थानमा, एआईको भूमिकामा जोड संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०२५ अनुसार, नेपाल ०.६२२ सूचकांकसहित १४५औं स्थानमा रहँदै मध्यम मानव विकास भएका देशहरूको सूचीमा परेको छ। यस पटकको प्रतिवेदनले विगत ३५ वर्षमा नेपालको मानव विकास सूचकांकमा ५४ प्रतिशत वृद्धि भएको उल्लेख गरेको छ। यद्यपि, प्रतिव्यक्ति आयको कमजोरी र लैङ्गिक असमानता अझै चुनौतीका रूपमा कायम रहेको छ।


















