
राष्ट्रिय वाणिज्य बैंकले १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्योRastriya Banijya Bank Expands to 10 New Locations, Branch Count Reaches 307
राष्ट्रिय वाणिज्य बैंकले १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्यो राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा शाखा विस्तार गर्दै औपचारिक रूपमा नयाँ शाखाहरूबाट सेवा शुभारम्भ गरेको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै हालै सञ्चालनमा ल्याइएका नयाँ शाखाहरूको विवरण सार्वजनिक गरेको हो। बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार, सर्लाहीको हरिवन, र कैलालीकै सुख्खड मा नयाँ शाखाहरू खोल्दै सेवा विस्तार गरेको हो। नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या ३०७ पुगेको छ। यससँगै राष्ट्रिय वाणिज्य बैंकको सञ्जाल अझ मजबुत बनेको छ। बैंकका अनुसार हालसम्म ७७ वटै जिल्लामा शाखा उपस्थित छ भने सातै प्रदेशमा सेवा विस्तार भएको छ। हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम, र ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन्। ग्राहक सेवामा व्यापक पहुँच बनाउने उद्देश्यले बैंकले आफ्नो भौगोलिक उपस्थिति अझ विस्तार गरिरहेको जनाएको छ।Rastriya Banijya Bank Expands to 10 New Locations, Branch Count Reaches 307 Rastriya Banijya Bank Limited (RBB) has officially expanded its operations by inaugurating 10 new branch offices across various districts in Nepal. The bank announced the launch of these new branches on Monday through an official notice.


















